logo
565 x 90 pixel-01.png

एक महिनामा एक करोडको सुन्तला बिक्री

रत्ननगर, पुस २६
तामिन कृषि बहुउदेश्य सहकारीले एक महिनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने । उनका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमिनमा सुन्तला खेती गरेका छन् ।

गत वर्ष सहकारीले रु दुई करोड बराबरको सुन्तला बिक्री गरेको थियो ।उनले भने, “अहिले एक महिनामै रू एक करोड नाघेको छ, अझै एक महिना बाँकी छ, रू दुई करोड सजिलै पुग्छ ।” “बोटबाटै आधाआधी जती सुन्तला बिक्री भइसकेको छ, माघको दोस्रो हप्तासम्म सुन्तला बिक्री गरिन्छ”, अध्यक्ष नेपालले भने, “तामिन सहकारीबाट मात्र यस वर्ष रू दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ ।”उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन् ।
सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालिम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो । यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उनको भनाइ थियो । सहकारीमा आबद्ध किसानले आफूखुशी सुन्तला विक्री गर्न पाउँदैनन् सहकारीमार्फत नै सुन्तला बिक्री हुँदै आएको छ । “किसानले सहकारीमा सुन्तला ल्याउँछन्, तौलन्छन् अनि सहकारीले व्यवसायीलाई बिक्री गर्छ” उनले भने, “किसानका सुन्तला सहकारीमार्फत नै उचित मूल्यमा बिक्री भइरहेका छन् ।”

सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो रु ६५ देखि ७० मा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो रु १०० मा बिक्री भइरहेको छ । तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो । गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत यहाँको सुन्तला पुग्छ । दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ ।

१५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र
जिल्लास्थित कृषि ज्ञान केन्द्रले इच्छाकामना–५ र ६ मा रहेको तामिन क्षेत्र, तल्लो काउले क्षेत्र, ३ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार झन्डै १५ हेक्टर जमीनलाई सुुन्तलाको पकेट क्षेत्र घोषणा गरिएकोे हो । उनले भने, “इच्छाकामनाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरिएपछि यसतर्फ किसान आकर्षित भएका छन् ।

इच्छाकामनामा वर्षेनी पाँच हेक्टरका दरले सुन्तला खेतीको विस्तार भइरहेको छ ।” “गत वर्ष इच्छाकामनामा २४४ हेक्टर जमिनमा सुन्तला खेती गरिएको थियो ।” उनले भने, “यो वर्ष झन्डै २५० हेक्टरमा सुन्तला खेती गरिएको छ ।” सुन्तला खेती राम्रो भएमा एक हेक्टर जमिनमा १० मेट्रिकटनसम्म सुन्तला उत्पादन हुन्छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा...

कृषिमा रमाउँदै आले

प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक...

उत्कृष्ट ३२ कृषक पुरस्कृत

पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै