logo

नरेन्द्र मोदीका नारामा, नयाँ शक्तिको अभियान


केदार सुवेदी, दुई वर्षअघि मात्र भारतमा आफ्नो चुनावी यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा थियो – ‘सबका साथ, सबका विकास’ । दुई वर्षपछि यो नारा नेपालमा भित्रियो नयाँ शक्तिका नाममा र यसलाई आफ्नो भनी प्रचार गरे बाबुरामले । उनको नारा हो– ‘अबको निकास, आर्थिक विकास ।’ फरक रह्यो भाषाको, त्यहाँ हिन्दी भाषामा यो नारा लाग्यो भने यहाँ नेपालीमा ।  
विकासको कुरा जसले पनि गर्न हुन्छ । तर ठ्याक्कै अरु कसैले भनेको कुरा केवल भाषामा उल्था गरियो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ । योचाहिँ भएन । मोदीले यो मेरो नारा हो किन चो¥यौ नभन्लान् तर अरुलाई त कता–कता
किरिकिरी लाग्ने नै भयो त्यो पनि खुलारुपमै । लेखक अमरदीपलाई असह्य नै भएछ लेखिहाले ।
 नयाँ शक्तिका प्रस्तावक बाबुराम आफ्नै विगतलाई कहिल्यै नहेर्ने मध्येमा पर्छन् । तर कुनै पनि मान्छेसँग उसको विगत झुण्डिएकै हुन्छ, उसको प्रत्यक्ष परिचय बनेर । त्यसकारण त्यो व्यक्ति विगतको गुणदोषकै मूर्ति भने हुन्छ । उनले विगतमा जे गरे त्यो काम गलत थियो तर उनले त्यसलाई कहिल्यै गलत मानेनन् । माओवादी जनयुद्धकालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनी भाग्न मिल्छ रु टिप्पणीकारहरुले सधैँ यो प्रश्न गरिरहेका छन् तर उत्तरचाहिँ पाएका छैनन् ।
अब यो प्रश्न उनीसँग मात्र सीमित रहेन । जस्तो सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद ठोकेका अपराधीलाई पक्राउ गर्न पाइँदैन भनी वक्तव्य निकाले, त्यो कुरा उनको मात्र नभएर यो पार्टीका सदस्य हौं भन्ने सबै यसमा सहमत भएको मान्नुपर्छ र तिनले केही पहिले यसरी नै सार्वजनिक स्थलमा देशको प्रचलित कानुन मान्छु भनी खाएको सपथ केही दिनकै अन्तरमा उल्टाएको बुझ्नुपर्छ । त्यसो हो भने जेठ ३० मा रंगशालामा खाएको सपथको अर्थ के रह्यो रु
अर्को विषय पनि त्यस्तै छ । बाबुराम प्रधानमन्त्री हँुदा उनकी पत्नी हिसिला यमीद्वारा छाया प्रधानमन्त्रीको रुपमा विभिन्न नियुक्ति तथा टेण्डरबाट अर्थ संकलन गर्ने चलखेलका समाचार सार्वजनिक भए । ती एक ठाउँमा राखियो भने खात नै लाग्छन् । उनकी पत्नी यमी त्यस्ती प्रथम महिला हुन्, आफ्ना श्रीमान् प्रधानमन्त्री भएकै बेला अख्तियारमा परिन् । इतिहासमै यो पहिलो घटना हो । कुन प्रधानमन्त्रीको पालामा उनकी पत्नीहरुले के–के गरे भन्ने विवरण लिन सकिन्छ । यो विवरणलाई देखेका र भोगेका एक व्यक्ति जीवितै छन्, तत्कालीन उपत्यका विकास आयुक्त केशव स्थापित । उनले त्यतिखेर नै प्रधानमन्त्री पत्नी यमी र उनका सचिवको द्रव्यमोह एवं अर्थ संकलनका कुरा प्रमाणसहित सार्वजनिक गरिरहे तर जवाफचाहिँ कतैबाट आएन । यो शक्तिका साधारण सदस्यहरुले स्थापितसँग यो कुरा बुझेर थप प्रष्ट हुन पाउने अवसर छ ।  
बाबुरामलाई प्रश्न गर्ने हो भने धेरै टाढा जान पर्दैन । उनले २० वर्षअघि प्रस्तुत गरेका ४० सूत्रीय माग आफू कार्यान्वयन गर्ने तहमा पुगेपछि के भए त भनी सोधेमात्र पुग्छ । त्यही ४० बुँदाले १७ हजार मान्छेको ज्यान लियो । अहिले २० वर्षमा समृद्धि दिने भनिँदै छ । त्यसकारण २० वर्षअघि भनिएको कुराको खोजबिन भएको हो ।  
जेठ ३० मा खडा भएको नयाँ शक्तिका संयोजक बाबुराम त्यसबेलाको संयुक्त जनमोर्चाका अध्यक्ष थिए । त्यही हैसियतमा उनले २१ माघ २०५२का दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे ज्ञापनपत्रका बुँदा पढौं । २०६३ सालदेखि उनी निरन्तर सत्तामा छन् । त्यसबेला उनले यी आफ्नै मागबारे के गरे रु माग यस्ता थिए –
१।     सन् १९५० को नेपाल–भारत सन्धिलगायत सम्पूर्ण असमान सन्धिसम्झौताहरू खारेज गरिनुपर्दछ ।
२।     २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धि तत्काल खारेज गरिनु पर्दछ ।
३। नेपाल–भारत खुला सिमाना नियन्त्रण र व्यवस्थित गरिनुपर्छ । नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनुपर्छ ।
४।     गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ ।
५।     नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनुपर्दा वर्क परमिट प्रथा लागू गरिनुपर्छ ।
६।     नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरिनुपर्छ ।
७।     आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ ।
८।     साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ ।
९।     एनजीओ र आईएनजीओ आदिको नाउँमा देशभित्र साम्राज्यवादी विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ ।
१०।    जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमित्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ ।
११।    राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ ।
१२।    सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ ।
१३।    सुरक्षा ऐनलगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ ।
१४।     राजनीतिक प्रतिशोधका कारण झूठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायत जिल्लाहरूका बन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झूठा मुद्दाहरू खारेज गरिनुपर्छ ।
१५।    जिल्ला–जिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेसन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ ।
१६।    विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानबिन गरी अपराधीहरूलाई कडाकारबाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ ।
१७।    जनआन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गरिनुपर्दछ, सहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडाकारबाही गरिनुपर्छ ।
१८। नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गरिनुपर्छ ।
१९।     महिलाहरूमाथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ ।
२०।    सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ ।
२१। दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ । छूवाछूतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ ।
२२।    सबै भाषाभाषीहरूलाई समान अवसर र सुविधा दिइनुपर्छ । उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्छ ।
२३।     वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ । सरकारी सञ्चारमाध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ ।
२४।    बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिककर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ ।
२५।    पहाड र तराईको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र सहरबीच सन्तुलन कायम गरिनुपर्छ ।
२६।     स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्छ ।
२७।    जमिन जोत्नेको हुनुपर्छ । सामन्तहरूको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरूमा वितरण गरिनुपर्छ ।
२८।    दलाल तथा नोकरशाही पुँजीपतिहरूको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरूमा वितरण गरिनुपर्छ ।
२९।    सबैलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।
३०।    उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ ।
३१।    सुकुम्बासीहरूलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीहरूलाई उठिबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ ।
३२।     गरिब किसानहरूलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ । साना उद्योगीहरूलाई समुचित कर्जाको व्यवस्था गरिनुपर्छ ।
३३।    मल, बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ ।
३४।    बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको व्यवस्था गरिनुपर्छ ।
३५।    सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।
३६।    महँगी नियन्त्रण गरिनुपर्छ । महँगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ । दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ ।
३७।     गाउँगाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ ।
३८।     कुटिर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ ।
३९।     भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ ।
४०।    अनाथ, अपांग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको व्यवस्था गरिनुपर्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै