logo

‘पुस्तकालयलाई बहु उपयोगमुखी बनाउनुपर्छ’

काठमाडौं, मंसिर २०
पूर्वउप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर १ का संघीय सांसद प्रकाशमान सिंहले विद्यालयमा स्थापना गरेको पुस्तकालयलाई विद्यार्थी र शिक्षकमा बहुउपयोगी बनाउन सम्बन्धित विद्यालयका व्यवस्थापक र शिक्षकहरुलाई आग्रह गरेका छन् । बुधबार मीन भवनस्थित रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा स्थापना गरेको पुस्तकालयको शुभारम्भ कार्यक्रममा सो कुरा उनले बताएका हुन् । नेपाली कांग्रेसका नेतासमेत रहेका सिंहले सामुदायिक विद्यालयको विकासमा सबै क्षेत्रबाट रचनात्मक काम गर्नुपर्ने र सो कार्यलाई विभिन्न क्षेत्रमा क्रियाशील भएका संघ–संस्थाले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन्  । उनले विद्यालयमा भएका कमिकमजोरीका समस्यालाई समाधान गर्दै आम व्यक्तिहरुलाई आफ्ना बच्चाहरु सामुदायिक स्कुलमै पढाउने वातावरण तयार गर्नसमेत आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो क्षेत्राधिकारभित्र रहेर खर्च गर्न पाउने रकममध्ये केही रकम विद्यालयलाई विनियोजन गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी वर्ष स्थानीय पूर्वाधार विकास समितिमार्फत सिद्धेश्वर माविको नयाँ भवन बनाउनका लागि रकम विनियोजन गर्नेसमेत बताएका छन् । 

आइरिन नामक संस्थाको सहयोगमा स्थापना भएको सो पुस्तकालको शुभारम्भ सिंहले गरेका थिए । सो विद्यालयका प्रचार्य प्रभाकर न्यौपानेले विद्यालयको अवस्था, भौतिक अवस्था र गत वर्ष सहयोग प्राप्त भई केही भौतिक संरचना निर्माण गरेको बताए । उनले भने, ‘भूकम्पबाट विद्यालयको भ-याङ भत्किएका कारण नेता सिंहले सांसद विकास कोषबाट प्रदान गरेको रकमबाट पक्की भ-याङ निर्माण गरेको विवरण सार्वजनिक गरेका विवरण सार्वजनिक गरेका छन् । यसैगरी, सो विद्यालयमा आवश्यक शौचालय निर्माणका लागि ३ नम्बर प्रदेशका सांसदहरुको पहलमा १० लाख, शिक्षा कार्यालयबाट १० लाख र प्रदेश सासदद्वय गणेश दुलाल र राजेन्द्र गुरुङबाट नपुग रकम उपलब्ध गराउने प्रतिबद्धता सो कार्यक्रममा गरेका छन् । अहिले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अत्याधुनिक पुस्तकालयमा अध्ययन गर्न पाउने व्यवस्था मिलाएको प्राचार्य न्यौपानेले बताए ।

हाल रहेको सो पुस्तकालयमा विभिन्न श्रेणीमा अध्ययनरत विद्यार्थीहरु र अन्य व्यक्तिहरुलाई समेत उपयुक्त हुने पुस्तकहरु राखिएको छ । भविष्यमा सो पुस्तकालयलाई ई–पुस्तकालयमा समेत लैजाने योजना विद्यालयको रहेको जनाइएको छ । पुस्तकालयमा हाल धार्मिक, साहित्यिक, सामाजिक तथा समय सान्दर्भिकलगायत विभिन्नखाले पुस्तक रहेको उल्लेख गरिएको छ । विद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी अधिकांशले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेकाले सो कार्यलाई सफल बनाई विश्वासिलो बन्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् । समाज र स्कुलका शिक्षकको भूमिकामा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पनि सहभागीहरुले जोड दिएका छन् । सहभागीहरुले बच्चाको चाहनाअनुसारको शिक्षामा जोड दिनुपर्ने बताएका छन् । सहमागीहरुले शिक्षाको गुणस्तरका लागि प्रत्येक सामुदायिक विद्यालयहरुमा ई–पुस्तकालय स्थापना गरिनुपर्नेमा पनि जोड दिएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेयर राणाको तलब–भत्ता अनाथ बालबालिकालाई

आफूले पाउने तलब–भत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा....

होटल व्यवसायीलाई कानुनको दायरामा रही व्यवसाय गर्न आग्रह

होटल व्यवसायीहरुले कानुनी दायरामा रही व्यवसाय सञ्चालन गर्नुपर्ने विभिन्न पक्षले बताएका छन् । महानगरीय प्रहरी...

‘कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ब्याजदर वृद्धि’

ऋणीको कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ऋणको ब्याज दर अचानक वृद्धि भएको प्रति नेपाल उद्योग वाणिज्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै