logo
565 x 90 pixel-01.png

मनमोहन स्मृति कप क्रिकेट शुरु

इनरुवा, पुस २१
सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गरे ।

इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा इनरुवा नगरप्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा सदस्यसचिव विष्टले खेलले आर्थिक, सामाजिक, शिक्षा, मानसम्मान सबै प्रदान गर्ने भएकाले खेलको विकास भए नगरको आफँै विकास हुने बताए । मोफसलकै ठूलो मानिएको राष्ट्रियस्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकूद परिषद्का केन्द्रीय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
क्रिकेट प्रतियोगितालाई इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रूपमा आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो खेल आज नेपाल पुलिस क्लब र प्रदेश नं २ बीच हुँदैछ ।

प्रतियोगिताका विजेताले नगद रु चार लाख एक हजारसहित शिल्ड पाउने छ भने उपविजेता टोलीले रु दुई लाख एक हजार राशि प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनल पुग्ने दुई टिमले समेत रु २५ हजारका दरले पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा तीन विभागीयसहित सातै प्रदेश, आयोजक इनरुवा र भारतको सुपौल क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजक संस्था शान्तिदीप नेपालका सचिव सुनिल चौलागाईंले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै