logo

बढ्दो पर्यावरण चुनौती

 

विश्वनाथ खरेल
पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नु परेको वातावरण गम्भीररुपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । पर्याावरण बढ्दै गइरहेको जनसंख्या वृद्धि , सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरुमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नुपरेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।

यसको साथसाथै जनसंख्या वृद्धि र आर्थिक विकासको गतिसँगै वातावरणीय तथा पर्यावरणीय ह्रास हुँदै जानु प्राकृतिक नियम नै हो । समृद्ध जीवनयापनको लागि आर्थिक एवं भौतिक विकास हुनु पनि पर्दछ । यो मानवीय सभ्यताको शाश्वत नियम हो । जल, थल, वायु, जीव तथा वायुमण्डल जस्ता प्राकृतिक सम्पदाहरुको भरिभराउ कतिपय राष्ट्रहरुमा छन् भने कयौं राष्ट्रहरुका सिद्धिने अवस्थामा पुगिसकेको छ । यसरी अथाह भण्डार भएका राष्ट्रहरु खासगरी विकसित राष्ट्रहरु पर्दछन् भने विकासशील राष्ट्रहरुमा विद्यमान प्राकृतिक सम्पदाहरुको भण्डार उचितरुपमा परिचालन गर्न सकिएको देखिँदैन । पर्यावरण उचितरुपमा सन्तुलन कायम हुन सकेमा त्यसको प्रभाव प्राणीहरुको जीवन अनुकूल हुन्छ भने वातावरणमा असन्तुलन उत्पन्न भएमा प्राणी मात्रमा नकारात्मक प्रभाव पर्नु स्वाभाविकै हो । यस धर्तीमा प्राणी मात्रमा सबैभन्दा बुद्धिमानी मानव जाति नै जसले आफू रहने वातावरणलाई सन्तुलन या असन्तुलन पार्ने कार्य मनुष्यबाटै भएको छ । मानव, पशुपन्छी, खोलानाला प्राकृतिक सम्पदा र जलवायुको संयोजनबाट नै वातावरणको सिर्जना हुन्छ ।

विश्वमा आज आएर यो समस्याले के विकसित के अविकसित सबै राष्ट्रहरु भयभीत भएका छन् । कतिपय विकासशील देशका मानववर्गले सफा नीलो आकाश देख्न बिरलै पाउँछन, न शान्त स्वच्छ पर्यावरणमा बस्न सकेका छन्, न त कालगतिले मर्न पाएका छन् । यी सबै तथ्य साबित भइसकेका छन् । यसरी व्यापकरुपमा सहरीकरण, कलकारखानाहरु, उद्योग धन्दाहरु आदि निर्माणको कार्य र वैज्ञानिक चमत्कारको कारणले गर्दा प्राकृतिक वातावरण दिनप्रतिदिन प्रदूषण हुँदै गएको छ । यसर्थ रुपमा पर्यावरण सधैं एकैनासको रहिरहँदैन । मानव विकसित वातावरणको प्रभावमा आफू पनि विकसित बन्न खोज्दछ । आज आए पर्यावरणले मानवलाई रचनात्मक सुकार्यतर्फ डो-याइरहेछ । यसरी विश्वमा जनसंख्याको चाप गणितीय रुपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर जमिन भने दिनहुँ घट्दो रुपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरण माथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरुको उत्पति भइराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिक रुपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलब्धिहरु हासिल गरेको छ ।

सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरु विश्वलाई  पनि भन्ने गर्दछन्  । मानवले जति जति उन्नति ग-यो उति उति समस्या र संकटहरु आइलागेका छन् । एकातिर सफलताहरु उल्लेखनीय उपलब्धिहरु हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरुपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरु प्रदूषित भएका छन् । पर्यावरण संरक्षण आज सम्पूर्ण भावी सन्ततिहरुको चिन्ताको विषय बन्न गएको छ । सोको कार्यान्वयन गर्दा एकीकृत दृष्टिकोणले दिगो विकासको अवधारणालाई मनन गर्नुपर्दछ । अहिलेको असन्तुलित वातावरणले विश्वलाई नै एक ठूलो चुनौती दिएको छ । यो अन्तर्राष्ट्रिय समस्या भएकोले यस्तो विकरालपूर्ण स्थितिलाई महसुस गरी समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न किसिमका क्रियाकलापहरु समाधान गर्न विभिन्न गोष्ठी तथा सेमिनारहरु बेला बेलामा हुने गरेको छ । विश्वको वर्तमान स्थितिलाई अवलोेकन गर्दा कुल जनसंख्याको ७० देखि ८० करोड अर्थात १५ प्रतिशत जति मानव पयावरणीय असन्तुलन तथा मरुभूमीकरणबाट पीडित हुँदै आएका छन् भने प्रत्येक वर्ष दुई करोड ७० लाख हेक्टर भूमि मरुभूमीकरण हुँदै आएको छ र पाँच लाख हेक्टर कृषियोग्य भूमि वर्षेनी विनाश हुँदैछ भन्ने कुराको पुष्टि राष्ट्रसंघीय वातावरण कार्यक्रमको एक अध्ययनले प्रस्ट पार्छ ।

यसै क्रममा पृथ्वीको सिर्जना साढेचार अर्ब अघि भए तापनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जतिअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरुमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरु जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरुपको रुपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ । तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरुले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब तीस करोड प्राणीहरु बासविहीन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरुलाई बर्सेनि दश करोडभन्दा बढी सल्फर डायो अक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरु कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रुपमा चिनिने कायरोमा प्रति वर्ष पाँच प्रतिशत मानिसहरु बहिरा हुन पुग्दछन् । यसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिनटे स्थिति ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नु जस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरुवारे अनुसन्धान हुन थाले ।

यी कुराहरुलाई मध्ये नजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोडि जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरुको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेण्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि धोषणा ग-यो । निष्कर्षमा भन्नुपर्दा विश्वमा प्रति मिनेट ३२ हेक्टर जमीन रुखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रुखहरुको आवश्यकता पर्दछ । त्यस्तैगरी एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठसय घरका एक वर्षको हावालाई शुद्धपार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रुखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छ वटा रुखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २.७ केजी प्राणवायु वायुमण्डलमा फ्याक्छ ।

प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका १३० जातका जंगली चराहरु स्तनधारी जन्तुहरु र १० प्रतिशत फूल फूल्ने जातका रुखहरु वर्षेनी बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुमूमिकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने संकेत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समान रुपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हुँदैन भन्ने कुरामा जोड दिइएको छ । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरु विचार गर्दा प्राकृतिक सन्तुलन विग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको छ ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै