logo

श्याम मुरारी ट्रेडर्सका सञ्चालक अग्रवालद्वारा करोडौंको भ्याट छली

बिराटनगर, मंसिर २०
औद्योगिक नगरिका रुपमा परिचित विराटनगर बजारमा रहेको समान्य व्यापारिक घरानाका व्यक्तिबाट सरकारलाई बुझाउने राजस्वमा करोडौं राजस्व ठगी गरिरहेको रहस्य सार्वजनिक भएको छ । नेपालको उच्च घराना बताउने र आफूलाई इमानदार उद्योगीका रुपमा परिचित चौधरी ग्रुपको उत्पादन बिक्रीवितरण गर्ने आधिकारिक डिलरका रुपमा रहेको श्याम मुरारी ट्रेडर्सले आफ्नो कारोबारमा लामो समयदेखि करोडौंको भ्याट ठगी गरेको रहस्य खुलेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर श्याम मुरारी ट्रेडर्सका नाममा ३०००३९७२२ भ्याट नम्बरसमेत प्राप्त गरेको उक्त फर्मले चौधरी ग्रुप लगायतका उत्पादन बिक्री गर्दा पूर्णरुपमा स्टिमेट बिलको प्रयोगबाट सामान बिक्री गर्ने गरेको रहस्य खुल्न पुगेको छ । चौधरी ग्रुपका सञ्चालक विनोद चौधरीबाट पूर्वाञ्चलको डिलरसिप पाएको श्याम मुरारी ट्रेडर्सले डिलरसिप पाएदेखि नै राज्यलाई बुझाउने भ्याट ठगी गर्ने गरेको कुरा खुलेको छ । विराटनगरमा रहेको उक्त ट्रेडर्सका सञ्चालक राजकुमार अग्रवाल रहेका छन् ।

सामान्य दैनिक जीवनयापन गर्नेदेखि माथिल्लो दर्जाका व्यक्तिहरु समेतले प्रयोग गर्ने चाउचाउदेखि खाद्यान्यसमेतको कारोबारमा रहेको श्याम मुरारी ट्रेडर्सका सञ्चालक अग्रवालको पछिल्लो समयमा कारोबार दिन दुना, रात चौगुना भएर बढ्न पुगेको छ । अहिले सोही कारोबारबाट करोडौं कमाउन सफल अग्रवालले खाद्यान्नको बिक्रीबाट एक दिनमा मात्र तीन लाखभन्दा बढी भ्याट ठगी गर्ने गरेको रहस्य खुलेको छ । नेपाल र भारतको बोर्डर अत्यन्त नजिक भएका कारण अग्रवालले खाद्यान्नका सामानहरु भन्सार नै नतिरिकन अपांग भएका व्यक्तिहरुको सहयोगबाट रिक्साको प्रयोग गरी विराटनगर ल्याएर बिक्रीवितरण गरी राजस्व ठगी भएको दाबी पनि स्रोतले गरेको छ । त्यसबाहेक सरकारले लिँदै आएको आयकरमा समेत लाखौं रकमको ठगी भएको खुलासा स्रोतले गरेको छ । राजस्व ठगी भएको आशंकामा आजभन्दा ती वर्ष अर्थात् २०७२ सालमा आन्तरिक राजस्व कार्यालय विराटनगरले श्याम मुरारी ट्रेडर्समा छापा पनि हानेको थियो । त्यस बेला उक्त फर्मलाई पक्राउ गरी जरिवाना पनि गरेको थियो । तर, तीन वर्षयता एक छत्र व्यापार गर्दै आएको उक्त ट्रेडर्सले करोडौंको राजस्व ठगी गर्दासमेत सम्बन्धित निकायहरु मौन बसेपछि उद्योगी विनोद चौधरीको ‘सेटिङ’बाट माथि देखिकै सेटिङमा कारोबार गर्ने गरेको दाबी स्रोतले गरेको हो ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा युवकको मृत्यु

धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको...

वन्यजन्तु शिकारी पक्राउ

थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका...

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै