logo
565 x 90 pixel-01.png

विराटनगरमा सञ्चालित सुबिसु क्यान इन्फोटेकमा राजस्व अनियमितता भएको खुलासा

बिराटनगर, पुस २७
विराटनगरस्थित जैन भवनमा सञ्चालन भएको सुबिसु क्यान इन्फोटेक २०१९ मा इन्फोटेक कम्पनीहरुको छुट, अफर र अन्य इलेक्ट्रोनिक वस्तुको बिक्रीवितरण मेलाका नाममा सञ्चालित स्टलहरुबाट व्यापक राजस्व अनियमितता भएको पाइएको छ । क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा पुसको १९ गते बिहीबारदेखि जारी इन्फोटेक मेलामा व्यापक सहभागिता देखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको मेलामा विद्यार्थीहरुको नाममा कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका थिए । शनिबार कम्पनीहरुले आफ्ना उत्पादनहरुमा ५० प्रतिशतभन्दा बढी छुट पनि दिएका देखिन्थे । छुटका नाममा मेलामा सञ्चालित विभिन्न स्टलहरुले सरकारलाई बुझाउनुपर्ने मु.अ.करमा समेत व्यापक अनिमितता भएको उजुरीपश्चात् आन्तरिक राजस्व कार्यालयबाट अनुगमनसमेत भएको तथ्य खुल्न पुगेको छ । समाचारस्रोतका अनुसार इलेक्ट्रोनिकका महँगा वस्तुमा विभिन्न स्टलहरुबाट ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सीसीटीभीलगायतका उत्पादनमा कम्पनीहरुले आकर्षक छुटका नाममा अकल्पनीय मु.अ.करको छली भएको दाबी गरिएको छ ।

क्यान मोरङका अध्यक्ष राजेन्द्र प्रसाद यादव आफैँ विराटनगरमा कम्प्युटरका व्यवसायी भएको कारण क्यान मेलामा भएको बिक्रीलाई कसरी डाकछोप गर्ने योजनामा सक्रिय भएपछि क्यान मेलाको रहस्य खुलेको स्रोतले गरेको छ । जसले गर्दा क्यान महासंघ मोरङका अध्यक्ष यादव पनि विवादमा तानिएका छन् । उक्त मेलामा सेक्युरिटी डिभाइसको कारोबारमा मेला आयोकले राम्रै उपलब्धि हासिल गरेको तथ्य पनि उजागर भएको छ । आयोजक क्यान इन्फोटेकले मेलामा विभिन्न उत्पादनहरु सार्वजनिकसमेत गरेको छ । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केही अत्याधुनिक सीसीटीभी क्यामेराहरु इन्फोटेकमा नयाँ उत्पादनका रुपमा रहेका थिए । केही सफ्टवेयर कम्पनीले नयाँ भर्सनका प्रडक्टहरु पनि सार्वजनिक गरेको पाइएको थियो । पाइन ओभरसिज, नेटवर्क सोलुसन, एलिना इन्फोटेक, चन्द्रसफ्ट, सिपी प्लसलगायतका स्टलहरुबाट व्यापक सरकारको राजस्वमाथि खेलवाट भएको आशंका आन्तरिक राजस्व कार्यालय स्रोतले गरेको छ । सयभन्दा बढी स्टलहरुमा मेलाको अन्तिम दिन विभिन्न आकर्षक अफर र छुटहरु गरिएको थियो । इन्फोटेक मेलामा एक्जिविसनबाहेक अन्य थुप्रै आकर्षणहरु रहेका थिए । कसमस ग्रुप र डिस्ट्रक्सन समूहबीच रोबोवार फाइनलको समेत आयोकले आयोजना गरेका थिए । रोबोवारमा १५ बढी समूहहरुको सहभागिता रहेका थियो । यसैगरी मेलामा ह्याकाथन पनि सञ्चालन भएको थियो ।    (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै