logo

प्रहरी दमनको फोटो खिचेकै कारण..........


– शिव डुम्रे

 

म स्वभावैले प्रहरीसँग हिमचिम गर्ने मान्छे । अहिलेपनि एसएसपी, एसपी देखी डिएसपी, ईन्स्पेक्टर, सई, असई, हवल्दार, जवान देखी भान्सेसम्मका प्रहरी अधिकृतहरुसँग राम्रै हिमचिम छ । देवानागरीमा सबै लेख्न नआए पनि केही लेभलसम्म टेलिफोन सम्बाद होस् या भेट सम्बाद मेरो राम्रै उठनबसन हुन्छ । उठ्ने र बस्ने कुरा त एउटा भयो तर सम्बन्ध कायम गर्न त्यति साह्रै लाटो छैन भन्ने प्रमाणमात्र यहाँ पेश गर्दा त्यती अतित्युक्ती चाहि नहोला ।


भनिन्छ नि, प्रहरी र पत्रकारसँग धेरै नजिकिनु उचित होईन भने धेरै टाढिनु पनि अनुचित हो भनेर । ठ्याक्कै यहि व्यवहार त नमिल्ला तर कतिपय प्रहरी अधिकृतसँग राम्रै नभएर राम्रो सम्बन्ध स्थापित गरेको मान्छे म । यहाँका केही प्रहरी भित्रका पत्रकार र पत्रकार भित्रका प्रहरीजत्तिले त के सकिन्थ्यो आफू त न कसैको सरुवाबढुवा गर्ने हैसियत राखिन्छ न कसैसँग बसेर पेय चियर्स गर्न नैतिकताले नै दिन्छ । त्यसैले गर्दा पनि होला मलाई धेरै प्रहरी अधिकृतले अफिस टाईममा मात्रै भेट्न समय दिन्छन् । अझ आफू त परियो फूल भेजिटेरियन काक्रो र भट्ट्मा धेरै साथीहरु बन्दैन भन्ने प्रमाण धेरै पटक मैले भोगेको छु ।
प्रसंग व्यक्तीगतजस्तो देखिएपनि सन्दर्भभने सामयिक नै हो । राज्यले गत असार २१ गते सर्लाही जिल्लाको ढुंग्रेमा रहेको बस्तीमाथी एकाएक हस्तक्षेप ग¥यो । कुनै पूर्व जानकारी बिना सरकारले एकाएक दमन ग¥यो । दमनका क्रममा सयौं सशस्त्र र जनपथ परिचालन ग¥यो, सयौं राउण्ड अश्रु ग्यास र रवरको गोली चलायो, ३६ जना घाइतेमात्र भएनन संजीव बम्जङको आँखा गुमेको छ, उनको टाउकोमा २ वटा गोली अहिलेपनि छ । उनको ६ घण्टा शल्यक्रिया गरिएको छ । यही क्रममा २१ जना महिला सहित ३१ जनालाई हिरासतमा लगि चरम यातना दिएको छ । सुकुमवासीका ३५ घर तोडफोड गरी पूर्ण क्षति गरिएको । ६ वटा मोटर साइकल, ३५ वटा साइकल तोडफोड गरेको छ । गाई भैसीलाई माथि कुटपिट गरेको छ । सयौं विगाह जमिनको उखु, धान, मकैवाली पूर्णरुपले नष्ट गरेको छ । यस्तो दमन तुरुन्त रोक्न, घाइतेहरुको उपचार, क्षति भएको सम्पतिको क्षतिपूर्ति देओस् भन्ने जोडदार माग राख्दै नेकपा माओवादीले गत साउन १० गते नेपाल बन्दको आयोजना ग-यो ।


पूर्व्निर्धा्रित कार्यक्रम अनुसार ५ गतेको जनप्रर्दशनमा पनि म पुगे अनी रिपोर्टिङ्ग गरे । ९ गते गरिएको मसाल जुलुसमा पनि म पुगे र रिपोर्टिङ्ग गरे त्यो मेरो काममात्रै होईन मेरो नैतिक दायित्व पनि सम्झे । किनकी पत्रकारिताको विद्यार्थी र पेशेवर पत्रकार भएपनि म कुनै पार्टीलाई नैतिक समर्थन गर्ने मेरो स्वतन्त्रताको भरपूर उपयोग गर्ने म पनि नेपाली नागरिक थिए । म ढुक्कका साथ भन्न सक्छु पत्रकारले राजनीति गर्न हुदैन भन्ने गलत हो । पत्रकार पनि नागरिक हो र राजनीति गर्न पाउनु उसको हकको कुरा हो तर कुरा के हो भने पत्रकारले पत्रकारिता गर्दै गर्दा राजनीतिको चप्पल काढेर पत्रकारिता गर्नुपर्छ ।’ समाचार लेख्दा उसले राजनीतिको खोल फ्याक्नुपर्छ, रिपोटिङ्ग गर्दा उसले राजनीतिबाट चोखिनुपर्छ । राजनीति र पत्रकारिता गर्नु हुन्छ तर पत्रकारितामा राजनीति गर्नु कदापी हुदैन त्यस्तालाई पत्रकार हु भन्ने अधिकार कसैले पनि दिदैन । बढे बढे अक्षरमा स्वतन्त्र पत्रकारिता र स्वतन्त्र पत्रकार भनेर लेखिनु र समाचारमा राजनीति गन्ध र पक्षपात गर्नुभन्दा कुनै पार्टी्निकटको राजनीति गर्नु तर पत्रकारितामा राजनीतिक चप्पले नछुनु कयौं गुणा ठूलो कुरा हो । निर्धा्रित कार्यक्रमहरुमा पुग्नु पत्रकारिताको हिसाबले मेरो दायित्व र कर्तव्य थियो त राजनीतिक हिसाबले नैतिक ईमान्दारीता पनि थियो । कोहि कसैलाई पत्रकारिता र राजनीति सँगै लानु हुदैन जस्तो लाग्छ भने, कांग्रेसनिकट प्रेस युनियन किन ? एमालेनिकट प्रेस चौतारी किन ? कोही प्रेस सोसाईटि, कोहि प्रेस सेन्टर कोही क्रान्तिकारी पत्रकार संघ, महासंघ र संगठन किन बनाउने साझा संगठन नेपाल पत्रकार महासंघको चुनावमा कोटा किन बाड्ने ? पत्रकारितमा मात्रै होईन यहाँ शिक्षक, कर्मचारी, मजदुर, विद्यार्थी देखी सबै तह र पेशामा राजनीतिक गन्ध चाख्न नपाईने ठाउँ कमै होलान ।


साउन १० गते नेपाल बन्दको प्रभाव विहानैदेखि देखियो । नवलपरासी जिल्लामा पत्रकारको भूमिकामा घाटीँमा प्रेस कार्ड र क्यामेरा बोकेर दिनभरजसो डुले । सुकुम्बासीहरु बाटोभरी झण्डा लिएर फलाक्दै थिए, सुकुम्बासीमाथीको अत्याचार र दमन अन्त्य गर ! दलाल सरकार मुर्दावाद ! देश वेच्न पाईदैन ! यस्तै यस्तै बाटोभरी साईकल र मोटरसाईकलबाहेक केही चलेका थिएनन्, कसोकसो गर्दै प्रहरीले अघिपछि लगाएर सवारी ल्याउँथ्यो तर बन्दकर्ता रोकिहाल्थे, बडो गज्जबको दृश्य कैद गर्ने मौका मिल्थ्यो मेरो क्यामेराले साथ दिएकै थियो । अपराह्न सम्म निकै अस्तव्यस्त सडकमा जताजतै नेपाल प्रहरी र जनपथ प्रहरीको बाक्लो उपस्थिती देखिथ्यो । नवलपरासी जिल्लामा रहेको पार्टी र त्योसँग निकट रहेका विभिन्न जबस मोर्चाहरु सडकमा थिए, बाक्लो उपस्थितीमा सुकुम्बासी थिए । यसअघीका ३ रात सुकुम्बासीको झुपडीमा विताएकोले होला सायदै धेरै सुकुम्बासीले मलाई पनि चिन्थे । म घरी बन्दकर्ताको विचमा हुन्थे र घरी प्रहरीहरुको विचमा । यसरी नै विचविचबाटै दिनको बीच पनि कट्यो । एकपटक जिल्लाभरको प्रभावको आकलन गर्न मन लाग्यो र गैडाकोटदेखी चोरमारासम्म पुगे । बन्द पूर्ण प्रभावित थियो । साउनको सोमबार भएर पनि होला धेरै तीर्थयात्रीहरु भने थिए आवातजावत विनारोकटोक गर्दै थिए । सोमबार बजार त्यसै पनि बन्द नै हुन्थ्यो व्यवसायीहरुपनि मौन समर्थनमा थिए बन्दको ।


दिनको झण्डै ३ बज्न अझैं ४० मिनेट बाकीँ नै थियो । म कावासोती बजारको अबलोकनपछि जिल्ला सेक्रेटरी जुझारुसँगै थिए । फोन आयो । डण्डामा लाठीँ चार्ज भो, बाईक तोडफोड भो, सबै लाखाँपाखाँ लागे, हाम्रा केही साथी गिरफ्तारमा पर्नुभो । अनी म बेतोडले कुँदे मलाई भएको साँचो के रहेछ हेर्न मन लाग्यो र क्यामेरमा कैद गर्नु ठूलो उपलब्धी ठानेर कावासोती नगरपालिकाभित्रै पर्ने डण्डाको पुलसम्म पुग्दानपुग्दा दृश्य नजरअन्दाज गरीहाले । कोही खोलामा फाल हाल्दै थिए , कोही बारीमा दौडदै थिए, कोहीको साईकल प्रहरीले तोड्दै थियो । विचरा अबोध बालबालिका, बाटोमा हिडिरहेका बटुवा, महिलाहरुलाई आँखा नहेरीकन प्रहरी र जनपथले यस्तो नराम्रोसँगै कुट्दै थिए । कुटाई खाएका रुदै कराउँदै थिए, कोहि भागिरहेका थिए एसो हेरे पुलबाट डण्डा बजारको दृश्य साचैं ०६२÷०६३को जनआन्दोलनभन्दा कम थिएन । प्रहरी दुईवटा गाडी स्टण्ड थिए, दुई जनालाई प्रहरीले परबाट कुट्दै ल्यायो र गाडाीमा यसरी धकेल्यो मानौ त्यो जिवीत होईन मुर्दा लास हो । बाटोमा औषधी लिएर हिडिरहेका ७२ बर्षिया बुढा बाको औषधी झाडीमा फ्याक्यो र जनपथको दुई प्रहरीले घाटीँमा समाएर लौरीले बेस्मारी हान्यो ति बुढा बा रोए कराए अनी बल्लतल्ल गाडीमा चढे प्रहरीले धकेल्दै पिठमा यसरी हानिरह्यो । यसको सचित्र कैद गर्ने क्यामेराले मलाई बढो चुनौति दिईरहेको थियो । दुई सुकुम्बासी महिलाको साडी चेतियो र उनीहरु प्छ्यौरा बेरेर भाग्दै गरेको तस्वीर नखिचौं लागेको थियो तर क्लिक भैसकेको थियो प्रहरीको अनुहार आउनेगरी झण्डै ४० भन्दा माथी फोटा मैले खिचिसकेको थिए । त्यो ५ मिनेटको अन्तरमा बाईकको चावीसमेत मैले निकाल्न भ्याईन र फोटा निरन्तर खिच्न लागे त्यति गरिरहँदा दुई तिन पटक मलाई प्रहरीले नजिकै आएर , ‘ओए फोटो नखिँच ’ भनेको सुनेको थिए तर कस्ले भन्यो ठम्याईन । बडो रोचक दृश्य थियो त्यहाँ प्रहरीको लाठीँ चार्ज, महिलामाथीको दुव्र्यवहार, लाठीले संवेदनशिल अंगमा घोचेको, औषधी फालेको , बृद्धलाई हानेको, गाडीमाथी बुटले खादेको, रिसले चुरचुर भएका ति जनपथ र प्रहरीहरुले यताउता गर्दै अझैं मान्छे खोज्दै थिए ति सबै गर्दा मेरो क्यामेरामा झण्डै ६० बटा तस्वीर कैद भईसकेका थिए । म प्रतिक्षालयमा आए र घटना कसरी भयो भनी आम मानिससँग प्रतिक्रिया लिदैं थिए, यत्तिकैमा मेरो गर्धनमा कसैले समात्यो । म फर्किए नेपाल प्रहरीका एकजना जवान उनले भाई कुन पत्रकार हो खोई परिचय पत्र हेरौं भन्न मात्र भ्याएका थिए परिचय पत्र घाटीँबाट निकालेर फालिहाले र मेरो एउटा अनी परिचय पत्रको एउटा फोटो खिचे अनी गोजीमा हाले । नाम हेर्न खोज नाम ठम्याईन । भुषाल थर गरेका एकजना पातला कदका प्रहरी जवान मेरो अगाडी आए र भने यो पनी बन्दकर्ता हो । जनपथका असई साहेब आए र मलाई एक मुक्का बजाए मेरो छातीमा म गम्र्लमै ढले, मलाई मेरो भन्दा पनि क्यामेराको चिन्ता लाग्यो उठे क्यामेरालाई झोलामा हाल्न नपाउँदै एउटा मगर लबजको प्रहरी जवानले झोला तान्यो र क्यामेरा गाडीभित्र फालिदियो, मलाई धकेल्दै थिए एउटा अग्ला कदका बाहुन असई ले र भन्दै थिए ‘अब देख्छस तेरा, फोटा खिच्ने खुब होईन’ प्रहरीसँगको दुश्मनी कस्तो हुँदो रहेछ । दुई लौरा मेरो खुट्टामा बजाए उनले । म छटपटिन थाले अर्काे जनपथको असईले फेरी बुटले पेटमा हान्यो र गाडीमा हाल्ने आदेश दियो मलाई गाडीमा हाल्न आएका ५ जना नेपाल प्रहरी र ३ जना जनपथले एकएक लौरा यसरी हाने मानौ म जीवित होईन मुर्दा मान्छेलाई पिटिरहेछन्, मेरो मोवाईल र क्यामेरा पहिल्यै गाडीमा चढिसकेका थिए जबरजस्ती । अनी म चढेँ मलाई लौराले पेटमा घोच्ने ति चौधरी भाईलाई त मैले कहिल्यै पनि विर्सन र मलाई फर्किफर्कि पिट्ने ति केही अनुहार छन्, भुषाल, सुवेदी र गुरुङ्गका ति पनि कहिल्यै नभुल्ने गरी हेरे, ति अनुहारमा हेर्दा उनीहरुको मुखबाट यस्तो आवाज निस्कन्थ्यो कि मैले आजसम्म त्यस्तो आवाज पहिलोचोटी सुनेको थिए । एउटा राजनीतिक कार्यक्रममा एउटा नैतिक आस्था राख्ने पत्रकारलाई गिरफ्तार गरिरहँदा उनीहरुले यतिसम्म पनि सोचेनन कि भोली म पनि छुट्न सकुँला भनेर । मभन्दा अघिल्लो गाडीमा चार जना, अनी म एक्लै एउटा गाडीमा ६ जनाले वरीपरी लौरा लिएर घेरिरहेका थिए मानौ कुनै फिल्म सुटिङ्ग हुँदैछ । गाडी हिड्यो तर पनि बाटोमा बस्ने विचरा एउटा वि.क. थरका जवानको रिस मरेनछ क्यारे मलाई उफ्रेर पिट्दै थिए र उनी भुईमा लडे, मलाई पिटेको भन्दा उनलाई केही भयो कि भन्ने चिनता लाग्यो यसो उठेर हेर्न लागेको थिए पछाडीबाट एउटा लौरी बज्रिहाल्यो । गाडी हिड्यो डण्डादेखी कावासोतीको ईलाका प्रहरी कार्यालयमा प्रवेश गर्दानगर्दासम्म मेरो मनमा दुईटामात्रै कुरा खेल्यो । एउटा प्रहरी किन रिसाए होला मसँग यसरी फोटा खिच्नु मेरो के दोष ? अनी अर्काे चाहीँ कृष्ण सेनहरुलाई पनि सायद यस्तो कयौंपल्ट गरे होलान क्रान्ति हुँदै गर्दा मजस्ता थुप्रैले यसरी पिटाए खाए होलान, अनी सुकुम्बासीहरुलाई कस्तरी पिटे होलान यो चमारको लठ्ठीले यस्तै सोच्दै थिए । मेरो जागिर र क्यामेरा जफत गर्ने उद्घोष गरेको आचार्य ईन्सपेक्टर साहेबको अनुहार भने मैले पहिलोपटक चौकिमै पुगेपछि मात्रै देखे ।


चौकिमा पुगेपछि ति दानवी प्रहरी एकाएक मानवी बने । गाडीमा ‘राडीँको छाउरा, पत्रकार !, .........(अन्यथा नपरोस्) सुन्न पनि नसकिने अश्लिल शब्दले गाली गरेको प्रहरीहरुले त झर्नुस सर ! भन्न लागे । म पनि रिसको उत्कर्षमा जो थिए भनिदिए राडीँको छाउरालाई पनि सर भन्छन् र हाकीम साहेव !, कोही बोलेनन्, अनी जीर्ण र भग्नाबशेष बनेको प्रहरीको एउटा सानो कोठाबाट नयाँ कस्टडी रुममा ल्याईयो । हामीपनि सरासर आयौं । मोवाईल, पर्स, बेल्ड, जुत्ता, क्यामेरा, लगायत भएका सबै सामान निकाल्यो सोधिखोजी ग-यो र भित्र हाल्यो एउटा निलो थात्रो त्रिपाल ओछ्याईएको एउटा १० फिटको कोठामा एकजना कैदी रहेछन् हामी ६ जना (शिव,माधव, विश्वास, डम्बर, जनक, धनबहादुर) सहित ७ जना भित्र छिर्यौ, जनकको खुट्टाभरी फोरा र निलडाम थियो, धनबहादुर बुवा जो पार्टीको मान्छे पनि नभएर औषधि लिन जादै हुनुहुन्थो उहाँको घाटीको नसा फुलेको थियो । मेरो घुडा र पेट एकदमै दुखिरहेको थियो । खानको लागी पानीसमेत थिएन भित्र । झण्डै दुई घण्टा भित्रै बसेपछि डिएसपी राजेश थापाबाट मेरो नाममा बाकिट्कीमा बोलावट भयो । म गए केहीछिन बादप्रतिवाद भयो, बसियो झण्डै एक घण्टा धेरै गफगाफ भो, राजनीतिक र व्यक्तिगत, चिया पियौं । फेरी प्रहरीको रोहवरमा मुद्दाफाट बाहिर बस्ने आदेश आयो । मसँग डिएसपी साहेबले भन्दै थिए, केटाहरुले नचिनेकै कारणले समातेछन् तपाई जाँदा हुन्छ ।’ तर म पनि अब किन जाने नल्याउने ल्याईहाले अब सबैजनालाई लिएर मात्रै जान्छु भनेपछि फेरी कस्टडीमै पसे । गिरफ्तारी को पहिलो अनुभव, कस्टडीको पहिलो अनुभव कताकता पीडा महसुस भएको थियो भने त्योभन्दा बढ्दा पार्टीप्रतिको ईमान्दारीको उचाई र जोश पैदा भैरहेको थियो । रातको झण्डै ८ बज्न ३० मिनेट बाकी थियो । नवलपरासीका मिडियाभरी बन्दमा समातिए ६ माओवादी कार्यकर्ता भन्दै फैलिरहेको थियो, पार्टी व्युरो ईन्चार्ज, पार्टी जिल्ला सेक्रेटरी, क्रान्तिकारी पत्रकार संगठनका व्युरो ईन्चार्ज लगायतको पहलमा हामी झण्डै ८ बजेर १५ मिनेट जाँदा दुई पक्षको सहमतिमा प्रहरीको कस्टडीबाट बाहिर निकालियौं बाहिर पार्टीका संयौं कार्यकर्ता र नेताको चहलपहल थियो हामीलाई स्वागत गर्न र राजबन्दीहरुको रिहामा ति सुकुम्बासीहरुले आफ्नो पीडा भुलिरहेको महसुस हुन्थ्यो । घाईतेहरुको उपचारको लागी स्वास्थ्य चौकि पु¥याएपछि हाम्रो झण्डै ६ घण्टाभन्दा धेरै गिरफ्तारीको अनुभव र त्यसबाट प्राप्त उर्जाले ति अबोध नागरिक र सुकुम्बासीहरु पनि पार्टीको जयजयकार गरेको देखिन्थ्यो ।


बाहिर आएर क्यामेरा अन मात्रै गर्न भ्याएको थिए, क्यामेरामा कैद गरिएका झण्डै ६० वटा फोटा त पूरै लोप भएछन्, तिनै आचार्य ईन्टस्पेक्टर साहेवको कब्जामा रहेको क्यामेरामा अरु कसैको हात समेत परेछ, काश क्यामेरामा पासवर्ड प्यार्टन राख्न पाईने भए कति जाति हुँदो हो । बल्ल कुरा बुझियो मेरो नैतिक समर्थनले भन्दा पनि मलाई प्रहरीले गिरफ्तार गरिनुको कारण त क्यामेरामा कैद भएका ति क्रुर तस्वीर पो रहेछन्, धन्न क्यामेरा जोगिएछ तर फोटा सबै डिलिट भएछ रिस्टोर्ड गर्न नमिल्ने गरी । कम पीडा भएन, मलाई ६ घण्टा भित्र बस्नुभन्दा र ति प्रहरीका दर्जन लौराको पीडाभन्दा ति फोटा डिलिट भएपछि भयो अब पछुताएर काम नै थिएन, एउटा पाठ त सिकियो अब फेरी ति दिनहरु आउनेछन् तर यस्तो दोहोरिनेछैन भन्दै चित्त बुझाईयो । अनी डिएसपी साहेबलाई फोनमार्फत धन्यवाद दिए र भने, भनिदिनुस तपाईका साहेबहरुलाई क्यामेराको फोटो त डिलिट होला तर ति अनुहारका तस्वीर अपमानका शब्द र अपाच्य व्यवहार कहिल्यै डिलिट हुदैन भनेर ।


१० गतेको बन्द र ६ घण्टे गिरफ्तारीको अनुभवले पत्रकारिताबाट मात्रै पनि बच्न नसकिने त सिकियो नै । प्रहरीसँग कतिसम्म नजिक र कतिसम्म व्यवहार गर्न उपयुक्त हुन्छ भन्ने पनि अनुभव गरियो । हिजो १० वर्षे महान जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने कृष्ण सेन लगायतका कतिपय पत्रकारहरुको कारण केही पनि हुन्थेन, खाली फोटो र रिपोर्ट नै उनीहरुको मृत्युसैया बन्यो । १० बर्षे जनयुद्ध नै त होला नहोला तर अहिले विप्लव माओवादीले लिएको कार्य्दिशा एकिकृत जनक्रान्तिको कार्य्दिशा त्योभन्दा पनि उचाईमा जानेछ । यसको मतलब के हो भने युद्धपत्रकारिता बरु आफैंमा सुरक्षित हो तर सडकमा बसेर जनपत्रकारिता र जनपक्षिय पक्षपोषण गर्दै गर्दा यो क्रुर प्रशासनले छोड्ने छैन यसबाट हामी सबैभन्दा सचेत हुनुपर्छ । पत्रकारितामा नीति र रणनीति महत्वपुर्ण हुन्छ तर राजनीति सहायक । हामीले पत्रकारिता मात्रै गरेका रहेछौं त्यो गिरफ्तारी मलाई पत्रकारिता भित्र पनि प्रहरी बन्नुपर्ने एउटा बडो मार्मिक पाठमात्र सिकाएन अबको जनपक्षिय पत्रकारिता कसरी गर्नुपर्छ त्यो पनि सिकायो । साधुवाद ! ति दिनको बदला नै तिर्नु त पर्दैन तर प्रहरी र प्रशासनलाई आग्रह के हो भने जति दबाउन खोजिन्छन् आवाजहरु उति बुलन्द बन्दै जानेछन्, जति तड्पाईन्छ जनतालाई त्यती फलाम बन्दै जानेछन्, हामीप्रति जस्तो व्यवहार गरिएको छ भोली त्यती व्यवहारको प्रतिक्षा गरेर बस्दा हुन्छ शाब्दिक चेतावनी पनि हो यो ।


मेरो क्यामेरा जफत गरियो, मेरो प्रेस कार्ड फालियो, मेरो कलम भाचिँयो र डायरी खोलामा मिल्काईयो, मोवाईल जफत भयो, कैद गरेका सबै फोटाहरु डिलिट गरियो, लौरा र बुटहरु बजारियो अनी क्रुर ह्रिंसक व्यवहार गरियो तर ति प्रशासन भनिने विचरा पुलिसलाई विचार के था ! त्यहाँ भित्र त च्यान अफ कमाण्ड, एउटा पशुत्व व्यवहार र एउटा रोबोर्टको जस्तो जिवन मात्रै हुन्छ । बाहिर परिवर्तनको लागी लड्ने ति तमाम जनताहरुलाई दबाएर विचरा के पाउँदा हुन उनीहरुले हुन त आदेशको भरमा मर्न र मार्न तयार हुने तिनीहरुलाई परिवर्तन र क्रान्तिको विचार भनेको के थाहा ? उनीहरुलाई त यस्तै व्यवहारा थाहा छ जुन मसँग गरे के थाहा उनीहरुलाई मैले ति व्यवहारबाट झन निर्खारता पाए र अब झनै सशंक्त भएर जनपत्रकारिता गर्नेछु र मिसनलाई गन्तव्यमा पु-याउनेछु भनेर ।
(लेखक ः क्रान्तिकारी पत्रकार संगठन नवलपरासीका अध्यक्ष हुन् )

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...

रेलमार्ग–जलमार्ग मागियो, हवाइमार्ग छाडियो !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संविधान कार्यान्वयनसँगै आर्थिक विकासको दिशामा अगाडि बढेको भन्दै...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै