logo

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

काठमाडौँ, मसिँर २०
नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय महासँघले सिन्डिकेट लगाई, बाटो कब्जा गरि, जनतालाई थोत्रा, पुरानो गाडीमा जनताको ज्यान जोखिममा पारेर यात्रा गराई रहेका छन् । दुई-पन्ध्र लाखमा गाडी हाल्ने गाडीधनीसँग कमिशन खाएर, जनतालाई लुटेर र राजनितिक पार्टीको आडमा वा राजनितिक पार्टीलाई चन्दा दिएर र स्थानीय गुन्डाहरु पालेर यातायात व्यवसायीहरु जनता लुट्न सफल भएका छन् । जनता ठगिनु त एकतर्फको कुरा हो तर यसरी बढी पैसा तिरेर यात्रा गर्दा पनि जनताले सेवासुविधाको सासचाहि कहिले फेर्न पाएका छैनन् । सरकारले कम्पनीमा सार्वजनिक सवारी साधन पञ्जीकरण गर्न भनेर दिएको आठ महिना बितिसक्दा पनि यातायात व्यवसायीहरुले सरकारको यो निर्णयलाई अटेर गरिरहेका छन् । अहिले यातायात व्यवसार्यीहरु सरकारको यो निति लर्कार्न राजनितिक नेताहरुको भेटघाट गर्ने प्रक्रिया बढ्दो छ । सरकारले कम्पनीमा सार्वजनिक सवारी साधन पञ्जीकरण गर्नुपर्छ भनि ल्याएको नितिको म्याद सार्न यातायात व्यवसार्यीहरुले राजनितिक नेताहरुको घरदैलो चहार्ने गरेको धेरै सुनिन्छ । यतिमात्र नभएर थप म्यादका लागि यातायात व्यवसायी राष्र्टिय महासँघले राजनितिक पार्टीका नेताहरुलाई चन्दा स्वरुप छ करोड दिन लागेको कुराले निकै चर्चा पाइरहेको छ । यदि सरकार आफ्नो निर्णयमा अटल रहने हो भने पुस मसान्तसम्ममा गाडी पञ्जीकरण गर्ने मिति सिदिन्छ । यातायात व्यवसायी राष्र्टिय महासँघ यही म्याद थप्नको निम्ति मन्त्री, प्रधानमन्त्रीको घर धाइरहेका छन् । यातायात मन्त्री र डिजीलाई दबाब दिई वा आर्थिक चलखेलको कारणले गर्दा खारेज भएको यातायात समितिहरु फेरि पनि उत्पन्न हुन खोज्दैछन् । यसैसम्बन्धमा यातायात अभियन्ता रामबहादुर थापा भन्छन्, सिन्डिकेट हटाउनुपर्छ । यातायात समिति मार्फत दर्ता भई सञ्चालनमा रहेका सवारी साधनहरुलाई कम्पनीमा लगी पञ्जीकरण गर्नुपर्छ । यात्रुले पैसा तिरेपछि सेवासुविधाको भागेदार हुनुपर्छ भने राज्यको ढुकुटीमा राजस्व आउनुपर्छ । कम्पनीमा नजाने गाडीहरुलाई सरकारबाट पाउने सम्पुर्ण सेवासुविधाबाट वञ्चित गर्नुपर्छ र त्यस्ता सवारी साधनलाई बाटोमा गुड्न दिनुहुन्न भने त्यस सवारी साधनको परमिट खारेज गरिदिनुपर्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै