logo
565 x 90 pixel-01.png

‘क्लिन काष्ठमण्डप’ अभियान एक वर्षमा

काठमाडौँ, पुस २७
उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ । एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी दिएको हुन्।

युवालाई फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले शुरु भएको अभियानलाई महानगरले साथ दिने उनको प्रतिबद्धता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले फोहर फाल्ने चेतना नभए जतिसुकै विद्वान् भए पनि अर्थ नहुने विचार राखेका थिए। एक वर्षअघि राजधानी काठमाडौँ उपत्यकालाई ‘डम्पिङ साइट’ बनाइनु हुन्न भन्ने उद्देश्यले अभियान शुरु गरिएको अभियानकर्मी केपी खनालले सुनाएका थिए ।

उपत्यकाका विभिन्न स्थानमा सङ्कलन भएको प्लाष्टिकलगायत फोहरबाट मोहरमा रूपान्तरण गरी जम्मा पारिएको रु ५० लाखबाट बाजुरामा अनाथाश्रम बनाउन लागिएको जानकारी पनि सो अवसरमा उनले दिएका छन् । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पतञ्जलि योग समिति, मानवसेवा आश्रम, रेयुकाई नेपाल, विभिन्न क्याम्पस एवं विद्यालयका विद्यार्थी र सर्वसाधारण गरी ४०० बढी अभियानकर्मीको सहभागिता थियो । एक वर्षअघि काठमाडौँ महानगरपालिकाबाट यो अभियान शुरु गरिएको सो अवसरमा जानकारी गराइयो। रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै