logo

ओप्पोको आर १७ प्रो मोबाइल आउँदै

काठमाडौं, मंसिर २०
स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नेपालमा पहिलोपटक आर–शृंखलाका मोबाइल सार्वजानिक गर्ने तयारी गरेको छ । कम्पनीले चीनमा आर १७ र आर १७ प्रो सार्वजानिक गरिसकेको छ । नेपालमा भने कम्पनीले अहिलेसम्म आर–शृंखलाका मोबाइल सार्वजनिक गरेको थिएन । नेपालमा आर–शृंखलाका ओप्पो आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरिएको हो । यो मोबाइल कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित छ । यसमा पछिल्तिर तीनवटा क्यामेरा, पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि रहेको छ । ओप्पो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन । डिसेम्बर महिनामै पर्ने क्रिसमस वा नयाँ वर्ष लक्षित गर्दै फोन सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । डुअल–सिम (नानो) प्रयोग गर्न सकिने ओप्पो आर १७ प्रोमा एण्ड्रोइड ८.१ ओरियोमा आधिरित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियोसहितको ६.४ इञ्च फुल–एचडी डिस्प्ले छ । त्यसैगरी, फोनमा आठ जीबी -यामका साथमा ओक्टा–कोर क्वालकम स्न्याप ड्र्यागन ७१० एसओसी प्रोसेसरको प्रयोग गरिएको छ । फोनमा रहेको ट्रिपल रियर क्यामेरा सेटअपमा एफ/१.५–२.४ एपर्चरसहितको १२ एमपी सेन्सर, एफ/२.६ एपर्चरसहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ । फोनमा सामग्री सञ्चयका लागि कम्पनीले १ सय २८ जीबी ईनब्यूल्ट स्टोरेजको ब्यवस्था गरेको छ । स्मार्टफोनमा ४जीबी ओएलटीई, वाईफाई, ब्ल्यूटूथ ५.०, जीपीएस/ए–जीपीएस, यूएसबी टाइप–सी र एनएफसी सपोर्ट पनि उपलब्ध गरिएको छ । त्यसैगरी फोनमा अन बोर्ड सेन्सर्सका रुपमा एक्सेलेरोमिटर, एम्बियन्ट लाइट र प्रोक्सिमिटी सेन्सरपनि जडान गरिएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल एम्बुलेन्स सेवालाई अवार्ड

नेपाल एम्बुलेन्स सर्भिस (नास)लाई ब्रिटिश मेडिकल जर्नल अवार्डद्वारा सम्मानित गरिएको छ । वर्षको क्वालिटी...

‘मोडर्न होम बिल्डर्स’ खुल्यो

निजी निवास बनाउने सोच राख्नेहरुलाई लक्षित गरी मोडर्न होम बिल्डर्स प्रालि खुलेको छ । काठमाडौंको चावहिलमा...

मारुती सिमेन्टद्वारा निःशुल्क दुर्घटना बीमा

मारुती सिमेन्ट लिमिटेडले राजमिस्त्रीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च उपलब्ध गराउने भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै