logo
565 x 90 pixel-01.png

पाण्डवका देवल जीर्ण बन्दै

अमरगढी, पुस २७
उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । 
जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहरू ओझेलमा पर्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् । जिल्लाकै देवल नमूना पर्यटकीयस्थल बनाउन सकिने देखिन्छ ।

देवलदिव्यपुरका देवल द्वापर युगमा भारतको हस्तिनापुरबाट आएका पाँच भाइ पाण्डवले एक रातमा पाँच देवल निर्माण गरेको किंवदन्ती रहेको छ । देवल निर्माण नागमल्ल राजाका पुर्खाहरु राज गरेका बोटे राज्य बनाइएको र उक्त राज्य गर्ने राजा त्रिलचीका तीन भाइमध्येका पृथ्वी पालले गरेका पाइएको छ । पृथ्वी पालका जेठा दाजु अजयपाल अजयमेरुकोटमा बसेका कारणले त्यस ठाउँको नाम नै राजा अजयपालको नामबाट अजयमेरुको राखिएको किंवदन्ती रहेको पाइन्छ ।त्यस्तै राजा पृथ्वी पालले देवलका छ महिनाका छोरा घुँडा र कुमले हिँडिरहेका बेला मल्ल युद्धजस्तै हिँडिरेहको आफ्नो छोरालाई त्यो दिनदेखि पृथ्वी पालको थर परिर्वतन गरेर मल्ल हुन गएको किंवदन्ती रहेको स्थानीय पण्डित गङ्गादत्त पन्तले बताएको हुन् । 

यस देवलका इतिहास पत्ता लगाउन राजा महेन्द्रका पालामा योगी नरहरिनाथ देवल दिव्यपुरमा पुगेपछि त्यसको इतिहास थाहा पाउनका लागि देवल क्षेत्रमा रहेका शिलालेखमा कुनै इतिहास पत्ता लग्न नसकेको आफूले जानकारी पाएको पन्तले बताए । देवलमा राखिएका पुरानो शिलालेखको बारेमा पत्ता लगाउन नसकेपछि नरहरिनाथले जस्ताको त्यस्तै लेखिएको शिलालेख छापी राजधानी लगेका पन्त बताउछन् । यस्तै धार्मिक महत्वका विभिन्न ठाउँमा बाटोमा बटुवाहरुको बासस्थानका लागि बनाएका धर्मशाला पनि ओझेलमा पर्न थालेका छन् । अमरगढी नगरपालिका–७ चमामा मूलबाटोमै रहेको तीनकोठे धर्मशालाको उचित संरक्षण हुननसकाले ओझेलमा पर्न थालेका छन् ।

अनपा–७ स्थित पोखरबजार नजिकै रहेको रातागुन नाना सिलङ्गा रहेको दुईकोठे धर्मशाला पनि छाना भत्किन लागेको छ । यसरी यी ठाउँहरू पहिचान ढल्ने अवस्थामा पुगेको बताउछन् अनपा–७ का इतिहासविद् भोजराज भट्टराई । उनले यी ठाउँका संरक्षण गरे आन्तरिक पर्यटकबाट वर्षेनी लाखौँ आम्दानी हुनसक्ने बताएका छन्। सरोकारवालाले उदासिनता देखाएका कारण यी जस्तै नेपालकै चौथौ धाममध्येको पर्शुरामधाम मन्दिर, धार्मिकस्थलसमेत उपेक्षाको सिकार भएको इतिहासविद् भट्टराईले चिन्ता व्यक्त गरेका थिए । पाँच वर्ष पहिले सदरमुकाम नजिक रानीधारामा रहेको दुईकोठे धर्मशालासमेत भत्काइ घर निर्माण भएकामा सरोकारवालाले कुनै चासो नदेखाएको देखिन्छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै