logo

सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी

वीरगञ्ज, मङ्सिर २०
पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा ५० केजी ७०० का दरमा खरिद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले ढुवानी खर्चसमेत गरी बढीमा प्रतिबोरा ७५० रुपैयाँभन्दा बढीमा बेचेको खण्डमा कार्यवाही गरिने चेतावनी दिँदै आइरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका ती सहकारी संस्थाका सञ्चालकहरुले भने ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्ने भएकाले बाध्य भई बढी रकम लिनुपर्ने बताएका छन् । पर्सामा १११ वटा सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पु-याउँदै आइरहेका छन ।

गहुँ खेतीका लागि अति आवश्यक पर्ने मल युरियाको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि पर्साका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई हप्तामा २६० बोरा युरिया डिएपी र पोटास मल दिने गरेको तथा ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नु जस्ता करणले किसान भारतीय मल किन्न बाध्य रहेका छन् । एउटा ट्रयाक्टरमा सय बोराभन्दा बढी लोड गरिएमा ट्राफिक प्रहरीले फाइन काट्ने, जथाभावी रकम लिने गरेकाले खर्च धान्न प्रतिबोरा रु ८०० मा युरिया मल बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

तर क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइने र बढी मूल्यमा अनुदानको मल बिक्री गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको बिक्री वितरण प्रमाणपत्र खारेज गरी कार्यवाही गरिने बताएका छन् । कम्पनीले पर्सामा आर्थिक वर्ष २०७५÷७६ को चार महीनामा युरिया मल २६ हजार ४३७ मेट्रिक टन, डिएपी १३ हजार ३५१ मेट्रिक टन तथा पोटास ५४७ मेट्रिक टन बिक्री गरिसकेको छ भने कात्तिकमा युरिया ४८२ मेट्रिक टन, डिएपी ७११ मेट्रिक टन मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, त्रिशूली चितवनलगायत क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत रासायनिक मल बिक्री गर्दै आइरहेको छ ।

संस्थानले तेस्रो मुलुक चीन र तुर्कमैनिस्तानकाट रासायनिक मल मगाउँदै आइरहेको छ भने संस्थानसँग हाल युरिया एक हजार टन र डिएपी एक हजार ४०० टन मौज्दात अवस्थामा रहेको छ । ती मुलुकबाट दैनिकजसो रासायनिक मल आउने क्रम जारी रहेको छ । रासायनिक मलको अभावको मौका छोपी केही सहकारी संस्थाले आफू खुशी बढी मोलमा मल बिक्री गर्ने गरेकाले गहुँ खेती गर्ने किसान प्रभावित हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने माग पीडित किसानको छ । पर्सामा किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दै आइरहेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै