logo

प्रादेशिक व्यापार प्रवर्द्धन गर्न मुख्यमन्त्रीसँग छलफल

 

काठमाडौं, मंसिर २०
प्रदेशस्तरीय व्यापार प्रवर्द्धन गरी आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सन्दर्भमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकसहितको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग छलफल गरेको छ । विशेषगरी कर्णाली प्रदेशको विस्तृत अध्ययन गरी स्थानीय, प्रादेशिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारलाई प्रवर्द्धन गर्ने सिलसिलामा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, प्रदेश सांसद्, प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकसहितको प्रतिनिधिमण्डलबीच व्यापारघाटा न्यूनीकरण गर्ने सन्दर्भमा अन्तर्क्रिया हो । मुख्यमन्त्री शाहीले यस्ता प्रकारका अध्ययन एवं अनुसन्धानले देशलाई आफ्नो स्रोत र साधनको बारेमा जानकारी हुन जानेतर्फ ध्यानाकर्षण गराउँँदै अध्ययनले के कति मात्रामा के कस्ता मालसामान तथा वस्तुहरु कर्णाली प्रदेशले आयात गरिरहेको तथा आयात प्रतिस्थापन गर्दै निर्यात गर्न के कस्ता कदम चाल्नुपर्ने हो सोका साथै नीति निर्माण तहमा समेत सघाउन टोलीलाई निर्देशन दिए ।

 

प्रचुर मात्रामा सम्भावना रहेको कर्णाली प्रदेशको स्रोत र साधनको परिचालन गर्न सकेमा यस क्षेत्रलाई नमूना प्रदेशको रुपमा अगाडि बढाउन सकिने केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले बताए । उनले आफ्नो देशमा उत्पादन गर्न सकिने वस्तुहरुको उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न सकेमा बढ्दो व्यापारघाटा कम हुन जाने एवं देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्न सकिने बताए । छलफलमा मुख्यमन्त्री शाहीले टोलीलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने बताए । बदलिँदो परिस्थितिअनुसार नयाँ सोच र विधिबाट काम गर्दै राष्ट्र एवं प्रदेशलाई समुन्नतितर्फ अगाडि बढाउने कार्यमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रजस्ता संस्थाको भूमिका अहम् हुनजाने उनले बताए । अन्तर्क्रियामा केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले कार्यक्रमको परिचय, उद्देश्य, चुनौती तथा सम्भावनाको विषयमा प्रष्ट्याउँदै बढ्दो व्यापारघाटाको न्यूनीकरण गर्न प्रदेशसँगको आन्तरिक तथा बाह्य व्यापारमा यस अध्ययनले ठूलो टेवा पुग्न जाने बताए । उनले वस्तु तथा सेवाको उत्पादन, बजारीकरणका साथै राजस्व अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्न जाने उल्लेख गर्दै प्रदेशमा उत्पादन हुने वस्तुहरुको पहिचान गरी यस प्रकारका वस्तुहरुको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने एवं निकासी बढाउने कार्यका लागि यस प्रादेशिक अध्ययनले ठूलो भूमिका खेल्न सक्ने उल्लेख गरे ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल एम्बुलेन्स सेवालाई अवार्ड

नेपाल एम्बुलेन्स सर्भिस (नास)लाई ब्रिटिश मेडिकल जर्नल अवार्डद्वारा सम्मानित गरिएको छ । वर्षको क्वालिटी...

‘मोडर्न होम बिल्डर्स’ खुल्यो

निजी निवास बनाउने सोच राख्नेहरुलाई लक्षित गरी मोडर्न होम बिल्डर्स प्रालि खुलेको छ । काठमाडौंको चावहिलमा...

मारुती सिमेन्टद्वारा निःशुल्क दुर्घटना बीमा

मारुती सिमेन्ट लिमिटेडले राजमिस्त्रीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च उपलब्ध गराउने भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै