logo

पशु तथा कृषि बाली बीमासम्बन्धी प्रशिक्षण

लहान, मङ्सिर २०
सरकारले सञ्चालन गरेको पशु तथा कृषिबाली बीमासम्बन्धी कार्यक्रम सिरहामा खासै प्रभावकारी नभएपछि किसानलाई यसको महत्वबारे प्रशिक्षण दिइएको छ । पशु तथा कृषि बीमाको आवश्यकता, महत्व र कृषिबालीमा लाग्ने रोग कीराको बारेमा जानकारी गराउने उद्देश्यले किसानलाई प्रशिक्षण दिइएको हो । कृषि विकास शाखा सिरहाको आयोजनामा लहानमा सञ्चालन गरिएको तीन दिने सो तालीममा २५ अगुवा किसानको सहभागी थियो । सिरहामा पशु तथा कृषि बालीको बीमा गर्दै आएका लुम्बिनी जेनेरल इन्सुरेन्स कम्पनी लहान शाखा प्रमुख अनिल यादवले बीमाको आवश्यकता, बीमाबाट हुने फाइदा बेफाइदालगायत विषय वस्तुको बारेमा प्रशिक्षण दिएको थिए । जिल्लामा पशुको बीमा भइरहे पनि कृषि बालीको नभएकाले किसानलाई यसबारे प्रशिक्षण आवश्यक भएको यादवले बताए। कृषि विकास शाखा संयोजक प्रदीप चौधरीले कृषकलाई कृषि तथा बाली बीमासम्बन्धी आधारभूत ज्ञान, बीमा गराउने प्रक्रिया, बीमा दाबी गर्न चाहिने कागजात, बीमा गर्दा लाग्ने शुल्क तथा रकम फिर्ता हुने नहुनेबारे जानकारी गराउन तालिम सञ्चालन गरिएको बताएका छन् । कृषकलाई समयमा बीउ, मल, अनुदानमा उपलब्ध गराउन नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै तालिममा सहभागी किसानले कृषि उपजको उचित मूल्यसहित बजार व्यवस्थापन गर्नुपर्ने बताएको थिए। सो अवसरमा लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले साना महिला किसानलाई सामूहिक खेती गराई जीविकोपार्जनमा सहयोग हुने गरी कार्यक्रम सञ्चालन गर्ने बताएको हुन्। लहानको खुट्टीखोलालाई कृषकको आवश्यकताअनुसार पानी भण्डारण गरी सहज तरिकाले खेतीसम्म पु-याउने, कृषक समूह विस्तार गर्ने, निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीको विस्तार, सामूहिक र करार खेती गर्ने कृषक समूहलाई नगरपालिकाको सम्बन्धित वडाबाट अनुदानको व्यवस्था मिलाउने उपप्रमुख चौधरीले उल्लेख गरेका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै