logo
565 x 90 pixel-01.png

सहकारीमार्फत सामूहिक आलु र प्याजखेती

दमौली, पुस २७
बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् ।भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु गरेको सहकारीका अध्यक्ष काशीराम महतले जानकारी दिएको छन् ।

उनका अनुसार बाँझो रहेको जग्गाको सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउने उद्देश्यले मङ्सिर महीनादेखि सामूहिक आलुखेती गरिएको छ भने पुस २० गतेदेखि प्याजसमेत रोपिएको छ । गाउँमा कृषि कर्म गर्ने युवा नहुँदा खेतबारीमा बाँझै रहेकाले जग्गाको सदुपयोग गर्दै आम्दानी गर्ने उद्देश्यसहित सामूहिकरुपमा खेती थालिएको महतले बताएको हुन्। उनले भने, “गाउँमा कृषि कर्म गर्ने युवा छैनन् । यस ठाउँका कतिपय युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् भने कतिपय युवा अध्ययनका लागि शहर पुगेका छन् ।

काम युवा नहुँदा खेतबारी बाँझो रहँदै आएको छ ।” २३ रोपनी जग्गा भाडामा लिएर सामूहिकरुपमा खेती थालिएको कृषि सहकारीका सदस्य वासुराज कडरियाले जानकारी दिएको हुन् । उनका अनुसार १३ रोपनी क्षेत्रफलमा आलु र सात रोपनी क्षेत्रफलमा प्याज रोपिएको छ भने बाँकी जग्गामा केरा, काँक्रोलगायत खेती गर्ने योजना बनाइएको छ । दश वर्षका लागि भाडामा लिइएको जग्गामध्ये १३ रोपनीको वार्षिक रु १५ हजार र १० रोपनीको वार्षिक रु १० हजार भाडा बुझाइने छ ।आलुका लागि भानु नगरपालिकाले अनुदान उपलब्ध गराएको छ ।

छ क्विन्टल आलुको बीउ खरिदमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गरेको थियो भने ५० प्रतिशत रकम सहकारीले व्यहोरेको छ ।सहकारीमा १० जना पुरुष र ४४ जना महिला आबद्ध छन् । उनीहरुले दैनिक चार घण्टासम्म सामूहिकरुपमा काम गर्ने गरेका छन् । कँडरियाले भने, “सामूहिकरुपमा काम गर्दा सजिलो भएको र सामिप्यतासमेत बढ्ने गरेको छ ।” केरा खेतीका लागि भानु नगरपालिकामा अनुदानका लागि निवेदन दिइएको जानकारी दिँदै उनले सामूहिकरुपमा कुखुरापालन र गाईपालन गर्ने लक्ष्य राखिएको जानकारी दिइन् । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा...

कृषिमा रमाउँदै आले

प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक...

उत्कृष्ट ३२ कृषक पुरस्कृत

पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै