Techie IT
बिहीबार, कात्तिक १३,२०७७

ओझेलमा विश्व पर्यटन दिवस


पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । यसवर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई हचलच गराइरहेको अवस्था रहेको छ । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । भनिन्छ, अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालीन हामी नेपालीहरू नै नेपालको गहना हो । यसवर्ष यस व्यसवायका हरेक पाटाहरू नराम्रोसँग थलिएका छन् ।

मूलतः एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र विश्वका हरेक देशबाट नेपालमा पर्यटनको घुइरो लाग्ने गर्दछ । यी विविध कारणहरूले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ । देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रूपमा रहेको थियो ।

हाल पनि पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा ३/४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने योभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रवल सम्भावना छ । सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्छ । देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण बनढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन ।

देशमा के–कसरी बढीभन्दा बढी पर्यटक भित्र्उने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ । ती पर्यटकहरू गुणस्तरीय हुन कि हैनन्, तिनको खर्च गर्ने क्षमता के–कस्तो छ भन्ने विषयमा कमै मात्र ध्यान पु-याइएकैले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन । दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपाल जस्तो गन्तव्यले के आशा गर्ने अर्कोतिर पर्यटकहरू बसाइ अवधि पनि बढाउन सकेका छैनौँ ।

गत वर्ष सन् २०१८ मा नेपाल आउने कुल पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ रहेको र तिनको नेपालमा औसत बसाइ १२ दशमलव ४ दिन मात्र रहेको पाइन्छ । तर, नेपालमा पर्यटकहरूको औसत बसाइमा भने कुनै उल्लेख्य वृद्धि भएको छैन । बरु पर्यटकहरूले सन् २०१८ अघि औसतमा ४५ अमेरिकी डलर खर्च गर्थे भने त्यो घटेर ४२ अमेरिकी डलरमा झरेको पाइन्छ । यी विविध कारणहरूको अस्तव्यस्ततालाई नियाल्दा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सक्ने विषयमा भने ढुक्क हुने कुनै ठोस आधार भने देखिन्न । सन् २०११ मा नेपालले वार्षिक पर्यटक आगमन संख्या १० लाख पु-याउने भनेर नेपाल पर्यटन वर्षमै मनाइयो ।

त्यसैगरी पहिलो सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा यो संख्या पाँच लाख पुगेको थियो । त्यस हिसाबले हेर्दा यसबीचमा ठूलै उपलब्धि भएको मान्नुपर्ने हुन्छ, तर दुर्भाग्यवश पाँच लाख पर्यटक आउँदा र आठ लाख पर्यटक आउँदाका बीचमा राष्ट्रिय पर्यटन आयमा खासै वृद्धि नभएको नेपाल राष्ट्र बैंकको विवरणले देखाएको थियो । यसको अर्थ या त खर्च गर्न सक्ने किसिमका पर्यटक नै ल्याउन सकिएन या पर्यटन क्षेत्रले औपचारिक प्रणालीबाट कम कारोबार गरिरहेको छ । यदि गुणस्तरीय पर्यटक नआएका हुन् भने बढी खर्च गर्ने खालका पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि आवश्यक राष्ट्रिय रणनीति बनाउनु आवश्यक भइसकेको छ ।

नेपाल भ्रमणका लागि आउने पर्यटकहरूले कुन क्षेत्रका र कुन उत्पादनमा बढी खर्च गर्छन् भन्ने विषयमा अहिलेसम्म अध्ययन र विश्लेषण नै भएको छैन भन्ने मान्न सकिँदैन । जस्तो उदाहरणका लागि दक्षिण भारतीयहरू नेपालमा बढी खर्च गर्ने पर्यटकका रूपमा चिनिन्छन् । विश्वभरि नै खर्चालु भनेर चिनिएका चिनियाँ पर्यटक नेपालमा भने कम खर्च गर्नेमध्येमा पर्छन । उनीहरूले कम खर्च गर्नुका कारण यी पर्यटकले गर्ने किनमेलका वस्तु नेपालमा नहुनु नै हो । यसकारण अर्को कारण संवेदनशील बन्नै पर्छ ।

समग्रमा भन्नुपर्दा पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उद्योग हो । यसको साथसाथै सहज पर्यटन संसारका सबैजनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाँचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकून्, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापकरूपमा जानकारी र छलफल गरिन्छ ।

नेपाल जस्तो देशमा पर्यटन सेलाउन पुग्नु भनेको राष्ट्रिय अर्थतन्त्रमा नराम्रोसँग धक्का लाग्नु हो । अतः संघीय योजना आयोगले पनि विकासका लागि पाँचवटा मुख्य क्षेत्रहरूलाई अगाल्यएको छ । यी क्षेत्रहरूमा पूर्वाधार, कृषि, मानव संसाधन, उद्योग र पर्यटन रहेका छन् । यी कुराहरूलाई अवलोकन गर्ने हो भने राजधानीलाई धार्मिक र सांस्कृतिक पर्यटनको हब बनाई यसबाट हुने आम्दानी यसै क्षेत्रको स्तरोन्नतिमा खर्चिनुपर्छ । अहिलेको हिसाबले पशुपतिबाट मात्रै झन्डै डेढ अर्ब रुपैयाँ वार्षिक आम्दानी हुने बताइन्छ ।

त्यस्तै गरी भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिमचरण पुगेको सम्बन्धित क्षेत्रले जनाएको छ । यो ढिलो भएकै हो । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने हाम्रो सपना समनामा नै सीमित भयो । तर हाम्रा पर्यटकीय गन्तव्यमा वर्षैपिच्छे थपिँदै गएका स्रोत संरक्षणका चुनौतीप्रति भने हाम्रो अपेक्षित ध्यान जान सकेको छैन । नेपाल भ्रमणमा आएका पर्यटकहरूको संख्या, तिनको बृद्धिद्धर तथा बसाइ अवधिको विश्लेषण गर्दा अवधिमा सरदर बसाइ अवधिमा सामान्य ह्रास भई १२ दिन हुन आएको देखिन्छ ।

सर्वप्रथम नेपालले सन् १९९८ मा प्रथम भ्रमण वर्ष मनाएको थियो भने त्यस्तै गरी दोस्रो भ्रमण वर्ष २०११ मनाइयो । यी दुवै भ्रमण वर्षहरूमा राखिएको लक्ष्यअनुरूप प्रगति हुन सकेको थिएन । हाम्रो देशको आर्थिक उन्नतिका लागि पर्यटन विकास अपरिहार्य हो र यसलाई अघि बढाउन एक ढिका भई सहभागिता पनि उत्तिकै खाँचोको महसुस गरिएको छ । यसर्थ अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको व्यापक प्रचार–प्रसार गरिनुका साथै भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन नेपाल सरकार मातहतका सम्पूर्ण मन्त्रालयहरूबीच एक अर्कोमा समन्वयात्मक सहयोगको भावनाले ओतप्रोत हुनु आवश्यक छ ।

भनिन्छ, हाल वार्षिक लगभग २५ लाख पर्यटकहरूलाई धान्ने बेड क्षमता छ नेपाली होटलहरूको संख्या रहेको अनुमान गरिएको छ । यहाँ पर्यटकको संख्या बढाउनका लागि टड्कारो आवश्यकता भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै मुख्य हो । हाम्रो देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति क्रममै छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्