logo
565 x 90 pixel-01.png

नयाँ शक्तिबाट पहिलो दिन नै कानुनको गम्भीर उल्लङ्घन

 

केदार सुवेदी

विना अनुमति रंगशालाको आकाशमा ड्रोन ! मानवरहित यान ‘ड्रोन’ उडाउन सरकारले अनुमति दिनुपर्छ । आइतबार आयोजित पार्टी घोषणासभामा नयाँ शक्तिको झण्डा बोकेको ड्रोन रंगशालाको आकाशमा उडेको थियो । भट्टराईले पार्टी घोषणा गर्नुअघि आकाशमा उडेको उक्त ड्रोन विना अनुमति उडाइएको पाइएको छ ।

नयाँ शक्तिले उडाइको ड्रोन विना अनुमति उडाइएको पुष्टि गर्दै सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने, ‘सञ्चार मन्त्रालयले रंगशालामा ड्रोन उडाउन अनुमति दिएको छैन ।’ धेरै तडकभडकका साथ उद्घाटन भएको बाबुरामको नयाँ शक्ति स्थापना भएकै दिन यो दलबाट गम्भीर रुपको कानुन उल्लङ्घन भयो । माथिको समाचार अंशले त्यही बुझाउँछ ।

जुन कुरा गर्न सरकारबाट अनुमति दिनु÷लिनुपर्छ, त्यही कुरा भएन भने त्यो मानवीय त्रुटि मात्र होइन, त्यसले आफू राज्यभन्दा माथिको ठानिएको अवस्था हो । यो शक्ति सरकारमा भएको भए र कसै अरुले यस्तो काम गरेको भए यसले के गर्ने थियो भन्ने  प्रश्न निरुत्तरित छ, जसको जवाफ यसले दिनुपर्छ ।

आकाशमा उड्ने ड्रोन आकाश प्रयोगको कानुनभित्र पर्ने कुरा हो जसलाई नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्छ । यो आकाशको ट्राफिक नियम पनि उल्लङ्घन भएको अवस्था हो । आकाश मार्ग प्रयोग गर्दा जोसुकैले पनि यसको नियम पालना गर्नैपर्छ । अनुमतिविना नै आकाश मार्ग प्रयोग गर्दा त्यहाँ कुनै दुर्घटना भएको थियो भने त्यसको दोष कसले लिने भन्ने प्रश्न सामान्य होइन ।  जस्तो यो पार्टी घोषणा भएको रंगशाला पनि त सरकारबाट अनुमति लिएर प्रयोग भएको मानौं । तर यो अनुमति भुइँको लागि हो ।

सरकारी अधिकारीले नै भनेका छन्, ‘आकाश प्रयोग हुनेबारे कुनै अनुमति लिइएको छैन ।’ अब यो दल वास्तवमै नियमकानुनअन्तर्गत चल्ने हो भने यो बलपूर्वकको काम कसरी भयो जवाफ दिनैपर्छ । नियमकानुनका सन्दर्भमा बाबुरामको विगत ठीक छैन । उनीप्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको हैसियतले नै व्यक्तिहत्या जस्तो जघन्य अपराधीलाई पक्राउ नगर्नू, पक्राउ परेका भए छाडिदिनू र थप प्रमाण नखोज्नू, खोजिएको भए सबै तुरुन्तै नष्ट गरिदिनू भनी त्यस्तो अनुसन्धान गर्ने निकाय प्रहरीलाई पत्र लेखेको कुरा जगजाहेर नै छ । त्यसलाई सम्झिएमात्र पुग्छ ।

उनको यो लिखित निर्देशन त्यस बेलाको नियमकानुनविपरीत थियो । हत्या जस्तो घटनामा छानबिन गर्ने एउटैमात्र र आधिकारिक निकाय भनेको प्रहरी नै हो । त्यसैलाई अर्थात् उसले कर्तव्य निर्वाह गर्दा त्यसबाट यस्तो पदाधिकारीले च्यूत गराउन खोजेको कुरा सामान्य होइन ।

अनुमतिविना ड्रोन उडाइएको कुरा पनि त्यस्तै हो अर्थात् आफूलाई देशको प्रचलित नियमकानुनभन्दा माथि रहेको ठानिएको अवस्था । यसबारे सम्बन्धित निकायले प्रष्टीकरण लिएर कारबाही गरिएन भने यो अर्को डरलाग्दो विषय हुने छ । त्यो वस्तु यसरी आकाशमा उडेको देख्नासाथ निकायले खोजीनीति गर्नुपर्ने थियो, त्यसो भएन । त्यसको दुई दिन बितिसक्दाको अवस्था पनि त्यस्तै छ, कुनै जानकारी नराखिएको जस्तो ।

यो काम यो दलका घोषणा हुँदा उसैले बताएको संख्या एक लाखले देखेका छन् । त्यहाँ एक लाखको उपस्थिति हुने दाबी गरिएको थियो । नियमकानुनको खुलेरै अपहेलना भएको यो कामलाई यो संख्याले देखिसकेको छ । त्यसकारण पनि निकायहरुले यसलाई अनदेखा गर्न पाउँदैनन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै