logo
565 x 90 pixel-01.png

वार्ता व्यापार विवाद समाधानका लागि आधार तयार : चीन

बेइजिङ, पुस २७ 
चीन–अमेरिका व्यापार विवादबारे वार्ता सकारात्मक रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटले विश्व शेयर बजार आशावादी बनेको भएपनि एशियाली स्टक बजारमा बिहीबार पनि प्राय गिरावट नै देखिएको छ । बुधबार समाप्त भएको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धिलाई रोक्ने बिषयमा पलाएको आशासँगै उक्त दिन विश्व शेयर बजारमा वृद्धि देखिएको थियो । बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ । लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो । उक्त टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ । गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच ९० दिन व्यापार विवादलाई नबढाउने र समस्या समाधान प्रयास गर्ने सहमति भएपछि यसैलाई पछ्याउँदै अमेरिकी प्रतिनिधिमण्डल चीन आएको हो । बुधबार समाप्त भएको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धिलाई रोक्ने बिषयमा पलाएको आशासँगै उक्त दिन विश्व शेयर बजारमा वृद्धि देखिएको छ । 

यद्यपि एशियाली स्टक बजारमा बिहीबार पनि प्राय गिरावट नै देखिएको छ । चिनियाँ बाणिज्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वार्तामा चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार,गहिराइमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदान प्रदान गरेका छन् । जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका बिषयलाई समाधान गर्नका लागि आधार तयार बनेको छ ।” “दुवै पक्षले निकट सम्बन्धलाई स्थापित गर्दै अघि बढ्ने बिषयमा सहमति भएको छ ।” वार्तामा अमेरिकी पक्षले आफ्ना प्रबिधि र बौद्धिक सम्पत्तीको बलजफ्ती रूपान्तरण र चोरी गरेको साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृतिलाई रोक्न माग गरेको बुझिएको छ । यसबारे भएको प्रगतिबारे सोधिएको प्रश्नमा चीनका बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, “वार्तामा संरचनागत बिषयलाई केन्द्रित गरिएको छ ।” बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले भन्नुभयो, “वार्ता निकै सकारात्मक भएको छ ।” अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताएका थिए । “व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्छ ।” “मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुरा सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि वार्ताबाट सकारात्मक निकास आउनेमा विश्वास व्यक्त गरे । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन तर मैले मेरा धारणा अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लेबनानको ५० करोड डलर ऋणपत्र कतारले किन्ने

आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र...

विश्वव्यापी वृद्धिदरमा थप कटौती हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

अमेरिका–चीन व्यापार विवाद, बेलायतको युरोपेली संघ (ईयू)बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्यापी...

चीनको अर्थतन्त्रमा २८ वर्षयताकै न्यूनता

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै