Techie IT
बुधबार, कात्तिक १२,२०७७

बेलिब्रिज निर्माण भएसँगै कोशीपारि क्षेत्रमा खाद्यान्नको मूल्य सस्तियो


सोलुखुम्बु, साउन १९
सोलुखुम्बुको दिब्लीघाटमा बेलिब्रिज निमार्ण भएसँगै कोशीपारिका क्षेत्रमा खाद्यान्यको मुल्य घटेको छ । जिल्लाको कर्णालीका रूपमा चिनिने महाकुलङ र सोताङ गाउँपालिका जानका बेलिब्रिज निर्माण भएपछि सहज भएको छ । अहिले जिल्ला सदरमुकाम सल्लेरीबाट सिधै महाकुलुङ र सोताङ सामान ढुवानी गर्न सहज भएको छ । पहिले दिप्लीघाट सम्म सामान लगेर त्यहाँबाट झुलुङ्गे पुलमार्फत मानिसले बोकेर पारि पु-याएपछि गाडिले सामान ढुवानी गर्दै आएको थियो ।

हिउँदमा खोलाबाटै गाडि पार हुने भए पनि बर्खाको समयमा पोल्टी गर्नुपर्ने बाध्यता रहेको थियो । पुल बनेसँगै अहिले त्यो बाध्यता समेत अन्त्य भएको व्यापारीहरूको भनाइ छ । थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा रहेको दिब्लीघाटमा बेलिब्रिज निमार्ण भएसँगै महाकलुङ र सोताङमा दैनिक उपभोग्य वस्तुको मूल्यमा सस्तो भएको स्थानिय लक्ष्मन राईले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विविध


तपाईको कमेन्ट लेख्नुहोस्