logo
565 x 90 pixel-01.png

क्यासिनो अन्नाका मजदुर होटल अन्नपूर्णविरुद्ध

काठमाडौं, पुस २७
विगत चार वर्षदेखि आफ्नो  सेवासुबिधा र तलबभत्ताको माग राख्दै आएका क्यासिनो अन्नाका मजदुरहरुले अब होटल अन्नपूर्णकै विरुद्धमा आन्दोलनमा उत्रिने भएका छन् । तीनवर्षअघिको भूकम्पको कारण देखाउँदै बन्द गरिएको दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्णअन्तर्गत रहेको क्यासिनो अन्नाको भवन भत्काउनुपूर्व नै क्यासिनोमा कार्यरत मजदुरलाई कामबाट निष्काशन गरिएको थियो ।
विना जानकारी र विना कारण कामबाट निष्काशन गरिएका नौ सय २२ जना मजदुरले चार वर्षदेखि काम गरेको तलबभत्ता, सेवासुविधा र औषधि उपचार र उपदानको समेत माग गर्दै आन्दोलन गरे पनि अहिलेसम्म समस्या समाधान नगरेपछि होटलकै विरुद्धमा आन्दोलन गर्ने निर्णय भएको पीडित मजदुर गोपाल राईले बताए । भूकम्पबाट क्षतिग्रस्त नभएको सो क्यासिनो सञ्चालन हुँदै आएको भवनलाई कमिसन लिएर रातारात भत्काएपछि मजदुरहरु सबैलाई बेवारिसे बनाइँदै आएको थियो । सो होटलकी सञ्चालिका सृजना मल्ल राणा र उनकै श्रीमान् कपिल राणासहितको एक समूहले क्यासिनोको समस्यालाई समाधान नहुँदै अर्को व्यक्तिलाई क्यासिनो बिक्री गरी हाल सोही होटलपरिसरको उत्तरतर्फको कुमारी हल भत्काई त्यहाँ क्यासिनो प्यालेसको नाममा हाल सञ्चालनमा आइरहेको छ । मजदुरहरुले लामो समयसम्म समस्या समाधान गर्न शान्तिपूर्णरुपमा माग गरे पनि मागका सम्बन्धमा क्यासिनो व्यवस्थापक पछिल्लोपटक सम्पर्कविहीन भएपछि मजदुरहरुले माग पूरा गर्न होटल अन्नपूर्णको व्यवस्थापकका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको अर्का पीडित क्यासिनो मजदुर मुरारी दाहालले बताए । 

श्रम ऐन २०७४ को धारा १४८ को सुविधा भुक्तानी गर्नुपर्ने बुँदातथा सोही धाराको उपधारा १, २ र ३ अन्तर्गत रहेको ३ अनुसार श्रमिकलाई सहयोग नगरेकोमा त्यस्तो श्रमिकलाई रकम भुक्तानी नगरेसम्म सोही सेवामा बहाल रहेसरह पारिश्रमिक भुक्तानी गर्नुपर्नेछ भन्ने उल्लेख गरेको छ । तर सो होटलअन्तर्गत सञ्चालनमा रहेको क्यासिनो अन्नाका मजदुरहरुलाई श्रम ऐन २०७४ विपरीत होटल सञ्चालक राणाद्वयले हालसम्म कुनै पनि पारिश्रमिक उपलब्ध गराउन चाहेका छैनन् । कानुनलाई हातमा लिई शक्ति र पैसाकै भरमा होटल सञ्चालन गर्दैै आएका राणाद्वयकै कारण मजदुरहरुको समस्या समाधान गर्नमा अवरोध पुगेको ठहर समेत उनीहरुको रहेको छ ।उनीहरुलाई सर्वोच्च अदालतले तत्कालीन क्यासिनो अन्नामा काम गर्ने पुनर्बहाली गर्न ‘स्टेअर्डर’ दिएको थियो । अदालतले इच्छुक कामदार एवं कर्मचारीलाई काममा लगाउने, गरिरहेको कामबाट ननिकाल्ने र निकाल्न नलगाउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ अनुसार आदेश दिएको थियो । अदालतले आदेश दिएसँगै कर्मचारीलाई जागिरमा पुनर्बहालीको बाटो खुलेको थियो । तर पनि ‘स्टेअर्डर’ दिएको महिनौँ बितिसक्दा पनि कर्मचारीहरुलाई जागिरमा पुनर्बहाली गरिएको छैन भने उनीहरु अहिलेपनि आन्दोलनमा रहेका छन् ।

मजदुरहरुका अनुसार अहिले क्यासिनो अन्नाको ठाउँमा क्यासिनो प्यालेस सञ्चालन गरिएको छ । नयाँ क्यासिनो सञ्चालन हुँदा पनि अदालत र मन्त्रालयको परिपत्र नमानेको कारण आन्दोलन गरिरहनु परिरहेको मजदुर राईले बताए । मन्त्रालयले तत्कालीन समयमा पुनः क्यासिनो सञ्चालन भए मजदुरको व्यवस्थापन गर्नु भनेर परिपत्र जारी गरिसकेको छ । यसैगरी, होटल अन्नपूर्णले पनि आफ्नो माग सुनुवाइ पूरा गर्न कुनै चासो नदिएको उनीहरुको भनाइ छ । संघर्षरत कर्मचारीहरुले होटल अन्नपूर्णकी सञ्चालिकासृजना राणाले क्यासिनो प्यालेस सञ्चालन गर्न दिँदा २० करोड पैसा लिएको दाबी गरेका छन् । क्यासिनो प्यालेसका सञ्चालक विनय शाह हुन् । उनले होटल ह्यातमा पनि क्यासिनो प्राइडको नाममा क्यासिनो सञ्चालन गरिरहेका छन् । यसैगरी, उनीहरुले राणा र शाहले मजदुर नेतालाई प्रभावित पारी क्यासिनो सञ्चालन गरेको पनि आरोप लगाएका छन् । ‘उनीहरुलाई प्रभावित पारी क्यासिनो सञ्चालन भएको कारण पनि होटल र क्यासिनोले हाम्रो जागिर पुनर्बहाली गर्न कुनै चासो दिएका छैनन्’, पीडितले भनेका छन् ।क्यासिनो अन्ना बन्द भई जागिर गुमेपछि सात जना कर्मचारीले अहिलेसम्म आत्महत्या गरेका छन् । जागिर गुमेपछि आफ्नो जीवनयापनमा परिवर्तन भई डिप्रेसनको शिकार भई आत्महत्या गरेको मजदुर राईले बताए ।

आत्महत्या गर्नेमा लिलावल्लभ नेपाल, लोकबहादुर बस्नेत, नारायणबाबु श्रेष्ठ, त्रिरत्न महर्जन, श्यामकाजीलगायतका रहेको अर्का मजदुर दाहालले बताए । राणाले २० करोड रुपैयाँ सलामी लिएर एटलान्टिक रिक्रिएसन प्रालिलाई क्यासिनो ‘प्यालेस’ चलाउन दिएको खुलेको छ । अन्ना क्यासिनोको नाम परिर्वतन गरेर पछिल्लो समयमा सो क्यासिनोको नाम फेरेर ‘प्यालेस’ बनाइएको हो । प्यालेस नाम दिनभन्दा अघि केही सेयर नेपाल ट्रस्टमा हस्तान्तरण भएको र अधिकांश सेयर जालसाजी गरेर आमाले दोस्रो विवाह गरेर विदेशीसँग विवाह गरेर गएपछि दरबारले १६ वर्षको उमेरसम्म पाल्ने, पढाउने तर त्यसपछि कुनै अंश वा सम्पत्तिमा दाबी गर्न नपाउने गरी हुर्काएको एउटा अनाथ युवक कपिल राणाको नाममा नामसारी गरेर नेपाल ट्रस्टमा जान रोकिएको थियो  । राणाले नेपाल ट्रस्टलाई औपचारिक रुपमा कुनै जानकारी नै नदिई अदालतमा विचाराधीन रहेको मुद्दासमेत वास्ता नै नगरी ‘प्राइड’ क्यासिनोका सञ्चालक विनय शाहलाई नयाँ क्यासिनो खोल्न दिने सहमति भएको थियो । राणाले निकै चालबाजी गरेर उक्त क्यासिनो बन्द गर्नैपर्ने अवस्थामा पु-याएकी थिइन् ।

क्यासिनो बन्द भएपछि २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प भएको थियो । त्यसबाट पनि खासै क्षति नभएको अन्ना क्यासिनोको भवन सृजना राणाले आफूखुसी ढंगले भत्काएकी थिइन् । भवन भत्काएपछि सृजनाले आफ्नो भाइ र आफन्तहरुमार्फत भारतीय नागरिक आशीष पटेललाई नयाँ क्यासिनो सञ्चालन गर्न प्रस्ताव गरेकी थिइन् । नयाँ क्यासिनोको नाम थियो ‘इम्पेरियल’ । त्यसका नेपाली सञ्चालक थिए धिरेन मोक्तान, मोक्तानको नाममा थोरै सेयर राखेर इम्पेरियल नामको कम्पनी खडा गरी क्यासिनो खेलाडी श्रीमतीका पति जीवनबहादुर शाही तत्कालीन पर्यटनमन्त्री भएलगत्तै इम्पेरियल नामको कम्पनीलाई होटल अन्नपूर्ण सञ्चालन गर्न दिएको प्रि–लाइसेन्स पनि दिलाइएको थियो । होटलसँग सहमति गरेर प्रि–लाइसेन्स लिइसकेको अवस्थामा राणाले आफूलाई क्यासिनो सञ्चालन गर्न नदिएकाले न्याय दिलाइपाऊँ भनी इम्पेरियलका सञ्चालक मोक्तान र पटेलले अदालतमा मुद्दा हालेका थिए । त्यसको पनि छिनोफानो हुन पाएको छैन ।

तर सृजना राणाले चाहिँ गत कात्तिक २५ गते हायात होटलकी सञ्चालिका र प्राइड कम्यासिनोका सञ्चालक विनय शाहलाई एक वर्षका लागि क्यासिनो चलाउन दिने सम्झौतापत्रमा हस्ताक्षर गराएकी थिइन् । उक्त सम्झौतापत्रमा होटलका महाप्रबन्धक राज शाह र प्राइड क्यासिनोका सञ्चालक विनय शाहले हस्ताक्षर गरेका थिए । प्राइडका सञ्चालक शाहले सिर्जनासँग आफूले अन्नपूर्ण होटलको कुमारी हल लिजमा लिएर भारतीय नागरिक अशोक क्षेत्रपाल र बलदेवराज अरोरालाई दिएका छन् । सम्झौतामा भाडा (लिज) एग्रिमेन्ट १५ वर्षको हुने उल्लेख थियो । लिजबापत होटललाई २० करोड रुपैयाँ अग्रिम दिने, उक्त रकम भाडामा कटाउँदै जाने, त्यही रकमबाट भवन बनाउने, सहमति पत्रमा हस्ताक्षर भएपछि अग्रिम रकम लिएको थियो ।    (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै