logo

सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो

तेह्रथुम, मङ्सिर २०
सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमिन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जिल्लाको औल क्षेत्रमा वपन पर्याप्त वर्षा नहुँदा किसानले हिउँदे बाली लगाउन नपाएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । लामो खडेरीका कारण जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकैलगायतको कृषि बाली प्रभावित भएको उनको भनाइ थियो । पीडितलाई अहिले प्रदेश र स्थानीय सरकारले राहतसमेत वितरण गरेका छन् ।

जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायत खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आयात भइरहेको छ । जिल्लामा करीब तीन हजार हेक्टर जमिनमा गहुँखेती हुने गरेको छ ।आकाशे पानीको भरमा खेती गरिँदै आएका जिल्लाका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चारामा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायत दुई दर्जनभन्दा बढी गाउँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा अहिले बाँझै छन् । केही स्थानमा उम्रिएको आलु, हिउँदे मकै, गहुँ, जौलगायत बाली पनि सुकेर मर्न थालेको चुहानडाँडाका किसान कृष्ण बाँस्कोटाले बताएको हुन्। लामो खडेरीका कारण खेतबारी र जङ्गलमा नयाँ घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान उनको भनाइ थियो। जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये छ हजार ४६० हेक्टर क्षेत्रफल जमिनमा मात्र सिँचाइ सुविधा छ । 

 

जलविद्युत् सर्वेक्षण अनुमति
तेह्रथुमका खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ । उक्त कम्पनीले विशेष साधारणसभा गरी सो आयोजना निर्माणका लागि विभागमा निवेदन गरेको थियो । कम्पनीले उक्त आयोजना दुई हजार किलोवाटको हुने प्रस्ताव गरिएको छ । विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठ बताउछन् । उक्त कम्पनीले हाल साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताएका छन् । जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना मानिएको उक्त आयोजनाको निर्माण ६० प्रतिशत पूरा भएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै