logo

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

काठमाडौँ, मङ्सिर २०
यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन/तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ आयरल्याण्ड, जोन सिमसोन तथा जर्ज स्कट इङल्याण्डलाई क्लबमा अनुबन्ध गरेको छ । शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्सले रायन टेन डोसच्याटे नेदरल्याण्डस, मोहम्मद नाभिद युएइ, रवि इन्दर सिंह भारत तथा पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले बाबर हायत हङकङ र पाउल भान मेकेरेन नेदरल्याण्डसलाई क्लबमा अनुबन्ध गरेको छ ।

सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ ले रोहन मुुस्तफा युुएई र केभिन ओ ब्रायन आयरल्याण्ड तथा ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर भारतलाई ल्याएको जनाएको छ । शक्ति गौचनको कस्तानीको पोखरा राइनोजले सन्नी भिमसारिया हङकङ, काइल कोइट्जर स्कटल्याण्ड र पाउल कोलिन इङल्याण्डलाई क्लबमा ल्याएको छ । यही मङ्सिर २२ गतेदेखि शुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई/दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिएका छन् ।

मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले समेत मान्यता दिएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

इपिएल : भैरहवा प्लेअफमा

भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताको...

महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ ।...

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै