logo
565 x 90 pixel-01.png

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौँ, पुस २०
अखिल नेपाल फुटबल सङ्घ एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ । पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब र सङ्कटा र एपिएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा खेल हुनेछ । पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछ ।

सोही दिन लिगको समापन समारोह हुनेछ । लिगको १२औँ चरणका खेल सकिँदासम्म मनाङ–मस्र्याङ्दी विजेता र सङ्कटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् ।फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

बुम महिला बास्केटबल शनिबारदेखि
तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेशनल क्रिएटिभ को–एजुकेशनल एनसिसिएस र विशाल मिलन केन्द्र बिएमकेको संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिएको हुन्। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करीब रु दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै