logo

पर्यटक लोभ्याउने दरौंको थाप्ले

 

चन्द्र बहादुर नेपाली
पोखरा, मंसिर २०
स्याङ्जाको दरौं गाउँस्थित थाप्लेले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने भएको छ । नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारी र प्रसिद्ध धर्मिकस्थल सतौं चण्डीकालिकाको बीच भागमा पर्ने थाप्ले प्राकृतिक भ्यू टावर हो । दरौं मा.वि., दरौंका शिक्षक दुर्गा बहादुर रोका अध्यापन कार्यको थकान मेट्न विदाको दिन थाप्ले पुगिरहन्छन् । विदाको दिन एकपटक थाप्ले नपुगीकन मनै नमान्ने र शरीर पनि स्फूर्ति नहुने उनी उल्लेख गर्छन् । वडा सदस्य सञ्जीव गुरुङले थाप्ले आइपुग्ने पर्यटकको स्वागत गर्छन् र बसोबासको व्यवस्था मिलाउँछन् ।अर्जुनचौपारी गाउँपालिका, वडा नं.६ कै योजनामा थाप्लेलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउने र आवश्यक पूर्वाधार निर्माणसहित विकास गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष तेज बहादुर रोकाले जानकारी दिए । हङकङस्थित बुद्ध विहारको शैलीमा विश्वशान्तिको प्रतीकको रुपमा थाप्लेमा ५५ फिट अग्लो गौतम बुद्धको मूर्ति स्थापना गर्ने योजना रहेको अर्जुनचौपरी गाउँपालिका पर्यटन विकास समितिका अध्यक्ष बद्री पौडेलले बताए । मूर्ति स्थापनाका लागि करिब एक करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दरौंकै स्थायी बासिन्दा विश्व गुरुङ, मेजर लक्ष्मी प्रसाद गुरुङ, बलराम गुरुङको विशेष सक्रियतामा मूर्ति स्थापनार्थ लाग्ने लागत रकम जुटाउने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए । “नेपाल विश्वकै सुन्दर ठाउँ हो । यहाँको सौन्दर्यको लाभबाट फाइदा लिन हामी पछि पर्नुहुँदैन”, उनले भने, “पर्यटकीय हिसाबले ओझेलमा परेका ठाउँहरुको प्रवर्द्धन गरी चलायमान बनाउनुपर्छ ।”  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा युवकको मृत्यु

धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको...

वन्यजन्तु शिकारी पक्राउ

थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका...

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै