logo
565 x 90 pixel-01.png

नेपाल बैंकका नवनियुक्त अध्यक्ष अधिकारीद्वारा शपथ ग्रहण

काठमाडौं, पुुस २७
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठ, प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नेपाल बैंक लिमिटेडका सञ्चालक दीपेन्द्र बिक्रम थापा, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह, नायव प्रमुख कार्यकारी अधिकृतद्वय दुर्गाराज रेग्मी तथा राजुनाथ खनाललगायत नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । वि.सं. २०२१ मा धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका, सुनौलो बजारमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक, जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तर उपाधि हासिल गरेका अधिकारी नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा ३० वर्षको कार्यानुभव सँगाली कार्यकारी निर्देशकबाट गत २०७४ चैतमा सेवा निवृत्त भएका थिए । स्मरण रहोस् यसअघि नेपाल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा जनार्दन शर्मा आचार्य थिए र आचार्यले गत २०७५ मंसिरमा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका थिए ।  
 (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ग्लोबल आईएमई बैंक र चिरायु नेशनलबीच सम्झौता

ग्लोबल आईएमई बैंक चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सम्झौता भएको छ । बैंकले चिरायुुले...

एनएमबी बैंकद्वारा छानामा राखिने विशेष मोडलको सौर्य ऊर्जा खरिद सम्झौता

एनएमबी बैंकले सौर्य ऊर्जा खरिद सम्झौता गरेको छ । बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट लिमिटेड...

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै