logo
565 x 90 pixel-01.png

मगर समुदायले टुँडिखेलमा दुई दिन ‘माघे सङ्क्रान्ति’ मनाउने

 

 

काठमाडौं, पुस २७
मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सङ्क्रान्ति’ यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुँडिखेलमा माघे सङ्क्रान्ति भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ । माघे सङ्क्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुवात पनि हो । यसै सन्दर्भमा ‘माघेसङ्क्रान्ति राष्ट्रिय चाड मनाउँदै अघि बढौँ । मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने मूल नारासहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नं.३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशील संघ–संस्थाहरु, भ्रातृ संस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध संस्थाहरुको सहआयोजनामा यही पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघे सङ्क्रान्ति चाड मनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान तथा मौलिक सांस्कृतिक प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक मगर खाना तथा पोसाकहरुको प्रदर्शनी गरिने बताइएको छ । 

 

माघ १ गते मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट -याली सुरु हुने बताइएको छ । माघे सङ्क्रान्ति चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने सङ्क्रान्तिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौको पूmल लिएर घरको धुरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौ पाटीको फूल लगाई दक्षिणा अनि आर्शीवाद दिने चलन छ । माघे सङ्क्रान्तिको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरी चेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाण हान्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

 

नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति मगर समुदायभित्र पनि सांस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक सांस्कृतिक रुपले मगरहरुले माघे सङ्क्रान्ति, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने सङ्क्रान्ति आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन् । भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम/पाङ) र मगरकाइके बोल्ने गर्दछन् । मौलिक कला–सांस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँक आदि नाँचगान प्रचलित छन् । यसैबीच नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरवलोकन गर्न आग्रह गरेका छन् । अध्यक्ष रोकामगरले सरकारले यही माघ १ गतेदेखि नै लागू हुनेगरी विदा पुनरवलोकन गर्न आग्रह गरे ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्माणसँगै भत्किँदै गौर स्मार्टसिटी !

रौतहटको सदरमुकाम गौर नगरपालिका निर्माणसँगै भत्किन सुरु गरेको छ । अर्बौंको लगानीमा निर्माण भइरहेको गौर नगर...

विमानस्थलको निर्माण कार्य गुणस्तरहीन

जिल्लास्थित मनमाया राई खानीडाँडा विमानस्थलको निर्माणाधीन रिटर्निक वाल ठेकेदारले गुणस्तरहीन बनाइरहेको पाइएको...

मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपाटी फ्युल सेन्टरमा सिलबन्दी

मिटर बिगारेर पेट्रोल र डिजेल बिक्री गरेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौंको मैतीदेवीमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै