logo
565 x 90 pixel-01.png

प्रथम भक्तपुर युवा सम्मेलन हुने

भक्तपुर, पुस २६
युवाका साथसाथ आवाज नेपालले जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्ने भएको छ । राष्ट्रिय युवा परिषद् र भक्तपुरका नगरपालिका, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा यही पुस २७ र २८ गते प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भक्तपुरका सम्पूर्ण वडाबाट प्रतिनिधित्व हुने गरी २०० युवाको सहभागिता रहनेछ । सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन तथा समाज विकासका लागि युवाको भुमिका विषयमा बृहत छलफल र उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिने संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिएको हुन् ।

पहिलोपटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ शुरु
भक्तपुरमा पहिलो पटक आजबाट ‘राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता–२०७५’ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधबार भक्तपुर र नवलपरसी, सशस्त्र प्रहरी र काठमाडौँ, कैलाली र नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तपुर, नवलपरासी र कैलाली, काठमाडौँ र नेपाल प्रहरीबीच खेल जारी छ ।
प्रतियोगितामा भक्तपुर, काठमाडौँ, नवलपरासी, कैलाली, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका विभिन्न ठाउँबाट सहभागी भएका खेलाडीबीच १५ खेल सञ्चालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिएका थिए । सुपर लिग चरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्धितीय हुने टिमलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र तृतीय हुने दुई टिमलाई रु १०/१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिएका छन्। 

कूल रु १६ लाख खर्च हुने प्रतियोगितामा देशमै पहिलोपटक प्रत्येक खेलमा म्यान अफ दि म्याचलगायतका खेलाडी घोषणा गरी प्रत्येकलाई नगद रु दुई हजारका दरले रु ६० हजारको पुरस्कार प्रदान गरिनेछ । भक्तपुर नगरपालिका–४ खेलकूद समितिले भक्तपुरको शहीद स्मृति खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेको हुन्। उनले भक्तपुर नगरपालिकाले खेलकूदको विकासमा टेवा पु-याउने कार्य गर्दै खेलकूदमैत्री नगरपालिका बनाउन लागिपरेको बताएका छन्। कार्यक्रममा कबड्डी सङ्घका केन्द्रीय उपाध्यक्ष सङ्गीता हमाल, वडा नं ४ का वडाध्यक्ष कुमार चौवाल, कबड्डीका अन्तर्राष्ट्रिय रेफ्री विनोद प्रजापतिलगायतले पछिल्लो समयमा भक्तपुरमा कबड्डी खेलको विकासमा फड्को मारेको बताउँदै भक्तपुरमा यो खेलको आकर्षण पनि बढेको बताएका थिए। रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै