logo

जटिल बन्दै सुकुम्वासी समस्या

पोखरा, मङ्सिर २०
 बन्दै गएको छ । पोखराका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीको जग्गाको महत्व बढ्दै गएकाले केही व्यक्तिले आफ्नो जग्गा भएको जिकिरसहित बस्ती हटाउने प्रयास शुरु गरेका छन् । पोखरा महानगरपालिका–१४ रातमाटे डाँडामा रहेका सुकुम्वासीलाई परिचयपत्रसहित बसोबास क्षेत्रको सुचीकृत गरिएकामा अहिले केही व्यक्तिले आफ्नो जग्गा भएको जिकिर गरेर दुःख दिन थालेकाले उनीहरु यतिखेर समस्यामा परेका छन् । सो क्षेत्रमा बसोबास गर्न अनुमति दिइसकेको अवस्थामा केही व्यक्तिले जग्गा ओगट्ने मनसायले आफूहरुलाई त्रस्त बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीले जीवन सुरक्षा तथा गाँसबासको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

विगत २५ वर्षदेखि क्षेत्रमा बसोबास गरेको गरेको आधारमा राज्यले सुकुम्वासी वर्गीकरण गरी हामी ८१ घरपरिवारलाई परिचयपत्र दिएको रातमाटे टोल विकास संस्थाका अध्यक्ष राजु नेपाली बताउछन् । उनी भन्छन्, “जसले आफ्नो जग्गाको हक भनी जिकिर गरेका छन्, उनीहरुले पनि जग्गाको आवश्यक प्रमाण भने देखाउन नसकेका कारण जग्गा हडप्ने नियत मात्र देखिन्छ।” पच्चिस वर्षसम्म आफ्नो जग्गा हो भने खोजी गरिएन तर अहिले सङ्क्रमण कालमा जग्गा हडप्नकै निम्ति सुकुम्वासीप्रति अन्याय गरिएको अखिल नेपाल सुकुम्वासी सङ्घका प्रदेश संयोजक अर्जुन मल्ल बताउछन् । निहित स्वार्थका भरमा केही अराजक जत्थाले बिनाआधार र बिनाप्रमाण बस्तीमा प्रवेश गर्ने गरी ज्यानै लिनसम्मका धम्की दिने काम भएको सुकुम्वासी सङ्घका जिल्ला अध्यक्ष हर्कमान विकले जानकारी दिएका हुन् ।

पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गरिने
आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका वडा नं २०ले सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको जनाउँदै ‘विद्यालय सुनिश्चितता वडा’ घोषणा गरेकोे छ । संविधानले आधारभूत तहलाई अनिवार्य गर्ने व्यवस्था गरेअनुसार विद्यालय उमेर समूहका ९५ देखि १२० वर्षसम्मका सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भइसकेकाले बुधबार सो घोषणा गर्दै नगर उपप्रमुख मञ्जुदेवी गुरुङले गुणस्तरीय र प्राविधिक शिक्षाका माध्यमबाट पोखरालाई शैक्षिक केन्द्र रूपमा विकास गरिने बताएकी छिन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाउनका लागि उनीहरुको अभिभावकको आर्थिक अवस्था सुधार्नका सहयोग गर्नुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयका बालबालिकालाई खाजाको व्यवस्था गर्न रु ११ लाख विनियोजन गरिएको र प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजाको व्यवस्था गरिएको बताएको हुन् । साविकको भलामा र मौजा गाविसलाई मिलाएर बनाइएको उक्त वडाका १० सामुदायिक विद्यालयमा ६४० विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केबलकार निर्माण तयारीले जगाएको आशा

गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु-याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं...

करोडौँको सम्पत्ति पहरामा अलपत्र

धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ ।...

सुशासन समिति गठनमा स्थानीय तह उदासिन

जिल्लाका आठवटै स्थानीय तहमा अहिले पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । देश सङ्घीयतामा गइसके...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै