logo
565 x 90 pixel-01.png

एनबी बैंकमा आन्तरिक लफडा

काठमाडौं, पुस २७
नेपाल बंगलादेश बैंकलाई कमजोर पार्न बैंकका केही सञ्चालक एवं व्यवस्थापन पक्ष सक्रिय भएर लागेका छन् । सञ्चालकहरु नै बैंकविरुद्ध देखिएपछि बैंक थप लफडामा परेको छ । बैंकको पूर्वनिर्धारित कार्यतालिकाअनुसार बैंकले बिहीबार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा २४औँ वार्षिक साधारणसभा आह्वान गरेको थियो । सोही कार्यतालिकाअनुसार बैंकको बिहीबार सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ मा आर्जन गरेको खुुद मुनाफाबाट १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी बैंकलेसभामार्फत नै सेयर खरिदबिक्री गर्नको लागि बैंकको सहायक कम्पनीका रुपमा ब्रोकर कम्पनी सञ्चालनमा ल्याउने प्रस्ताव पारित गरेको छ । उक्त वार्षिक साधारणसभामा नदेखिएको पाटो भनेको बैंकको केन्द्रीय कार्यालय प्रयोजनको लागि खरिद गर्न लागिएको सात रोपनी नौ आना जग्गा देखिएको छ । जसको विषयमा वार्षिक साधारणसभामा कुरा नै उठेन  । जग्गा खरिदको विषयलाई लिएर बैंकको यही मंंसिर २८ गते सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक बनेका दिपक कार्कीले बैंकको हितविपरीत उक्त जग्गा खरिद गर्नुहुँदैन भने विमति राखे । जग्गा खरिदको लागि गठन भएको एक्विजिसन कमिटीमा जग्गा खरिद गर्न नहुने प्रस्ताव राखे । हाल बैंकिङ क्षेत्रमा तरलता अभाव तथा लगानीयोग्य पुँजीको समेत कमी रहेको अवस्थामा बैंकले करिब ९० करोड रुपैयाँबराबरको जग्गा र त्यसमा घर समेत बनाउँदा दुुई अर्बभन्दा बढी खर्च हुुने र त्यस्तो खर्च बैंकको पुँजीकोषको २५ प्रतिशतभन्दा बढी हुने भन्दै जग्गा खरिद गर्न नहुने तर्क सञ्चालक कार्कीले राखे । 

सञ्चालक कार्कीेले लेखेको ‘नोट अफ डिसेन्ट’मा उल्लेख भएअनुसार खरिद गर्न खोजिएको जग्गाको स्थान बैंक तथा वित्तीय संस्थाको लागि उपयुुक्त स्थान समेत नभएको र खरिद गर्न प्रस्ताव गरिएको मूल्य समेत प्रचलित बजार मूल्यभन्दा बढी भएकाले उक्त जग्गा खरिद गर्न उपयुक्त देखिँदैन । प्रचलित मूल्यअनुसार खरिद गर्न प्रस्ताव गरिएको जग्गाको मूल्य प्रतिआना बढीमा ६० लाख रुपैयाँ पर्ने भएकाले महंगोमा खरिद गर्दा बैंकलाई अनावश्यक व्ययभार पर्ने भएकाले आर्थिक पारदर्शिता समेत नभएकाले प्रस्तावित जग्गा खरिद गर्न उपयुक्त नहुुने र केन्द्रीय कार्यालयको लागि बढीमा चार रोपनी क्षेत्रफल हुुने अवस्थामा ७—९—१—३ क्षेत्रफलको जग्गा आवश्यक देखिँदैन, पत्रमा भनिएको छ । बैंकको केन्द्रीय कार्यालय प्रयोजनको लागि उक्त क्षेत्रफलको जग्गा आवश्यक नपर्ने र यसले बैंकभित्रको आर्थिक सुशासनमा गम्भीर प्रश्न उठाएको छ । बुुंदा नम्बर २ समेतको कारणले अनुुपयुुक्त भएकाले पुुनः खरिद गर्नेबारे सूचना प्रकाशित गरी अन्य ठाउँ समेतको विकल्प समेत हेरी जग्गा वा भवन खरिदको निर्णय गर्नुुपर्ने हुुँदा बहुुमत सञ्चालकहरुको रायसँग सहमत नभई छुुट्टै राय उल्लेख गरेको छुु, सञ्चालक कार्कीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । सोही जग्गा खरिद प्रकरणमा विमति राखेकै आधारमा सञ्चालक कार्कीमाथि पुस २५ गते बुुधबार साँझ कुुटपिट भएको हो । जग्गा खरिदको विषयमा छलफल गर्न काठमाडौंको एलिस रिसेप्सनमा बसेको सञ्चालकहरुको बैठकमा कार्कीमाथि कुुटपिट भएको हो । सोही घटनाको विषयमा जानकारी लिन कार्कीसँग सम्पर्क गर्दा आफू कार्यक्रममा भएकाले पछि सम्पर्क गर्न आग्रह गरे । यता बैंकका प्रमुुख सूचना अधिकारी एवं प्रवक्ता सुरेश देवकाटाले भने वार्षिक साधारणसभामार्फत बैंकले नगद लाभांश वितरण र ब्रोकरको सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेको बताए । जहाँसम्म जग्गा खरिदको विषयलाई लिएर सञ्चालकहरुबीच हातपात भएको भन्ने घटना छ, त्यसको बारेमा आफूलाई कुुनै जानकारी नभएको उनले बताए ।     (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै