logo
565 x 90 pixel-01.png

छात्रातर्फ न्यू डायमण्ड, छात्रतर्फ थ्रीस्टारलाई एजे कप

 

 

 

काठमाडौं, पुस १५
विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा न्यू डायमण्ड र थ्रीस्टारले एजे कपको उपाधि कब्जा गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आदर्श ज्योति (एजे) स्कुलले आयोजना गरेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको बिहीबार भएको फाइलन खेलमा छात्रातर्फ न्यू डायमण्ड र थ्रीस्टारबीचको खेलमा न्यू डायमण्डले जीत हासिल गरेको हो । छात्रातर्फको उपाधि हासिल गर्नका लागि न्यू डायमण्डले थ्रीस्टारलाई २५–१२, २१–२५, २५–२२ र २५–१०को अंकले पछाडि पारेको थियो । त्यस्तै छात्रतर्फको फाइनलमा आयोजक एजे स्कुल र थ्रीस्टारबीच भएको खेलमा थ्रीस्टारले जीत हासिल गरेको थियो । खेलमा एजेविरुद्ध थ्रीस्टारले क्रमशः २५–१८, १९–२५, १९–२५ र १२–२५ को अंक हासिल गरेको थियो । तेस्रो स्थानको लागि छात्रा स्पर्धामा पारामाउण्ट र ख्वप कलेजबीचको खेलमा पारामाउण्टले ख्वपलाई र छात्रतर्फको स्पर्धामा गीताञ्जली र पद्मबीचको खेलमा गीताञ्जलीले पद्मलाई सोझो सेटमा हराएको थियो ।

प्रतियोगिता संयोजक भलिबल खेलका राष्ट्रिय खेलाडी एवं रेफ्री रुकेश शाहीले प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुसहित २० विद्यालयले सहभागिता जनाएको सो स्पर्धामा छात्रतर्फ १६ र छात्रातर्फ १७ टीमको सहभागिता रहेको बताए । सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिसकेपछि सो खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउनका लागि गरिएको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले प्रदान गरे । विजयी टीमले नगद १५ हजार, द्वितीय हुने टीमले १० हजार र तृतीय हुने टीमले पाँच हजार पाएका छन् । सोही अवसरमा थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन प्रतियोगिताका स्वर्णपदक विजेता महेश्वर महर्जनलाई सम्मान गरिएको थियो ।

स्पर्धाअन्तर्गत छात्रातर्फ उत्कृष्ट सर्भरमा पारामाउण्टका सोनी श्रेष्ठ, उत्कृष्ट सेटरमा न्यू डायमण्डका सजिना श्रेष्ठ, उत्कृष्ट स्पाइकरमा थ्रीस्टारका उषा सेर्पाली र छात्रतर्फ उत्कृष्ट सर्भरमा धन सेर्पाली, उत्कृष्ट सेटरमा थकबहादुर गुरुङ र उत्कृष्ट स्पाइकरमा विशाल गुरुङ घोषित भएका थिए । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल सीप प्रदर्शन गरेकामध्ये छात्रातर्फ न्यू डायमण्डका बाल्मिका आचार्र्य र छात्रतर्फ विशाल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । कार्यक्रममा भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवा, संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापा श्रेष्ठ, जिल्ला भलिबल संघ भक्तपुरका अध्यक्ष विनोदचरण राय, सूर्यविनायक नगरपालिका वडा नंं ६ का वडाध्यक्ष रामेश्वर ध्वँजू, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिएका थिए । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै