logo

चीन–अमेरिका व्यापार : चीन सहमति कार्यान्वयनमा प्रतिबद्ध, अमेरिका सशङ्कित

बेइजिड., चीन, मंसिर २०
चीनले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । यद्यपि अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा विस्तृत विवरण भने चीनले दिएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक भएको छैन । चीनको मौनताले गत सप्ताहान्तमा भएको सहमतिमा अमेरिकाले आशङ्का गरेकोे छ । बुधबार चीनको बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहमति भएका विषयलाई चीनले तत्काल कार्यान्वयन गर्नेछ र यो कार्य जति छिटो भयो त्यति राम्रो हुनेछ ।”

तर विज्ञप्तिमा सहमति भएका विषयहरु खुलाइएको छैन । अमेरिकाका अनुसार ‘अझै औपचारिक सम्झौता भै नसकेको तर सकारात्मक र जरूरी रहेको’ सहमतिमा चीनले कृषिजन्य, उर्जा, औद्योगिक र अन्य उत्पादनहरूलाई किन्ने र अमेरिकासँगको व्यापार घाटा कम गर्न सहमत भएको ह्वाइट हाउसले बताएको छ । दबाबमा पारी गरिने प्रबिधिको हस्तान्तरण, बौद्धिक सम्पत्तिको संरक्षण, साइबर अतिक्रमण, साइबर चोरीजस्ता बिषयमा दुई देशका अधिकारीबीच छलफल गर्न चीन सहमत भएको अमेरिकी दावी छ । ट्रम्पले भनेका छन्, “राष्ट्रपति सी र मबीच करबारे सम्झौता गर्ने र व्यापार सन्तुलन गर्ने सहमति भएको छ । सम्भवत यो हुनेछ । यदि भएन भने विचार गरियोस्, म एक ‘ट्यारिफ म्यान’ हो ।” ट्रम्पले यसै हप्ताको सुरुमा चीनले अमेरिकी कारमाथि लगाएको ४० प्रतिशत कर घटाउन र हटाउन सहमत भएको बताएका थिए । चीन र अमेरिकाबीच पछिल्ला केही महिना यता व्यापार विवादका कारण एकले अर्काको सामानमा अर्वौ अमेरिकी डलर बराबरको कर वृद्धि गरेका छन् । तर व्यापार विवाद चलिरहेका समय गत हप्ता अर्जेन्टिनाको राजधानी बयुनर्स आयर्समा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अस्थायी नै भएपनि व्यापार विवादलाई थप नचर्काउने सहमति भएको थियो ।

तर भिन्नभिन्न पक्षबाट आएका फरक अभिव्यक्तिले गर्दा व्यापार विवाद सहजै सल्टिनेमा विश्व समुदाय विश्वस्त भै भने हालेको छैन । केही महिना करवृद्धिको बदलामा करवृद्धि भन्ने विवादबीच अघि बढेका र एकले अर्कालाई झुकाउने हठ राखेका भएपनि दुबै देशका राष्ट्रपतिले व्यापार विवादले कसैलाई पनि फाइदा नहुने निष्कर्षका साथ पछि हटेकोले अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आगामी ९० दिन नयाँ करवृद्धि नगर्न सहमति भएको हो । यसले व्यापक व्यापार युद्ध हुनसक्ने विश्व समुदायको अनुमानलाई अनुमानमा नै सीमित पारिदिएको छ । अमेरिकाले चिनियाँ सामानमा गरेकोे करवृद्धि नयाँ बर्षको सुरुमा बढाइने चेतावनी चीनलाई दिँदै आएको थियो । तर दुई नेताको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशका रूपमा सार्वजनिक गरेका थिए । तर ट्रम्प र ह्वाइट हाउसका अधिकारीले दिएका सूचनामा एकरूपता देखिएको छैन भने यसमा बेइजिङले भने अझै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन । राष्ट्रपति र अमेरिकी अधिकारीबाट आएका सूचनामा भिन्नता देखिनुले वार्ता सफल भएर चीन–अमेरिकाबीचको वर्तमान् व्यापार युद्ध अन्त्य होला वा नहोला अझै अनिश्चितता देखिएको छ ।

विवादले विश्वभरका उद्योगहरू प्रभावित हुन थालिसकेका छन् भने आर्थिक विश्लेषकहरूले अमेरिका र चीनको विवादले विश्वकै अर्थतन्त्रलाई गलत दिशातर्फ लानसक्ने डर देखिएको बताउन थालेका छन् । अमेरिकाका अनुसार चीनको ‘अवैध’ व्यापार अभ्यासले चीनसँगको अमेरिकी व्यापार घाटा व्यापक बढेको भन्दै अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यसै आरोपका साथ सन् २०१८ जुलाईदेखि वासिङ्टनले आफ्नो देशमा भित्रिने चिनियाँ सामानमा करवृद्धि गरी व्यापारमा संरक्षणवादी कदम अघि बढाएको थियो । केही समयपछि अमेरिकाले ‘आर्थिक इतिहासमा नै सबैभन्दा ठूलो व्यापार युद्ध’ सुरु गरेको आरोप लगाउँदै प्रतिवादमा एक खर्ब दश अर्ब डलर बराबरको अमेरिकी सामानमा कर बढायो । तर विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको विवादले विस्तार हुँदै जान थालेपछि आर्थिक तथा राजनीतिक विश्लेषकहरूले यसलाई दुई महाशक्ति राष्ट्रहरूको थप शक्ति आर्जनका लागि भएको सङ्घर्षका रूपमा लिने गरेका छन् ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...

चीन २०५० सम्ममा विश्वकै उच्चस्तरको हवाइ क्षमतायुक्त बन्ने

पूर्वी चीनको शेनडोंग प्रान्तमा रहेको क्विंग्डाओमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय विमानस्थल । यो...

ब्रेक्जिट : बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै