logo
565 x 90 pixel-01.png

जापानी चामल बिक्री गर्न कम मूल्य प्रस्ताव

जाजरकोट, पुस २६
जाजरकोट–डोल्पा मोटरबाटो ट्रयाक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ । यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्ताव गरेको छ । जाजरकोट–दुनै मोटरबाटोको धेरै खण्डमा ट्रयाक खुलिसकेको छ । सुम्पानीदेखि दुनैसम्म मोटरबाटोको ट्र्याक खोल्ने कार्य सोमबारबाट शुरु भइसकेकाले ढुवानी र यात्राका लागि अझै सहज हुने भएपछि खाद्यको जापानी चामल महँगो भनी खरिद नभएको हो । 
जाजरकोट–दुनै सडकको ठाउँ ठाउँमा रहेका विभिन्न खोला र नदीमा पुल निर्माण नभएपनि खण्डखण्ड गरेर स्थानीयरूपमा जीप र ट्रयाक्टर चलेकाले यात्रा र ढुवानी खर्च पहिलेको भन्दा ३० प्रतिशतले घटेको व्यापारी गोपाल केसीले बताएका छन्। जिरामसिनोलगायत विभिन्न मसिनो चामल दुनै बजारमा प्रतिकेजी रु ५१ मा पाइने गरेको केसीको भनाइ छ ।

केही वर्ष अघि प्रतिकिलो रु ५५ मा पाइने जापानी चामल नेपाल खाद्य संस्थानले गत आर्थिक वर्षमा मूल्य बढाएर प्रतिकिलो रु ६५ पु-याएको थियो । सो मूल्य महँगो भएको भन्दै सर्वसाधारणले चामल खरिद नगरेपछि मूल्य घटाएर प्रतिकेजी रु ६१ मा झारिएको र सो मूल्यमा पनि बिक्री नभएपछि मूल्य घटाएर प्रतिकेजी रु ५६ बनाइएको थियो । सर्वसाधारणले अझै महँगो भनी खरिद नगरेपछि पुनः मूल्य घटाएर प्रतिकेजी रु ४५ प्रस्ताव गरी पठाइएको संस्थान डोल्पा शाखाका प्रमुख कमलराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार बजारमा पाइने चामलको मुल्य प्रतिकेजी रु ५१ रहेको छ । जापानी चामल मधुमेहका बिरामीले समेत खाना मिल्ने उनले बताएको हुन् । संस्थानको गोदाममा जापानी चामल अघिल्लो आर्थिक वर्षकै बाँकी रहेको छ । संस्थानको शाखा कार्यालय दुनैमा ५८५ क्विन्टल, सर्मी डिपोमा १३८ क्विन्टल र जुफाल गोदाममा २८१ क्विन्टल र काइगाउँ डिपोमा १०० क्विन्टल जापानी चामल मौज्दात रहेको छ । 

लामो समयसम्म महँगोकै कारण चामल थन्किने कार्यलाई हल गर्न प्रतिकेजी रु ४५ को नयाँ मूल्य प्रस्ताव गरी केन्द्रीय कार्यालयमा पठाएको संस्थान प्रमुख पाण्डेले जानकारी दिएका थिए । मूल्य घटाएपछि जापानी चामल बिक्री हुने अपेक्षा लिएको पाण्डेले बताएका छन् । पहिलेको जस्तो खाद्यान्न नपाएर हैरान हुने अवस्थाको अन्त्य भएको उनको भनाइ छ । सडकको ट्रयाक खुलेसँगै दैनिक उपभोग्य सामग्री सहजरूपमा आपूर्ति भएकाले पहिला जस्तो समस्या केही कुरामा पनि नहुने पत्रकार सुकमाया थापाले बताइन्। पहिला जहाजबाट खरिद गर्दा वस्तुको मूल्यभन्दा भाडा बढी हुँदा सामग्री महँगो थियो । अहिले भाडा ह्वातै घट्दा दैनिक उपभोग्य वस्तुको मूल्य पनि घटेको उनको भनाइ छ। रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै