logo
565 x 90 pixel-01.png

विश्वकै सर्वाधिक धनी बेजोसको सम्बन्धविच्छेद

वासिङ्टन डिसी, पुुस २७ (रासस/एएनआई)
हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल आमजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ । संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् । आमजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन् । उनीहरुले आफुहरू श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् । “लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको छ ।एक अर्काप्रति कृतज्ञाता प्रकट गर्दै उनीहरुले लेखेका छन्, “हामीले सँगै विताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ ।” उनीहरुले “अहिले सम्वन्ध विच्छेद हुने कुरा विवाह अगाडी नै थाहा पाएको भएपनि हामीले विवाह गर्ने थियौँ” भनेका छन् । यो जोडीको चार सन्तान रहेका छन् । करिब पच्चिस बर्ष पहिले स्थापना भएको आमजन कम्पनी विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । आमजनका संस्थापक जेफ बेजोसको सम्पत्ती एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमवर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका विल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए । आमजनले पहिलो पटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो ।
  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लेबनानको ५० करोड डलर ऋणपत्र कतारले किन्ने

आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र...

विश्वव्यापी वृद्धिदरमा थप कटौती हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

अमेरिका–चीन व्यापार विवाद, बेलायतको युरोपेली संघ (ईयू)बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्यापी...

चीनको अर्थतन्त्रमा २८ वर्षयताकै न्यूनता

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै