logo
565 x 90 pixel-01.png

रोहितको सम्झौता थप

काठमाडौँ, पुस २५
इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए ।

पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो । पोर्सिजाको प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पेर्सिजा क्लबका लागि आवश्यक भएको उल्लेख गरिएको छ । रोहित अहिले बिदा मनाउन नेपालमा छन् ।

सम्झौता थप गर्ने क्लबको निर्णयसँगै अब छिट्टै जकार्ता जाने रोहितले ट्वीटमार्फत बताएका छन् । सन् २०१७ पेर्सिजनामा मासिक तीन हजार ५०० अमेरिकी डलरमा अनुबन्धित भएका थिए । त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए । एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यावसायिक फुटबल खेल्न थालेका हुन् । मच्छिन्द्र क्लबबाट फुटबल खेल्न थालेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए ।

सन्दीपको दोस्रो खेल आज
बङ्गलादेश प्रिमियर लिग बिपिएल खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो । बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहो-याउने लक्ष्यमा छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग बिपिएल खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै