logo

देश समृद्ध बनाउन स्थानीय तहको विकासमा जोड

काठमाडौँ, मङ्सिर २०
सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसक्दासम्म समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा नहुने बताइएको छ । विकास पत्रकार मञ्च र गाउँपालिका राष्ट्रिय महासङ्घले बुधबार आयोजना गरेको स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशालामा महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले देशको विकास गर्ने हो सबै स्थानीय तहको विकासको लागि एक भएर लाग्नुपर्ने बताएको हुन् । श्रेष्ठले भने, “सञ्चारमाध्यम पछिल्लो समय नकारात्मक विषयमा मात्र केन्द्रित भएको भन्दै सकारात्मक समाचारको खोजी गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार मोहन मैनालीले सानासाना समाचारमा भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने किसिमका खोजी समाचार गर्नतर्फ पत्रकार केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबाहदुर थापाले देश विकासको मुख्य खम्बा विद्यालयको स्तर उन्नतिमा वृद्धि र सबै जनतामा स्वास्थ्यको पहुँच हुने हो भने विकासले गति लिने सुझाव दिएका छन् । कार्यक्रममा सहभागीले विकासको काम गर्दा जनताको सहभागितामा गरिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यको भावना हुनुपर्नेसँगै सुशासन र विकासलाइ आत्मसात् गरिनुपर्ने धारणा राखेका थिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केबलकार निर्माण तयारीले जगाएको आशा

गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु-याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं...

करोडौँको सम्पत्ति पहरामा अलपत्र

धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ ।...

सुशासन समिति गठनमा स्थानीय तह उदासिन

जिल्लाका आठवटै स्थानीय तहमा अहिले पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । देश सङ्घीयतामा गइसके...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै