logo
565 x 90 pixel-01.png

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

हेटौडा, पुस २६
हेटौँडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत छिन् । आफ्नो छोराको असाध्यै माया गर्ने उनले छोरालाई दैनिक एक÷दुई सय खर्च दिने गर्थिन्, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गरिनन् ।नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उनले ध्यान नै दिन भ्याइनन् ।

आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुन्थ्यो। बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहा पाएपछि भने छाँगाबाट खसेको जस्तै भइन् । बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उनले धेरै नै कुर्नुप-यो।
छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उनले अस्पताल मात्र होइन, ‘माता’ कहाँसमेत धाइन् । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गरिन्। डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुव्र्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् ।

डिसीले कमलाको छोरालाई दुव्र्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए। प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो । कमला मिजारको सत्यकथा ।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तर्क्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाएकी हुन् । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए ।

जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छ् ।

देवानी र फौजदारी संहितासम्बन्धी सचेतना
कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयको आयोजनामा हेटौँडामा देवानी र फौजदारी संहितासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । बुधबार आयोजित कार्यक्रममा दुबै संहिताको विविध विषयमा जानकारी गराउनाका साथै सूचना प्रविधिको विकासलाई समेत विचार गरी न्याय प्रशासन तथा सम्पादनलाई आधुनिकीकण गर्न तथा प्रविधिमैत्री बनाउन एवं प्रविधिको विकासबाट सिर्जित कतिपय कसुरजन्य कार्यलाई कानूनको दायरामा ल्याउन संहिता आवश्यक भएको जानकारी दिइएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै