logo
565 x 90 pixel-01.png

पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान

भद्रपुर, पुस २४
तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भनिन्, “पाँच बिगाहामा। यो सबै बीउको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आएकी थिइन्। हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उनले आकाशबाटै सो सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गरेको थिइन् ।

हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दूरी थियो । सो अवधिमा उनले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राखेकी थिइन् । यतिबेला सहकारीले पाँच बिघा जमिनमा लगाएको तोरीले राष्ट्रपति जस्तै सबैको ध्यान खिंचेको छ । अहिले यहाँ तोरीको फूल फुलेर पहेंलपुर भएको छ । कृषि परियोजनाको अवलोकन भ्रमणका लागि देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिकजसो यहाँ आउने गरेका छन् ।

यहाँ आउने जो कोहीले तोरीबारीमा सेल्फी र सामूहिक फोटो खिंचाउने गरेको सहकारी संस्थाका अध्यक्ष ढकालले बताइन् । ‘‘हामीले विभिन्न खालका कृषिजन्य वस्तुको खेती गरेका छौं’’, उनले भनिन्, “तर बारीमा पहेंलपुर फुलेको तारीले सबैको ध्यान खिंचेको छ ।” ‘‘सहकारीले सिजन अनुसारको खेती गर्छ, तर सहकारीले उत्पादन गरेको धान, मकै, गहुँ, तोरीलगायतका कृषिजन्य वस्तु बीउको रुपमा विभिन्न जिल्लामा जाने गरेको छ’’, अध्यक्ष ढकालको भनाइ छ ।

‘‘गत वर्ष तीन बिगाहामा लगाएको तोरीको बीउको माग बढेकाले यसपालि बढाएर पाँच बिगाहामा लगाएका छौँ’’, अध्यक्ष ढकालले भनिन्, “हामीसँग उत्पादित वस्तुको ‘ग्रेडिङ’ उद्योेग पनि छ । बिउको ग्रेडिङ गरेर बजार पठाउँछौँ । यहाँ उत्पादित तोरीको बीउ, इलाम, मोरङ, सुनसरी, सिरहा सप्तारीसम्म माग हुने गरेको छ ।” विसं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ गरेको यस संस्था विसं २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो ।

३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ जना महिला शेयर सदस्य रहेका छन् । संस्थाको चुक्ता शेयर पूँजी रु दुई करोड ७१ लाख ९६ हजार, कूल आन्तरिक पूँजी रु १६ करोड ५७ लाख ८३ हजार र कर्जा लगानी २८ करोड ९५ लाख १० हजार रहेको छ ।संस्थाले ग्रामीण बचत तथा कृषि ऋण कार्यक्रम, सुपथ मूल्यको सहकारी पसल सञ्चालन, सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द, सहकारी खेती, दुग्ध सङ्कलन केन्द्र, नमूना सहकारी गाई स्रोत केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, विप्रेषण रेमिट्यान्स सेवा, साना किसान नवीकरणीय ऊर्जा कार्यक्रम र पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष ढकालले बताएकी हुन् ।

महिला मात्र मिलेर स्थापना गरेको यस सहकारी आज देशकै नमूना हुन पुगेको गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले बताइन् ।‘‘राष्ट्रपतिले समेत महत्व दिएर अवलोकन गरेको सहकारी सायद पहिलो होला’’, उनले भनिन्, “अवसर पायो भने महिलाले नमूना बनेर देखाउन सक्छन् भन्ने देशकै उदाहरणीय भएको छ यो सहकारी ।” साना किसान बैंकका मुख्य प्रबन्धक कृष्णप्रसाद लामिछानेले नेपालमा ९२० वटा साना किसान सहकारीमध्ये महिलाले सञ्चालन गरेको यो सहकारी नेपालकै उत्कृष्ट भएको बताए । उनले विसं २०७० बाट शुरु गरेको यो नमूना कृषि परियोजना अन्तर्गत सहकारीले कृषिमा फड्को मारेको बताएको हुन् । 

 

‘‘कृषिमा देशकै नमूना मोडल देखाउन सफल भएको छ’’, उनले भने, “राज्यले कृषिमा लगानी बढाउनुपर्छ, समृद्ध नेपाल खुशी नेपालीको सपना बोकेको राज्यले कृषिमा लगानी बढायो भने महारानीझोडा जस्तै सहकारीले देशको अर्थतन्त्रमा कायपलट ल्याउने निश्चित छ ।” सहकारीले खेतीमार्पmत जमीनको चाक्लाबन्दी, यान्त्रीकरण, माटो परीक्षण र सुधारका क्रममा कृषि चुनको तथा जैविक मलको प्रयोग र हरियो मल बालीको खेती, कृषकबीच सामूहिक भावनाको विकाससँगै क्षमता अभिवृद्धि, उत्पादनमा वृद्धि तथा जग्गाधनी कृषकको प्रतिफल सुनिश्चित आदि गरिरहेको छ ।

संस्थाले यतिबेला धान, गहुँ, मकै, तोरी, जै घाँसको बीउ उत्पादन गरिहरेको छ । सहकारीले मकैको हाइव्रिड वीउ उत्पादन गर्नुका साथै अचार उद्योग, गाईपालन, माछापालन सञ्चालन र मकैको चिउरा उद्योग स्थापना गरेको छ । सहकारीले बागवानीतर्फदुई बिघा क्षेत्रफलमा आँप, लिची, कागती खेती गरिरहेको अध्यक्ष ढकालको भनाइ छ । उनका अनुसार सहकारी खेती तथा सदस्य कृषकले हाल वार्षिकरुपमा उत्पादन गरेको धान, गहु, जै घाँस, तोरीसहित ४१३ मेट्रिकटन संस्थाकै प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी बजारीकरण गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा...

कृषिमा रमाउँदै आले

प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक...

उत्कृष्ट ३२ कृषक पुरस्कृत

पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै