logo
565 x 90 pixel-01.png

प्रतिबन्ध फुकुवा गर्न निरस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : मुन

सियोल, पुस २७ (रासस/योनहाप)
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निरस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन् । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निरस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए । उनले भने, “मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निरस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ । उत्तर कोरियाको आणविक निरस्त्रीकरण प्रक्रियामा जतिचाँडो काम हुनसक्यो उति चाँडो अन्तरराष्ट्रिय प्रतिबन्ध फुकुवा हुनेछन् ।” संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो । संयुक्तराज्य अमेरिकाले पहिले आणविक निरस्त्रीकरण गर्नुपर्ने शर्त राखिएको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निरस्त्रीकरणका सबालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर बेलाबखत दुबै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ । राष्ट्रपति मूनले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । “मेरो सोचाइमा दुबै पक्ष जानकार छन् । उत्तर कोरियालाई अन्तरराष्ट्रिय प्रतिबन्ध अन्त्यका लागि बढी ठोस आणविक निरस्त्रीकरण कदम चाल्न आवश्यक छ भन्ने राम्रैसँग थाहा छ । अमेरिकाले पनि उत्तर कोरियाको आणविक निरस्त्रीकरणलाई प्रोत्साहित गर्न आवश्यक छ भन्ने बुझेको छ ।” राष्ट्रपति मूनले थपे, “तैपनि, आपसी मतभिन्नताका कारण दुबै देशले अरुका कुरा सुन्नु परेको छ । मेरो विचारमा त्यहीकारण अहिलेसम्म दोस्रो अमेरिका–उत्तर कोरिया शिखर बैठक हुन सकिरहेको छैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । राष्ट्रपति मूनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गरे । उत्तर कोरियाली नेता कीमको यसैसाता भएको चीनको भ्रमणले त्यसैलाई सङ्केत गर्दछ । “अध्यक्ष कीमको चीन भ्रमणले दोस्रो उत्तर कोरिया–अमेरिका बैठक अब टाढा छैन भन्ने सङ्केत गरेको छ । चीनले अन्तर–कोरियाली संवादमा विगतमाझैं सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास छ,” राष्ट्रपति मूनले भने ।उनले उत्तर कोरियाली नेता कीमले निकट भविष्यमा दक्षिण कोरियाको भ्रमण गर्ने विश्वास व्यक्त गरे । यो भ्रमण सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्डसँगको भेटलगत्तै हुनेछ । “दक्षिण कोरिया भ्रमणका लागि अध्यक्ष कीमले व्यक्तिगतरुपमै प्रतिज्ञा गर्नुभएको छ र घोषणा पनि भएको छ । तर यो कुरा उत्तर कोरिया–अमेरिकाबीचको दोस्रो शिखर बैठकसँग पनि जोडिएको छ,” राष्ट्रपति मूनले भने । राष्ट्रपति मूनले अन्तरराष्ट्रिय प्रतिबन्ध फुकुवा हुनासाथ उत्तर कोरियासँग आर्थिक सम्बन्ध पुनःस्थापित गर्ने बताउनुभयो । “हाम्रो अर्थतन्त्रमा पछिल्लो समय केही समस्या देखिएका छन् । विश्व व्यापारमा तनाबको स्थिति पनि छ । तर मेरो विश्वासमा उत्तर कोरियासँगको आर्थिक सहयोग, सम्पर्कले नयाँ र महत्वपूर्ण वृद्धिमा सघाउनेछ ।”  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लेबनानको ५० करोड डलर ऋणपत्र कतारले किन्ने

आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र...

विश्वव्यापी वृद्धिदरमा थप कटौती हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

अमेरिका–चीन व्यापार विवाद, बेलायतको युरोपेली संघ (ईयू)बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्यापी...

चीनको अर्थतन्त्रमा २८ वर्षयताकै न्यूनता

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै