logo

तीन अर्ब ५० करोडको घोटाला, किन आँखा परेन ?

 

 केदार सुवेदी ,
तीन अर्ब ५० करोड रुपैयाँ भनेको सानो होइन । यति ठूलो रकम घोटाला भएको पूरै साढे दुई वर्ष बितिसक्दा पनि र यस्तो घोटालाका कागजातहरु सार्वजनिक भइसकेपछि पनि न संसद्का समितिहरु, न अख्तियार कसैले पनि छानबिनमा रुचि नदेखाउनु जति ठूलो घोटाला त्यति नै ठूलो रहस्यको विषय भएको छ ।
नेपाल र चीनबीच २०७० मंसिर १३ मा छ थान जहाजका लागि छ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । त्यसमध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा तीन अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो । यी जहाजको मूल्य करिब तीन अर्बको हाराहारीमा रहेछन्, तर खरिद भयो छ अर्ब ६७ करोड १० लाखमा ।
यसले सोझै बुझाउँछ  कुल खरिदको आधाभन्दा बढी नै घोटाला भयो । यसमा अझ उल्लेख्य पक्ष के भने यस्तो सम्झौता गर्ने तत्कालीन पदाधिकारीहरु जीवित नै छन् । छानबिन भए उपस्थित हुने अवस्थामा र दोषी देखिए
कारबाही गर्नसक्ने अवस्थामा । तर प्रारम्भिक छानबिनसम्म नभएपछि यो रकम भागशान्ति भएर पचेको अवस्था छ भने यता यो खरिदबाट एउटा सरकारी संस्था पूरै धराशायी हुन बाध्य भइरहेको छ । त्यसको अन्तर्कथा हो यो खरिदमध्येको  एउटा जहाजले मात्रै पनि त्यसै भन्छ । एउटा समाचार विवरण हेरौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ महिनादेखि उडाउन गरेको प्रयास अझै सफल हुनसकेको छैन । गत कात्तिकमा थन्किनु अघिसम्म चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको उक्त जहाजले नियमित उडान गरिरहेको थियो । त्यसबेला चिनियाँ जहाज निर्माता कम्पनीले उपलब्ध गराइदिएको प्रशिक्षक पाइलट फिर्ता जानु र निगमसँग आफ्नै प्रशिक्षक पाइलट नभएपछि ‘ग्राउन्डेड’ भएको थियो ।
वाई–१२ई जहाजको प्राविधिक सहयोगका लागि काठमाडौंमै रहेका प्राविधिक र इन्जिनियरको टोलीले मर्मत गरी उडाउने प्रयास गरे पनि सफल भएनन् । अब इन्जिन निर्माता कम्पनीबाटै इन्जिनियर नल्याई जहाज मर्मत हुन नसक्ने चिनियाँ प्राविधिक टोलीले बताइसकेको छ । निगमले गत वैशाखमा वाई१२–ईको परीक्षण उडान हुनुअघि नै नियमित उडानतालिका सार्वजनिक गरेको थियो । यसले वैशाख २८ देखि काठमाडौंबाट भैरहवा, सिमरा र पोखराका लागि दैनिक एक–एक उडान गर्ने गरी नियमित तालिका सार्वजनिक गरेको थियो । ग्राउन्डेड हुनुअघि यो जहाजले पोखरा र भैरहवाका लागि दैनिक एक÷एक उडान गथ्र्यो यो भने अर्को ठूलो चिनियाँ जहाज ५६ सिट क्षमतायुक्त एमए–६० ले नभ्याएका बेला र प्राविधिक कारण रोकिएको बेला विराटनगर उडान पनि गथ्र्यो । वाई१२–ईबाट काठमाडौं–पोखरा दुईतर्फी नै १४ जनासम्म यात्रु हुने गरेका थिए । त्यस्तै भैरहवामा पनि सोही संख्यामा यात्रु हुने गर्थे । आठ महिनादेखि जहाज थन्किँदा निगमले लाखौं आम्दानी गुमाइरहेको छ ।
वाई१२–ई जहाजले पुनः उडान सुरु गरे पनि निगमलाई फाइदा भने हुनेछैन । निगमले नै तयार पारेको विवरणअनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले एक करोड २२ लाख ८८ हजार एक सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने छ करोड ७५ लाख ६३ हजार नौ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो । त्यति अवधिमा इन्धनका लागि एक करोड ४९ लाख खर्च भएको थियो । यसको बीमाबापत चार करोड १९ लाख ७९ हजार नौ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार सात सय ७५ र चालक दलको खाना र खाजा खर्च ९५ लाख ९२ हजार दुई सय ७० रुपैयाँ खर्च भएको थियो । यो जहाज नौ महिनासम्म उडाउँदा निगमले पाँच करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । यो भनेको दैनिक नोक्सानी २० लाख चार हजार सात सय २५ रुपैयाँबराबर हो ।
यो एउटा जहाजको मात्र कुरा हो । आएजति सबै उडाउँदाको  हिसाब  झनै डरलाग्दो छ र यहाँबाटै प्रश्न उठ्छ, यति कमसल माल किन खरिद भयो । कारण स्पष्ट छ, त्यो घोटालाकै लागि यो काम भयो । सबै जहाज उडाउँदा जसका लागि यी सामान खरिद भएका हुन् त्यसलाई नोक्सानबाहेक केही हुँदो रहेनछ । आएका र उडिरहेका जहाजको हिसाब गर्दा १५ करोड आम्दानी गरे भने ५० करोडको खर्च भयो । यो भनेको  तीन गुणाभन्दा ठूलो हो । अनुमान गरौं यी जहाज उडाउने निकाय वायु सेवाका लागि कति उपयोगी रहेछन् ।
यो आफ्नो कमजोरीले होइन । जस्तै ग्राहक नपाउनु वा यस्तै मौसमीको खराबीले धेरै उडान रद्द हुनु आदि । जहाजमा रहेका प्राविधिक त्रुटिले यो अवस्था खडा गरेको हो । भनिएको क्षमताभन्दा धेरै कम भार बोक्ने, सामान्य मर्मतका पार्टपुर्जाका लागि पनि ठूलो खर्च गर्नुपर्ने आदि कारण नोक्सान भएको हो, जो प्रत्यक्ष रुपले खरिदकर्ता तत्कालीन पदाधिकारीको जिम्मेवारीसँग जोडिन्छ । खरिद गर्दा त जति घोटाला भयो भयो, अब यसलाई उडाउँदा पर्ने नोक्सानी कसले व्यहोर्ने भन्ने पनि प्रश्न खडा भएको छ । त्यसकारण पनि यो छानबिनको दायरामा पर्नैपर्ने भनिएको हो ।
यी विवरण सार्वजनिक भइसकेका हुँदा पनि अनुसन्धानका लागि बढी सजिलो होला । अनुसन्धानकर्ता निकायले ध्यान दिए भने प्रारम्भमै यसका घोटाला आफँै प्रकट हुन थाल्नेछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

केही समयअघि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बिल गेट्सले मानिसको रोजगारी खाइरहेको रोबोटमाथि पनि...

चुनावभन्दा लुट्नै सजिलो

रामप्रसाद पुडासैनी,फागुन, आफ्ना माग पूरा नभएको भन्दै मधेसी मोर्चामा आबद्ध दलहरु स्थानीय निर्वाचनमा जान...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै