logo

‘चीनसँग भएको व्यापार तथा पारवाहन सम्झौताले विकास र समृद्धिको यात्रामा योगदान’

काठमाडौं, मंसिर २०
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु-याउने बताएका छन् । उपराष्ट्रपति पुन ‘पासाङ’सँग नेपालका लागि चीनका राजदूत यु होङले बुधबार गरेको शिष्टाचार बिदाइ भेटमा पुनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु-याउने विश्वास व्यक्त गरे । ‘हामीले बीआरआईमा हस्ताक्षर गरेका छौँ । व्यापार तथा पारवाहन सम्झौताको प्रोटोकलमा भएको समझदारीले नेपालको समृद्धिको यात्रामा योगदान पुग्नेछ,’ उनले भने , ‘यी दुई महत्वपूर्ण कार्यमा सहयोग पु-याउनु भएकोमा धन्यवाद दिन चाहन्छु ।’ उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव र साथ सहयोग रहने विश्वाससमेत व्यक्त गरे । नेपाल र चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउँदै उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको बताए । ‘नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो । नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो’, उनले भने, ‘दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ । दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ ।’

उपराष्ट्रपति पुनसँगको बिदाइ भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुसी रहेको बताइन् । उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको बताइन् । ‘नेपालले विकास विकासको क्षेत्रमा प्राप्त गरिरहेको उपलब्धिमा चीन अत्यन्त खुसी छ । चीन सरकारले नेपालको विकासमा धेरै ध्यान राखेको छ’, उनले भनिन्, ‘हामी नेपालको विकास र समृद्धिको यात्रामा धेरै सहयोग गर्न चाहन्छौँ, योगदान दिन चाहन्छौँ ।’ राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको बताइन् । उनले चीनले नेपालाई दिँदै आएको अनुदान सहयोग सबैभन्दा बढी रहेको बताइन् । ‘नेपालमा तीन वर्ष यताको वैदेशिक लगानी हेर्दा चीन पहिलो नम्बरमा छ’, उनले भनिन्, ‘चीनले नेपाललाई दिँदै आएको अनुदान सबै देशलाई दिइरहेकोमा सबैभन्दा बढी हो ।’ राजदूत होङले इतिहासमा चीन र नेपाल नातेदार भएको बताइन् । ‘भृकुटीको चीनमा विवाह भयो । इतिहासमा चीन र नेपाल नातेदार हुन्’, उनले भनिन्, ‘औपचारिक सम्बन्ध स्थापना भएको यता दुई देशबीचको सम्बन्ध स्थिर छ । अत्यन्त राम्रो छ ।’ उनले चीन नेपाल सम्बन्ध थप प्रगाढ बनाउन उच्च योगदान दिएको भन्दै उपराष्ट्रपति पुनलाई धन्यवाद समेत दिइन् । राजदूत होङले आफूपछि आउने राजदूत दक्षिण एसिया र नेपालसम्बन्धी जानकार रहेको बताउँँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरिन् ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेयर राणाको तलब–भत्ता अनाथ बालबालिकालाई

आफूले पाउने तलब–भत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा....

होटल व्यवसायीलाई कानुनको दायरामा रही व्यवसाय गर्न आग्रह

होटल व्यवसायीहरुले कानुनी दायरामा रही व्यवसाय सञ्चालन गर्नुपर्ने विभिन्न पक्षले बताएका छन् । महानगरीय प्रहरी...

‘कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ब्याजदर वृद्धि’

ऋणीको कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ऋणको ब्याज दर अचानक वृद्धि भएको प्रति नेपाल उद्योग वाणिज्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै