logo
565 x 90 pixel-01.png

आज पौष २७ एकता दिवस

जालझेलमा पृथ्वि जयन्ति

काठमाण्डौ पौष २७

आज पुष २७ अर्थात नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन । वंशिय राजतन्त्रको जालझेल र हथकण्डाको माझ रोमलिंदै  १३ पुस्तासम्म नेपालमा शासन गरेको उनै पृथ्वीनारायण शाहको वंश, स्वर्गीय तात्कालिन  राजा विरेन्द्रवीरविक्रम शाहदेवको वंशनाशसँगै राजनीतिक दोवाटोको संगमस्थल वनेको थियो । तात्कालीन राजा ज्ञानेन्द्रवीरविक्रम शाहदेवको शासन कालमा जनताको कोशेली फिर्ता गरेपछि नेपालमा शाह वंशिय राजतन्त्रको देहवाशन भएको थियो नेपालमा ।

देशमा समय र परिस्थिति अनुसार संघिय गणतन्त्र आएता पनि जनअपेक्षा वमोजिम हुन सकेन । नाशोको रुपमा प्राप्त भएको संघिय गणतन्त्रमा ताजगी नआउँदा गणतन्त्र वाशी हुन पुग्यो फलत शिकार र कान्छो बाउको अनुहार सावित वन्यो राजनीतिक दल र दललाई निर्वाचित गर्ने जनता जनार्जनका लागि ।

देशमा गणतन्त्र उदय भएपछि समाज परिवर्तनको नाममा पृथ्वि जयन्ति तथा राष्ट्रिय एकता दिवसको  रुपमा मनाउँदै आएको  पृथ्वीनारायण शाहको जन्मोत्सवलाई एकता दिवसको रुपमा मनाउन विदा कटौति गरिदियो । त्यसपछिका वर्षहरुमा जनगुनाशो, वाधा र विरोधका वावजुद विदा दिने र कटौति हुने क्रम चलि रह्यो ।  यसरी जालझेलको राजनीति वक्रदृष्टिमा परेको पृथ्वि जयन्ति गणतन्त्र स्थापनाको तेह्र वर्षपछि संकुचित अवस्थामा आई पुगेको छ ।  देशमा गणतन्त्र आएपछि नेपाली सेनाले विज्ञप्ति जारी गर्दै नेपालका राष्ट्र निर्माता पृथ्विनारायण शाह नै हुन भन्दै पृथ्विनारायण शाहलाई राष्ट्र निर्माणको अगुवा भनेको थियो ।

आफुलाई सामाजिक अगुवाको रुपमा परिचित गराउने आङ्गकाजी शेर्पाले ‘१७ धार्नी आदिवासी नेवारको नाक काट्ने पृथ्वीनारायण शाहलाई युद्ध अपारधी घोषणा गरियोस् । शासक जाती र वर्गले लेखेको इतिहासमा उत्पीडित र उपेक्षीतहरुको कथा व्यथा लेखेको हुदैन भनेको सुनेको थिए । पृथ्वीनारयाण शाहको गुणगान गाउने नेपालको इतिहासले ‘आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने पृथ्वीनारायण शाहलाई मरणोपरान्त युद्ध अपराधी घोषणा गर्नुपर्छ । सिंहदरवारको अगाडी युध्द अपराधी पृथ्वीनारायण शाहको शालिक तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस् । पृथ्वीनारायण शाहको गुणगान मात्र वर्णन गरिएको नेपालको इतिहास तत्काल सचाइयोस । भन्दै आफ्नो फेसवुक स्टाटस पाँच वर्ष अघि लेखेका थिए ।नेवा प्रदेशमा आदिवासी जनजाति जागरण अभियान, आदिवासी जनजाति राष्ट्रीय आन्दोलन,  नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रीय आदिवासी जनजाति महिला महासंघले संयुक्त आयोजना पौष २७ गते दिउँसो कीर्तिपुर नगाउँ चोकमा जम्मा भई -याली निकाली कीर्तिपुर बजार परिक्रमा जनसभा र पृथ्वीनारायण शाहले गरेका जघन्य अपराधबारे  मन्तव्य दिने जनाईएको छ ।

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र संस्थासंग जोडेर हेर्नु हुँदैन। एकता दिवस मनाउंदा राजसंस्थालाई 'सपोर्ट' हुन्छ वा गणतन्त्र कमजोर हुन्छ भन्ने हीन मानसिकताबाट सबै मुक्त हुनुपर्छ। एकता दिवस नेपाली हुनुको गौरवको अभिव्यक्ति हो राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका अध्यक्ष कमल थापाले भनेका छन् । त्यसो त पाटनका केहि सम्प्रदायहरुले हिजो २६ गते एकता दीवस कायम राख्नका लागि दवाव र्याली समेत काठमाण्डौमा निकालेको थियो । यसै गरि २८७ औ पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्धर्वमा हिजो नै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादि काठमाण्डौमा नेपाली राष्ट्रियता र पृथ्वि नारायण शाह विषयक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको थियो ।

पूर्व राजा श्री ५ ज्ञानेन्द्रवीरविक्रम शाहदेवले २८७ औ पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना समेत दिदै भुलेर अल्मलिएर र आफ्नै अस्थित्ववोधबाट वस्मरण गर्दा देश अहिले सकशपूर्ण र कपटपूर्ण अवस्थामा रहेको भन्दै दुशेसो पुखेका छन् । विगतमा राष्ट्रिय क्याल्ण्डरमा सार्वजनिक विदा  हुने नेपालका सरकारी कार्यालयहरु मध्य पृथ्वि जयन्तीको उपलक्ष्यमा नेपालगंज उपमहानगरपालिका  र धादिङ्गको रुवि भ्यालि र झापाको कचनकवल गाउँपालिकाहरुले मात्र सार्वजनिक विदाको घोषणा गरेको छ ।

त्यसो त पृथ्विनारायण शाहलाई राष्ट्र निर्माता भनेर स्विकार गर्न नसक्नेहरु वेश्यापुत्र भन्दै सामाजिक संजालमा एउटा दृष्य समेत सार्वजनिक भएको छ । जसमा आफ्नो वावुको पहिचान गर्न नसक्ने शिशु र राष्ट्रको बाबु पहिचान गर्न नसक्ने मुर्ख जनताकोरुपमा चित्रित समेत गर्न खोजिएको छ ।

राजावादी पार्टि भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकले पृथ्वि जयन्ति एवम् राष्ट्रिय एकता दिवस मनाउने क्रममा पृथ्वि नारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । काठमाण्डौ भक्तपुर र ललितपुर तीनै जिल्लाका कार्यक्रताहरु काठमाण्डौको माईतिघर मण्डलामा भेला भई सिंहदरवार अगाडिको शालिकमा माल्यार्पण गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको केन्द्रिय सचिवालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकका अध्यक्ष कमल थापाले शुभकामना दिनु हुँदै सुधारिएको राजतन्त्र सहितको गणतन्त्र आजको आवस्यकता ओल्याउनु हुँदै आफ्नो ट्विटरमा भनेका छन् आखिर राजासहितको लोकतन्त्रमा जांदा के बिग्रन्थ्यो र? विगतका कमजोरी हटाई संविधान र संसदको परिधिभित्र रहने राष्ट्रिय एकताको प्रतिकको रूपमा राजसंस्था कायम राख्दा देशलाई राम्रै हुनेथियो । राजादेखि माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रवारे पुनर्विचार गर्ने बेला भयो कि?

नयाँ शक्ति पार्टिका संयोजक डा. बाबराम भट्टराईले सामाजिक संजाल ट्विटर मार्फत एकता दिवसको शुभकामना दिनु हुँदै नेपालको भौगोलिक एकीकरणका अग्रणी व्यक्तित्व पृथ्वनारायण शाहको २९७औं जयन्तीको सन्दर्भमा सबैमा हार्दिक शुभकामना! नेपालका विभिन्न जाति, भाषा र संस्कृतिको समान पहिचान र अधिकार सहितको इन्द्रेणी राष्ट्रियता र संघीयताको प्रवर्धन गरेर भैगोलिक एकीकरणलाई भावनात्मक एकीकरणमा रूपान्तरण गरौं भनेका छन् ! पौष २७ गतेलाई एकता दिवसको रुपमा मनाउन, काठमाण्डौको माहाराजगन्ज चक्रपथ बासबारिमा उपस्थित हुन "पौष २७ राष्ट्रिय एकता तथा कला संस्कृति सभ्यता बचाउ अभियान" ले संयोजक आङ्गदोर्जे शेर्पा तथा जयकिशोर सिंह सहसंयोजक भएको एक कमिटिको निर्माण समेत गरेको छ । उक्त कार्यक्रम आज विहान वाँसबारीबाट पृथ्वीनारायण शाहाको झाँकी, भजन नृत्य सहितको र्‍याली महाराजगन्ज चक्रपथमा आई पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरि मनाउने कार्यक्रम रहेको जनाएको छ । सोहि समुहले साँझ राष्ट्र निर्माता पृथ्विनारायण शाहको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । 

तराई मधेश राष्ट्रिय परिषदले राष्ट्रिय एकता दिवस कि प्रतिरोध दिवस विषयक ललितपुरको थापाथलि क्याम्पसमा विमर्ष गर्ने जनाएको छ । कार्यक्रममा गोरखा साम्राज्य विस्तारले नेपालका मुलवासीहरुको मौलिक विस्वास परणाली तथा अर्थराजनीतिमा ल्याएको असर वारे विमर्ष हुने समेत आयोजक पक्षको दावी रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै