logo
565 x 90 pixel-01.png

नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ, पुस २७
नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताएको छन् । भूकम्पका समयमा यहाँका ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई वर्ष अघिदेखि यहाँ पुनःनिर्माण शुरु भएको थियो ।कम्युनिटी रिहविलिटेशन सेन्टर सिआरसी र ड्रग्स रिहविलिटेशन सेन्टर डिआरसीको पुनःनिर्माण भइरहेको हो।

सम्झौताको अवधिभित्रै काम सक्ने गरी काम भइरहेको छ । राणाकालमा बनेको कारागारका ब्लक त्यतिबेला पूर्ण क्षतिग्रस्त बनेको जेलर दुलालले बताएका थिए । यी दुई ब्लकमा रहेका कैदीबन्दीलाई भूकम्पपछि अस्थायी ब्लक बनाएर राखिएको थियो ।ती अस्थायी संरचना पनि प्रयोग गरिरहन मिल्ने र नयाँ बन्ने ब्लकमा पनि कैदीबन्दी राख्दा यहाँ कैदीबन्दी राख्ने क्षमता अझै बढ्ने उनले बताएको हुन् ।

दुई वर्ष पहिलेसम्म ५०० को हाराहारीमा कैदीबन्दी रहेकामा अहिले यहाँ एक हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा एक वर्ष पहिले एउटा ब्लकको निर्माण सकिएर सञ्चालनमा आएको थियो । कारागारभित्रै मनोसामाजिक अस्पतालको निर्माण सकिएको छ र छिट्टै सञ्चालनको तयारी भइरहेको छ ।

लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तार २० प्रतिशत
जिल्लाको सबैभन्दा व्यस्त सडकमा पर्ने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि यस सडकको काम रोकिएको थियो । अदालतले तत्काल काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले बताएको छ ।

अदालतको अर्को आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले बताएको हुन् । उनले भने, “ललितपुरका अरु चार ठाउँका सडक जस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन ।” यो सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका छन् ।

पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा पुगेको छ । स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले बताएको छ । यो सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो ।

विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । थपिएको अवधिमा काम अघि बढेको छैन । उनले भने, “ठेकेदारले ढिलाइ गरेरभन्दा पनि अदालतको निर्णयले काम अघि बढ्न नसकेको हो ।” ललितपुरमा पाँच वटा सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै