logo
565 x 90 pixel-01.png

माघ ४ देखि हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं, पुस २७
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्नलागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । योसँगै स्वदेशी तथा विदेशी प्रदर्शकहरुबाट एक्स्पोका सम्बन्धमा सकारात्मक प्रतिक्रियाहरु आउन थालेको आयोजकले बताएको छ । एक्स्पोमा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल बुकिङ गरेका छन् । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आगामी माघ ४ गते उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा.लि.ले गर्नेछ । एक्स्पोमा जलविद्युत् प्रवर्द्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने बताइएको छ ।

जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन गइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत् लगानी तथा विकास कम्पनी लि.तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्राक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् । नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी, टनेलिङ एसोसिएसन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिङ प्रोसेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बीफोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिङ, एबीबी इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्याप टेक बुल्गेरिया तथा चगंक्विगं वाटर एण्ड टर्बाइन वर्क्स कम्पनी लिमिटेड एक्स्पोका व्यापारिक साझेदार रहेका छन् । निजी क्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले सहप्रायोजन गरेको छ ।

एसियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपाल शिपिङ एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् । चीन, भारत, अष्ट्रिया, कोरिया, स्विडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुँदै छन् । जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । आधुनिक सोलार प्रणाली, विद्युतीय सवारीसाधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिङ उपकरणका क्षेत्रमा प्रख्यात भोइथ, इपिरोक माइनिङ इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीईआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेसन, डीईसी डगंफेगं इलेक्ट्रिक मेसिनरी, जेसीबी, हुन्डाईलगायतका प्रदर्शक आकर्षणका रुपमा रहनेछन् । यसका अलावा विद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्राविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिस्पर्धा र जलविद्युत् क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन् ।

यसैगरी एक्स्पोमा सहभागी भएर जलविद्युत् आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मर्स्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यो अभियानका साथै समग्र एक्स्पोले हाइड्रो टुरिज्ममा नेपाललाई विश्वबजारमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । पहिलो संस्करणको हाइड्रो एक्स्पोबाट प्राप्त सुझावका आधारमा यसपटक एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै स्वदेशी लगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नवीकरणीय ऊर्जा, वातावरणीय तथा सामाजिक व्यवस्थापन, जलविद्युत् क्षेत्रका नयाँ आयामलगायत विषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथा अन्तर्क्रिया गरिने बताइएको छ । एक्स्पोमा हाइड्रोम्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदै छ । इप्पान, नीति फाउण्डेसन तथा द एसिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत् क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ । एक्स्पोले सोलार पीभी सिष्टम, विण्ड इनर्जी लगायतका नवीकरणीय ऊर्जाको सम्भाव्यता पहिचान गरी अघि बढ्न समेत विशेष पहल गर्नेछ । युवापुस्तालाई लक्षित गरी हाइड्रोपावर क्षेत्रमा अभिरुचि भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना पनि गरिनेछ । हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराई विद्यार्थी र नयाँ आविष्कार गर्नेमध्ये उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिने जनाइएको छ । यसैगरी एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार वितरण गरिनेछ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निकासी प्रवर्द्धन संस्थालाई सक्रिय भूमिका खेल्न सुझाव

चाइनाकाउन्सिल फर द प्रमोसनअफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)काउपाध्यक्ष झाङ्ग सेनफेङ्गले निकासी प्रवद्र्धन...

सोलुमा तत्कालीन जिविसबाट सञ्चालित दर्जनौँ विकासे आयोजना अलपत्र

तत्कालीन जिल्ला विकास समिति सोलुखुम्बुअन्तर्गत सञ्चालित आयोजनाहरु अलपत्र परेका छन् । मुलुकमा संघीय संरचना...

माज्डाको नयाँ मोडलको कार नेपाली बजारमा

नेपाली बजारमा जापानी कम्पनीको माज्डाको नयाँ मोडलको कार भित्रिएको छ । पद्मश्री प्रालिले ‘न्यु माज्डा सिएक्स–५...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै