logo

श्रीलंकाका पूर्वप्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ‘हिटलर’ नबन्न सुझाव

कोलम्बो, मंसिर २०
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन पूर्वप्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आग्रह गरेका छन् । छ हप्ता पहिले पदच्युत गरिएका पूर्व प्रधानमन्त्री विक्रमासिङ्गेले भने, “मैले राष्ट्रपतिलाई संविधानलाई मिचेर हिटलरजस्तो नबन्न आग्रह गरेको छु । हामीले उनलाई संबिधान मिचेर अघि बढ्न दिने छैनौँ ।” उनले थपे, “मैले संसदमा बहुमत पुष्टि गरेकाले राष्ट्रपतिले मलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुको विकल्प छैन ।” विक्रमासिङ्गेको उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत गरी यहाँको प्रधानमन्त्रीको सरकारी कार्यालयबाटै आएको हो । प्रधानमन्त्रीबाट बर्खास्त गरिएपनि उनले आफु यहाँको संसदले चुनेको प्रधानमन्त्री भएको दावी गर्दै सरकारी निवास भने छोड्न मानेका छैनन् । राष्ट्रपति सिरिसेनाले विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपतिसमेत रहेका महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे पनि उनको पक्षमा संसदमा बहुमत नहुँदा प्रधानमन्त्रीका रूपमा काम गर्न सकेका छैनन् । श्रीलङ्काको एक अदालतले राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त गरेका महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम नगर्न गत सोमबार आदेश दिएको थियो । वैधानिकता नपाउदासम्म राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतको भनाइ रहेको थियो । “संसद्ले अत्याधिक मतका साथ उनको विरुद्धमा अविश्वासको मत पारित गरिसकेको अवस्थामा उनले प्रधानमन्त्रीका रूपमा काम गर्ने वैधानिक आधार छैन,” अधिवक्ता तथा सांसद एम ए सुमानथिरानले भने । राष्ट्रपति सिरिसेनाले विक्रमासिङ्घेलाई अपदस्त गरेर राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलङ्कामा अदालत र संसद राष्ट्रपतिको विपक्षमा उभिएका छन् ।
 (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...

चीन २०५० सम्ममा विश्वकै उच्चस्तरको हवाइ क्षमतायुक्त बन्ने

पूर्वी चीनको शेनडोंग प्रान्तमा रहेको क्विंग्डाओमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय विमानस्थल । यो...

ब्रेक्जिट : बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै