logo
565 x 90 pixel-01.png

विद्यार्थीका घरमा ओखर रोप्ने अभियान

म्याग्दी, पुस २५
म्याग्दीको धौलागिरि गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ । ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा वितरण शुरु गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष राजाराम सुवेदीले मङ्गलबार मराङमा रहेको जनविकास माविका ११२ विद्यार्थीलाई दुई वटाका दरले दाँते जातका ओखरका बिरुवा वितरण गरेर अभियानको शुरुआत गरेको हुन्। गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एउटा घरमा दुई वटाका दरले नदोहोरिने गरेर ओखरका बिरुवा वितरण गरिने सुवेदीले बताएको हुन्।

गत असारको गाउँसभाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयन गर्न गाउँसभाबाट रु दश लाख बजेट विनियोजन गरेको थियो । विद्यार्थीको स्मरणशक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रष्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा सहयोग पुग्ने अध्यक्ष थमसरा पुनले बताइन् । अधिकांश उच्च पहाडी भूगोलमा अवस्थित गाउँपालिकामा बालबालिकाको बौद्धिक क्षमता विकासमा उपयोगी मानिएको ओखर खेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनको सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष पुनको भनाइ थियो ।

उनका अनुसार आगामी आवमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई कम्तीमा एक वटाका दरले ओखरको बिरुवा वितरण गरिने छ । यस वर्ष बाहिर जिल्लाबाट बिरुवा ल्याएर वितरण गरिए पनि अर्को वर्षका लागि ७ नम्बर वडा हिलापोखरीका समबहादुर थापाले ओखरका बिरुवा उत्पादन शुरु गरिसकेको छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा...

कृषिमा रमाउँदै आले

प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक...

उत्कृष्ट ३२ कृषक पुरस्कृत

पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै