logo

भ्यू–टावर निर्माणका लागि छुट्याएको रकमले प्लास्टिक पोखरी निर्माण

 

प्रेम सुनार
गुल्मी, मंसिर २०
गुल्मी भार्सेको लेकमा भ्यू–टावर निर्माण कार्य सुरु भएको झण्डै १० वर्ष भयो । २०६६ सालमा तत्कालीन प्रतिनिधिसभा सदस्य तथा हालका प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पाँच लाख पर्यटन विकास बोर्डबाट पाँच लाख रकम पारी दिएका थिए । पछिल्लो वर्ष पाँच लाख गरी १० लाख रुपैयाँ प-यो । तर त्यो रकमले अहिलेसम्म केही काम भएको छैन । उक्त रकम कहाँ गयो भन्ने पनि कसैले पत्तो पाएका छैनन् । यस बारेमा मन्त्री बरालले उक्त रकम परेर पनि स्थानीय उपभोक्ता समितिले निकासीसमेत गरेको तर प्रभावकारी काम हुन नसकेको प्रतिक्रिया दिए । उनले आर्थिकसँग भने, ‘यसबारे तत्कालीन उपभोक्ता समितिका पदाधिकारीसँग गएर बुझ्नुहोस् ।’ हाल सत्यवती गाउँपालिका वडा नम्बर ८ मा पर्ने भार्सेलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ बरालले सुरु गरेको भ्यू–टावर निर्माण यसरी अलपत्र प-यो, जब २०७० सालको निर्वाचनमा बरालले तत्कालीन माओवादीबाट कांग्रेसका डाक्टर कृष्णप्रसाद छन्तयालसँग चुनाव हारे । 

 

बरालले सुरु गरेको भ्यू–टार निर्माण कार्यलाई त्यसपछि उनले निरन्तरता दिएनन् । भ्यू–टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर थापाले पहिलो वर्षको रकमले लेकसम्म पुग्ने मोटरबाटो खनेको र दोस्रो वर्षको पाँच लाखले दुई वटा प्लास्टिक पोखरी निर्माण गरेको बताए । उनले भने, ‘सुदर्शन बरालको पालामा १० लाख रुपैयाँ परेको हो, त्यो रकम निकासी गरेर बाटो र प्लास्टिक पोखरी बनाइयो, त्यसपछि पर्यटन विकास बोर्डले नक्सा तयार पारेर ल्याउन भन्यो । उक्त नक्सा बनाउन साढे तीन लाख खर्च लाग्ने रहेछ, त्यो रकम नभएपछि भ्यू–टावर बनाउने सपना प्लास्टिक पोखरीमै सीमित रहन पुगेको हो ।’ उनले ३२ सय मिटर एकातिर र अर्कोतिर ३२ सय मिटर बाटो खनेको बताए । उनले थपे, ‘सुदर्शन बरालपछि कृष्ण छन्त्याल सभासद भएपछि उनलाई भ्यू–टावर निर्माणका लागि घचघच्याए पनि उनले मोटरबाटो लगायतमा मात्रै रकम पारेको र भ्यू–टावर निर्माणमा चासो नदेखाएका कारण उक्त निर्माण कार्य अलपत्र परेको हो ।’ 

 

हाल त्यस वडाका वडाध्यक्ष समेत रहेका थापाले अहिले मन्त्री भइसकेका बराललाई भ्यू–टावर निर्माणको लागि पुनः घचघच्याएको बताए । यता गाउँपालिकामा पनि आफूले कुरा राखेको उनको भनाइ छ । यता मन्त्री बरालले भने नेपालमा विकास निर्माणलाई साझा ढंगले हेर्ने मानसिकताको विकास नहुँदा त्यहाँको भ्यू–टावर निर्माण कार्य अलपत्र परेको बताए । उनले भने, ‘तत्कालीन माननीय छन्त्यालले जितेपछि त्यसलाई निरन्तरता दिएको भए अलपत्र पर्ने थिएन । अब हामी स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारबाट के कति रकम विनियोजन गर्ने सकिन्छ यसबारे पहल गर्नेछौँ ।’ सत्यवती गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका मन्त्रीहरुसँग समेत समन्वय गरेर उक्त भ्यू–टावरसहित सत्यवतीमा पर्यटकीय विकास गर्न थालिएको बताए । उनले बडिगाड खोलामा यसै वर्षदेखि -याफ्टिङ सञ्चालनमा ल्याउन विज्ञहरुको टोली स्थलगत अध्ययन गर्नको लागि खटिइसकेको बताए । 

 

उनले कालिगण्डकीको साँघुेर भन्ने स्थानमा पानी थुनेर जलाशाय बनाई पर्यटकहरु भित्र्याउने योजना अगाडि सारेको जानकारी दिए । शालिग्रामको भण्डार मानिने रुद्रवेणीमा शालिग्रामकै शिवजीको विशाल मूर्ति निर्माण गरी संसारभरका ५० औं लाख हिन्दु धर्मावलम्बीहरु भित्र्याउने योजनासमेत सारिएको बताए । सत्यवती गाउँपालिकामा लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो थाप्लेको लेक रहेको छ । त्योसहित सत्यवतीका विभिन्न स्थानमा ऐतिहासिक तपोभूमि रहेका छन् । परापूर्वकालमा भारतीय हिन्दुधर्मावलम्बीहरु चार धाममध्ये एक धाम मानिने रुरु क्षेत्र रिडी, रुद्रवेणी हुँदै त्यसै सत्यवतीको अस्लेवा, ठूलो लुम्पेकदेखि मुक्तिनाथसम्म पदयात्रा गर्दथे । सोही ऐतिहासिक पदयात्रालाई बराल सांसद भएदेखि निर्माण कार्य सुरु गरेका छन् । प्रदेशमन्त्री बराल र संघीय सरकारका मन्त्री प्रदिपकुमार ज्ञवाली त्यही क्षेत्रको प्रतिनिधिसभाका सदस्य भएदेखि उनले उक्त पदयात्रा, कालिगण्डकी कोरिडोर सडक निर्माणलगायतको विकास निर्माणमा अग्रसरता देखाएका छन् ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेयर राणाको तलब–भत्ता अनाथ बालबालिकालाई

आफूले पाउने तलब–भत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा....

होटल व्यवसायीलाई कानुनको दायरामा रही व्यवसाय गर्न आग्रह

होटल व्यवसायीहरुले कानुनी दायरामा रही व्यवसाय सञ्चालन गर्नुपर्ने विभिन्न पक्षले बताएका छन् । महानगरीय प्रहरी...

‘कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ब्याजदर वृद्धि’

ऋणीको कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ऋणको ब्याज दर अचानक वृद्धि भएको प्रति नेपाल उद्योग वाणिज्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै