logo
565 x 90 pixel-01.png

३३ वर्षपछि दोस्रो

राजेन्द्र श्रेष्ठ
२००७ सालको राजनीतिक परिवर्तनसँगै काठमाडौंको टेवहालका फुटबलप्रेमी युवाहरुको सक्रियतामा संकटा क्लबको जन्म भएको थियो । सो बेलाका युवा न्यूरोड टिमबाट खेल्दै आएको भए पनि पछि टेवहालका राम्रा खेलाडीलाई नै खेल्न नदिएपछि छुट्टिएर संकटा क्लब बनाएका थिए । संकटा मन्दिरको नामबाट क्लवको स्थापना भए पनि यसको औपचारिक स्थापना भने निकै पछि मात्र भयो । त्यो थियो २०५२ सालमा । १० वर्षअघि मात्र फुटबलको सबै पक्षलाई समेट्ने लक्ष्यसहित नाम परिमार्जन गर्दै संकटा क्लब राखियो । उसले आर्थिक अभाव र अरू पनि समस्याले ए डिभिजन लिग र फुटबलमा टिकिरहन निकै संघर्ष गर्नुपरेको थियो । संकटा क्लबको सबैभन्दा अविस्मरणीय र स्वर्णिम युग भनेर २०३२ देखि २०४२ सम्मको अवधिलाई मान्न सकिन्छ । यो १० वर्षमा उसले तीन पटक राष्ट्रिय लिग जित्यो भने झण्डै एक दर्जन प्रतियोगीताको उपाधिको उचाल्न सफल भयो । २०४० को दशकमा संकटाले स्व. ईश्वरमान तुलाधर, जीवन शाही, रजतमान तुलाधर, किरण खड्का, अजर मानन्धर, मनोरञ्जन डंगोल, बाबुराजा शाक्य, नरेन्द्रमान सिंह, सुरेन्द्र शिख्राकार, राजु शाह र कुमार महर्जन जस्ता प्रतिभाशाली खेलाडीको उत्पादन ग-यो । तर त्यसपछि संकटा उतारचडावको समयबाट गुज्रिन पुग्यो । २०६७ सालमा संकटा संकटमा पर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट ‘बी’ डिभिजनमा घटुवा हुन पुग्यो । जुन उसले शीर्ष डिभिजन खेलेको ३८ वर्षपछि थियो । तर, एक वर्षपछि नै बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजनमा फर्कियो । करिब पाँच वर्षदेखि उसले न्यूरोड गेटमा रहेका पसलहरू लिजमा लिएर सञ्चालन गर्दै आएको छ । उसको मुख्य आर्थिक स्रोत भनेको संकटा बजार र न्युरोड गेट नै हो । पहिले टोलमा पार्किङको पैसा उठाएर रकम सङ्कलन गर्ने संकटाले बजार स्थापना गरेपछि पाँच लाख मासिक नाफा कमाउँदै आएको छ । जसले यतिबेला क्लब राम्रोसँग चलिरहेको छ ।

शून्यबाट सुरु भएको क्लब अहिले करोडमा हिँडिरहेको छ । २०७३ सालमा संकटाले टेवहालमै ८० लाखमा पुरानो घरसँगै एक आना एक पैसा एक दाम जग्गा किन्यो । लिग नभएको मौका पारेर सङ्कलन भएको रकमले उसले सम्पत्ति जोडेको थियो । अबको उसको लक्ष्य एकेडेमी सञ्चालनमा ल्याउने योजनामा छ । जसका लागि उसले भक्तपुरको साँगामा करिब ३१ रोपनी जग्गा १५ वर्षका लागि लिज (भाडा)मा लिइसकेको छ । पल्सर सहिद स्मारक ए डिभिजन लिग सुरू हुँदा धेरैको सोचाइमा मनाङ र थ्रीस्टार उपाधिको दाबेदार हुन्, दोस्रो स्थानमा यी दुई टिमबाहेक आर्मी वा पुलिस नै रहलान् भनेर अनुमान गरेका थिए । तर जुन दिनदेखि लिग सुरू भयो, त्यो दिनदेखि सीएमजी क्लब संकटाले एक पछि अर्काे आश्चर्यजनक नतिजा निकाल्दै अंक तालिकामा शीर्ष तीनभन्दा तल झरेन । उसले आर्मी र मनाङसँग मात्र खेल हार्दा उपाधि होडबाट बाहिरियो । तर सबैको सोचाइभन्दा फरकरूपमा उसले यस पटकको लिग समाप्त गर्नेछ । त्यो हो दोस्रो स्थान त्यो पनि ३३ वर्षपछि ।

संकटाले लिगका लागि त्यस्तो स्टार खेलाडीलाई अनुबन्ध गरेको थिएन । युवा र केही अनुभवी खेलाडीको मिश्रण रहेको संकटाले प्रायः सबै टिमसँग परिपक्क खेल खेल्यो । जसको नतिजा उसले लिगमा हात पनि पा¥यो । टिमका साथै विशेष रूपमा उसका प्रशिक्षक सल्यान खड्गी बधाईका पात्र पनि हुन् । पछिल्लो पटक संकटा टिमको प्रशिक्षण सम्हालिरहेका सल्यान खेलाडी हुँदा लिगमा राम्रो गर्न नसके पनि प्रशिक्षकका रूपमा उनले टिमलाई राम्रो लयमा ल्याए । त्यसको श्रेय खेलाडीले पनि लिए र नतिजा थ्रीस्टारलाई पछि पार्दै एक खेल अगावै लिगमा दोस्रो स्थान हात पा-यो ।रुस्लान थ्री स्टारलाई २–१ ले पराजित गर्दै लिगको उपविजेता बन्ने पक्का गरेको हो । जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले क्लबले विश्वास गरेर दिएको जिम्मेवारीलाई पूरा गर्न पाउँदा खुसी र गर्व लागेको प्रतिक्रिया दिए । ‘हामीले लिगको शीर्ष पाँचमा रहने योजना बनाएका थियौँ । खेलाडीको मिहिनेतले हामी त्योभन्दा अघि पुग्न सफल भयौँ ।’ प्रशिक्षक खड्गीले भने, ‘नवौं राउन्डपछि हामीले उपाधिमा पनि आफ्नो सम्भावना देख्यौँ । मनाङसँग दुर्भाग्यपूर्ण रुपमा पराजित भएपछि शीर्ष दुईमा पर्ने लक्ष्य थियो ।

खेलाडीहरुले सक्दो मिहिनेत गरे । उपविजेता बन्नुमा नै खुसी छु ।’ थ्री स्टारविरुद्धको खेलमा विपक्षीलाई जितको दबाब रहेकाले आफ्नो होल्ड गरेर खेल्ने रणनीति सफल रहेको उनले बताए । ‘थ्री स्टारसँग जितको विकल्प थिएन । हामीले पाएको मौका सदुपयोग ग¥यौँ । खेलाडीले रणनीतिअनुसार खेल्न सके र निरन्तर मिहिनेत जारी राखे । उपविजेता बन्ने श्रेय सबै खेलाडीलाई दिन चाहन्छु । यो हाम्रो मिहिनेतको फल हो । यसलाई हचुवामा पाएको सफलता भन्न मिल्दैन’ खड्गीले भने । उनले लिगका लागि छोटो तयारी भए पनि खेलाडीको जोश र उत्साहले निकै सहयोग पुगेको बताए । ‘हामीले लिगका लागि डेढ महिनाको प्रशिक्षण गरेका थियौँ । यही टिमले लिगको उपविजेता बन्ने सोचेको थिएनौँ,’ प्रशिक्षक खड्गीले भने, ‘तर खेलाडीले निरन्तर मिहिनेत गरे । हाम्रो टोलीको युवा जोशले पनि केही सहयोग पुग्यो । सबै खेलाडीले गर्दा नै सफल भएको छौँ ।’

संकटा क्लबका उपलब्धिहरू
बालसखा दल नकआउट प्रतियोगीता २००८ विजेता
स्व. श्री ५ महेन्द्र च्यालेन्ज शिल्ड २०१३ विजेता
नेपाल फुटबल संघ बी डिभिजन लिग २०१५ विजेता
नेपाल फुटबल संघ ए डिभिजन लिग २०१९ उपविजेता
सहिद स्मारक लिग २०३१ विजेता
सहिद स्मारक लिग २०३२ उपविजेता
श्री ५ शुभजन्मोत्सव कप फुटबल २०३२ उपविजेता
सहिद स्मारक लिग २०३३ विजेता
त्रिभुवन च्यालेन्ज शिल्ड २०३५ विजेता
सहिद स्मारक लिग २०३७ विजेता
सहिद स्मारक लिग २०४० विजेता
सहिद स्मारक लिग २०४१ उपविजेता
विकास रनिङ शिल्ड फुटबल २०४१ उपविजेता
राष्ट्रिय लिग २०४१ उपविजेता
सहिद स्मारक लिग २०४२ विजेता
महावीर च्यालेन्ज शिल्ड २०४६ उपविजेता
बीपी मेमोरियल रनिङ शिल्ड २०५१ उपविजेता
स्व. सन्तोष ट्रफी २०५१ विजेता
बीपी स्मृतिकप २०५१ विजेता
एन्फा कोकाकोला राष्ट्रिय लिग २०५३ उपविजेता
दशौं नर्थन रेल्वे च्यालेन्ज कप पटना २०५४ विजेता
कोकाकोला राष्ट्रिय लिग २०५४ उपविजेता
श्री ५ महेन्द्र गोल्डकप २०५४ उपविजेता
सहिद स्मारक बी डिभिजन लिग २०६८ विजेता
विराट गोल्डकप २०६७ विजेता
सहिद स्मारक ए डिभिजन लिग २०७० पाँचौं
सहिद स्मारक ए डिभजिन लिग २०७० अनुशासित टिम

पाँचौं पूर्वाञ्चल फुटबल प्रतियोगीता २०७० विजेता
एन्फा कप २०७१ उपविजेता
एएफसी लायन्स गोल्डकप २०७१ विजेता
विकास रनिङ शिल्ड २०७३ विजेता
राइनो गोल्डकप २०७३ उपविजेता
खप्तड गोल्डकप २०७३ उपविजेता
सिमरा गोल्डकप २०७३ विजेता
बूढासुब्बा गोल्डकप २०७३ उपविजेता
तिलोत्तमा गोल्डकप २०७३ विजेता
नेपालगञ्ज गोल्डकप २०७३ विजेता
राइनो गोल्डकप २०७४ विजेता
नेपालगञ्ज गोल्डकप २०७५ उपविजेता
सहिद स्मारक ए डिभिजन लिग २०७५ उपविजेता
 (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै