logo
565 x 90 pixel-01.png

डोमोटेक्स गलैंचा मेलामा नेपाल सहभागी हुने

 

 

काठमाडौं, पुस २७
जर्मनीको ह्यानोभर सहरमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गलैंचा मेलामा नेपालले पनि सहभागिता जनाउने भएको छ । शुक्रबारदेखि सोमबारसम्म हुने मेलामा नेपालले विगतझैँ यसपटक पनि सहभागिता जनाउन लागेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ । विश्वभरका ६० भन्दा बढी देशहरुले भाग लिने गरेको यस मेलामा नेपालको तर्फबाट संघका ६ सदस्य कम्पनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको नाममा ५० वर्ग मिटर क्षेत्रफल रहेको स्टलमा, संघको सहकार्यमा हिमालयन डेकोर रग्स, मिल्हा कस्टम रग्स, पाटन कर्णाली कार्पेट इण्डष्ट्रिज प्रा.लि., सिल्क रोड रग्स इण्डष्ट्रिज, कालिका कार्पेट इण्डष्ट्रिज र शेर नेपाल क्राफ्टले आ–आफ्नो हस्त निर्मित गलैंचाहरु प्रदर्शन गर्ने भएका छन् । संघले प्रकाशन गरेको नेपाल कार्पेट–कार्पेट म्यागाजिन फ्रम द ल्याण्ड अफ हिमालयको प्रथम स्मारिका र अन्य ब्रोसरहरु नेपाली हाते बुना गलैँचाको प्रवर्द्धनार्थ वितरण गरिने भएको छ ।

उक्त मेलामा नेपाली हस्त निर्मित गलैंचाको विकास र प्रवर्द्धनका लागि यस नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष राम बहादुर गुरुङ्गको नेतृत्वमा करिव दुई दर्जन बढी गलैंचा व्यवसायीहरु जर्मनी गएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भने नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकाल र उप–सचिव प्रेम प्रसाद आचार्यले गरेका छन् । त्यस्तै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोल र वरिष्ठ अधिकृत शान्ति देवी मल्लको पनि मेलामा सहभागी हुने कार्यक्रम छ । जर्मनस्थित नेपाली राजदूतावासका राजदूत रमेश प्रसाद खनालको पनि उक्त मेलामा सहभागी हुने कार्यक्रम छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा संघले मेला परिसरमा शनिबार नेपाल साँझ नामक एक व्यापारिक अन्तत्र्रिmया कार्यक्रमको पनि आयोजना गर्ने बताएको छ । उक्त कार्यक्रममा आर्थिक वर्ष २०७४/०७५ मा नेपाली गलैंचा खरिद गर्ने जर्मनीका पाँच उत्कृष्ट नेपाली गलैंचा आयातकर्ताहरुलाई नेपाली प्रतिनिधिमण्डलका सह–सचिव नवराज ढकालद्वारा इम्पोर्ट एक्सलेन्सी अवार्ड वितरण गरिने कार्यक्रम रहेको छ ।

हरेक वर्षको जनवरीमा आयोजना हुने यस मेलामा यस संघले नेपाली हस्तनिर्मित गलैँचाको प्रवर्द्धनार्थ सन् २००२ देखि सहभागी हुंदै आइरहेको छ । त्यस्तै सन् २००३ देखि मेला परिसरमा यस किसिमको नेपाल साँझ कार्यक्रम आयोजना गर्दै आएको छ । गलैंचा निर्यातमा नेपालका प्रतिस्पर्धी छिमेकी मुलुकहरुका सरकारले उनीहरुका व्यवसायीहरुलाई मेलामा भाग लिन स्टल भाडा साथै कार्गो ढुवानी तथा अन्य सेवा सुविधाहरुका लागि विशेष अनुदान दिने गरेकाले उनीहरुको सहभागिता मेलामा उच्च रहँदै आएको भन्दै नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले नेपाली सहभागीहरुलाई पनि स्टल भाडाका लागि अनुदान दिइएको तर उक्त अनुदान अपेक्षित नभएको बताएको छ । छिमेकी मुलुकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति नरहेको हुँदा नेपाल सरकारबाट प्रदान गरिने प्रवर्द्धन अनुदानलाई छिमेकी मुलुकसरह नै प्रदान गरी प्रवर्द्धन कार्यमा थप ऊर्जा थपी प्रवर्द्धनलाई बढुवा गर्न नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले सरकारसँग माग समेत गरेको छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निकासी प्रवर्द्धन संस्थालाई सक्रिय भूमिका खेल्न सुझाव

चाइनाकाउन्सिल फर द प्रमोसनअफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)काउपाध्यक्ष झाङ्ग सेनफेङ्गले निकासी प्रवद्र्धन...

सोलुमा तत्कालीन जिविसबाट सञ्चालित दर्जनौँ विकासे आयोजना अलपत्र

तत्कालीन जिल्ला विकास समिति सोलुखुम्बुअन्तर्गत सञ्चालित आयोजनाहरु अलपत्र परेका छन् । मुलुकमा संघीय संरचना...

माज्डाको नयाँ मोडलको कार नेपाली बजारमा

नेपाली बजारमा जापानी कम्पनीको माज्डाको नयाँ मोडलको कार भित्रिएको छ । पद्मश्री प्रालिले ‘न्यु माज्डा सिएक्स–५...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै