Techie IT
मंगलबार, असोज १३,२०७७

एपीएफ टोलीद्वारा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित १ जना पक्राउ


कपिलवस्तु, साउन २१
कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ वर्षीय विनोद सोनारलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले सोनारलाई मंगलबार पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ । पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको एपीएफले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विविध


तपाईको कमेन्ट लेख्नुहोस्